Tuesday, October 25, 2016

आँखा चिम्लिने सस्कारले बिग्रिदैछ समाज


अर्जुन उप्रेती
समाज सृष्टिका उन्नत, बिषेश क्षमता, सृजना, लेख्य र कथ्य भाषा भएका सामाजिक भावना र ब्यवहार दुबै भएका बिशिष्ट प्राणीहरुको बसोबास हुने ठाउ हो । समाजको बिषेश संरचना हुन्छ । यसको आकार प्रकार मूल्य मान्यता र आफ्नै सामाजिक प्रकृया पनि हुन्छ । तर समाज अनुसार बिश्व स्तरमा यसका मूल्य मान्यता र प्रकृयाहरु केही सर्वब्यापक हुन्छन् त केही स्थान बिषेशका मात्रै पनि हुन्छ । समाजको बिशिष्ट बिषेता भनेको यसको  क्रियाशिलता र गतिशिलता नै हो । त्यसैले होला समाजशास्त्री इमाल दुर्खीमले समाज गतिशिल हुन्छ ९क्यअष्भतथ ष्क मथलबmष्अ दगत लयत कतबतष्अ० भनेका । समय अन्तरालमा समाजमा बिस्तारै पुराना अभ्यास, संरचना र सामाजिक संस्कारहरु भत्किदै र परिवर्तन हुदै जान्छन् भने नयाँ संस्कार र संरचनाहरु पनि निर्माण हुँदै जान्छन् । यस्तै एउटा नयाँ संस्कार नेपाली समाजमा तीब्र रुपमा बिकसित भईरहेको छ । त्यो हो ʺआँखा चिम्लिने संस्कारˮ ।
सुन्दा अचम्म लाग्छ कस्तो आँखा चिम्लिने संस्कार ? यो कसरी बिकसित भयो ? यसको सामाजिक धरातल के हो ? र यो संस्कारले समाजको कुन तह सम्म कसरी प्रभाव फैलाउँदछ ? कुरा स्पष्ट छ यो नकारात्मक धारबाट समाजलाई पछि धकेल्न उद्दत देखिन्छ । जहाँ आँखा चिम्लिने संस्कार हाबी हुँदै जान थालेको छ त्याहा सामाजिक बिचलन बढ्दै समाजमा अकार्य (म्थकागलअतष्यल) उच्च हुन थालेको छ ।
अभिभावकले आँखा चिम्लिदिदा सन्तान बिग्रीएका छन् । नेताले आँखा चिम्लिदा कार्यकर्ता बदमाश भएका छन् । हाकीमले आँखा चिम्लिदा कारिन्दा कर्तब्य बिमुख हुनथालेकाछन् । शासकले आँखा चिम्लिदा साशन बिग्रीएको छ । शिक्षकले आँखा चिम्लिदा बिद्यार्थी बरबाद भएका छन् । श्रीमानले आँखा चिम्लिदा श्रीमती बरबाद भएका छन् अनि श्रीमतिले आँखा चिम्लिदा श्रीमान पनि खराब लतमा फस्न थालेका छन् । समग्रमा यी सबैका आँखा चिम्लाईले समाजमा बिस्तारै आँखा चिम्लिने संस्कारको बिकाश भएको छ । यही संस्कारका कारण समाजमा सामाजिक बिचलन उच्च हुन थालेको छ । जसको परिणमले समाजलाई नै बरबाद गर्दै लगिरहेको छ ।


पछिल्लो समयमा नेपाली समाजमा आँखा चिम्लिने संस्कार बढ्दै गएको छ । यसको  असरले समाजलाई पश्चगमन तर्फ धकेल्दै लगिरहेको छ जुन हामीले हाम्रो दैनिक जीवनमा हाम्रै वरपर हेर्न र भोग्न पाईरहेका छौं । यस्ता आँखा चिम्लिने संस्कारले निम्त्याएका सयौं घटना, उदाहरण, दृष्टान्त र भोगाईहरु हामीसँग छन् तर ती सबैलाई यो एउटै लेखमा उतार्न सम्भव छैन । यद्यपि केही उदाहरण, घटना र दृष्टान्तहरु यहाँ उल्लेख गर्ने जमर्काे गरेको छु ।
घटना एकसुनसरीको तत्कालिन हाँसपोसा गाबिस हाल इटहरी उपमहानगरपालिका अन्तरगत तरहराको एउटा चौधरी परिवारमा बाबु प्यारालाईसि भएर ओछ्यान परेछन् । आमाले दैनिक घरको काम र ज्यालादारी गरेर गुजारा चलाउनु पर्ने भएछ । परिवारका एकमात्र सन्तान उनका छोरा विद्यालयजान भनेर घरबाट हिड्ने तर दिनभरी तरहरा बजारमा गएर तास, खोप्पी, गुच्चा आदि खेल्ने र बरालिने गरेछन् । 

त्यो साथीहरुले उनका अभिभावकलाई सुनाईदिएछन् तर बाबु हिडडुल गर्न नसक्ने, आमाले आँखा चिम्लिदिईछन् । केही बर्षपछि तिनै हिजो तिम्रो छोरा बिग्रियो, बिद्यालय गएन, खाली खेलिरहन्छ भन्ने छोराका साथीहरु उनको छोरालाई लिन आएछन् । अनि आमाचाँहीले सोधिछन् ʺतिमीहरु कहाँ हिडेको ? किन आएको ?ˮ  साथीहरुले भनेछन् डनलाई लिन आएको । त्यसपछि गाँउमा कुनै बिहे, भोज, पूजा, फूटबल वा धेरै मानिसहरु जम्मा हुने कार्यक्रम भयो कि छोराका साथीहरु डनलाई लिन आएको भन्दै आउन थालेछन् । उनका छोरा पनि हतार हतार लुगाफेरेर साथीहरुसँग कुदिहाल्दा रहेछन् । अनि आमाचाँहीलाई अचम्म लागेछ र आफूले आफैलाई प्रश्न गरिछन्, ʺअरे यी केटाहरु त तेरो छोरा बिग्रियो भन्थे तर मेरो छोरा त डन भएछ । यो डनभनेको ठूलै मान्छे होला, सबैले मान्ने गुन्ने होला, नत्र केही समस्या परेजस्तो गरेर किन उनीहरु लिन आउँथे ?ˮ आदि इत्यादि । आफ्नो छोरो डनभएकोमा आमालाई गर्व भएछ । त्यही कुरा गरेर एक ग्रामिण इलाकाकी युवतीसँग मगनी गरेर छोराको बिहे गरिदिईछन् । छोरा डन यसो घुमफिर गर्ने, कहिले काँही २÷४ पैसा ल्याएर आमालाई पनि दिने, श्रीमतिलाई पनि दिने सबै मख्ख पर्दै गएछन् । तर एकदिन आमा झसंग भईन कि उनका छोराका तिनैसाथीहरु ʺआन्टि डनलाई त पुलिसले पक्रेर लग्योˮ भनेर खबर सुनाउन आउँदा । त्यसपछि उनले छरछिमेकका मानिसहरुलाई सोधिछन् किन मेरो छोराले के गर्यो? त्यो त असल मान्छे हो । उसका साथीहरुले पनि डन भन्दै हरेक काममा लिन आउँथे ।ˮ छिमेकीहरुले अलिक कडा शब्दमा जवाफ फर्काएछन् ʺत्यही त, पहिला तिम्रो छोरा बिग्रीयो भन्दा आँखा चिम्लियौं अहिले डन भएर पक्राउ खायो ?ˮ फेरी उनले प्रति प्रश्न गरिछन् ʺत्यो डन भनेको केहो त ?ˮ बल्ल छिमिकीले पनि खुलस्त पारेछन् खराब काममा सबै भन्दा अब्बल । उनका छोराले लागु पदार्थको सेवन तथा ओसार पसार गरेका कारण उनी पक्राउ परेका रहेछन् । हाल सम्म पनि उनी कारागारमा नै छन् ।
घटना दुई
पूर्वाञ्चलको सुन्दर नगरी इटहरी नगरपालिका कार्यालयको डिजाईनदेखि संघार सम्म नै सुन्दर छ अनि यसमा कार्यरत समाजका सदस्यहरुको मनोभावना र ब्यवहार पनि हदै सामाजिक छ । त्योसँगै उनीहरुमा पनि आँखा चिम्लिने संस्कार निक्कै उच्च नै छ । नगरपालिका कार्यालयको गेटै अगाडि बिगत डेढबर्षदेखि एउटा सहकारीको भवन धमाधम निर्माण भईरहेको छ । हाल त्यो भवनको तेस्रो तलाको निर्माणकार्य जारी छ । उक्त भवन बनाउँदै गरेको जग्गा सरकारी (ऐलानी) हो । त्यो जग्गा संस्थालाई दिने भन्ने कहीं कतै निर्ण भएको पनि छैन र भवन निर्माणको नक्सा पास समेत गरिएको छैन । नगरपालिकामा उपसचिवको दरबन्दीमा कार्यकारी प्रमुख कार्यरत छन् भने दुईजना सिनियर इन्जिनियर र दुई जना सब इन्जिनियर वा ओभरसिएर समेत कार्यरत छन् । उनीहरु हप्तामा कम्तिमा छ दिन सहकारीले सरकारी जग्गामाथि नक्सापास नगरिकन बनाईरहेको भवनको प्रांगढबाटै नगरपालिका प्रवेस गर्छन र साँझ जागिरको समय सकेर निवास फर्कीन्छन् । एउटा नगरबासीले नक्सापास गरेन भने कर्मचारीको जत्था नक्सापास नगरि किन घर बनाएको डोजर लगाईदिउँ भन्दै तर्साउन पुग्छन् तर नाकै अगाडि गैरकानुनी रुपमा बनाई रहेको सहकारीको भवनको सवालमा आँखा चिम्लिन्छ । कारण पनि छ, त्याहा चिनेजानेका, छरछिमेकी, आफन्त, इष्टमित्रहरु सम्लग्नछन्, कोही सञ्चालक छन् कसैको त आफ्नै सेयर पनि छ । अनि संस्थाले पनि भवन बनाउने बाहेक अरु सबैकाम राम्रै गरेको छ र बोनस पनि राम्रै खुवाएको छ । कुरा लामो समय सम्म गुपचुप नै रह्यो । अधिकांश नगरपालिका हाक्नेदेखि दलका नेताहरु सम्मले आँखा चिम्लिए । तर समाजको सुन्दर पक्ष यसका सदस्यहरुमा पनि बिबिधता छ । समाजमा सबै एकै पटक आँखा चिम्लिने नहुँदा रहेछन् । कुरा बाहिर आयो संस्थाका पदाधिकारीहरुको होस हवास गईराखेको छ तर पनि नगरपालिका आफ्नो संस्कारलाई निरन्तरता दिई रहेको छ आँखा चिम्लिएर । यस्तै बिचलित अवस्था सृजना गरेको छ वडा नं. ५ मा रहेको सिमरबना सहकारीले खोलामाथि नक्सैपास नगरी घर निर्माण गर्दै ब्यक्तिलाई बेचेको घटनाले पनि । अहिले फेरी कुरा उठ्दैछ कर्मचारी र नेतागणहरुको बृत्तबाटै ʺआँखिर के भयो त ?ˮ संस्था हामीसबैको हो । यसले नबनाएको भए अरु कसैले बनाउने नै थिए ठिकै छ त । तै चुप मैचुप सबै गुपचुप पर्दाखुल्ला भएपनि नानी बन्दा गनर्,े आँखा चिम्लिने ।
यस्ता आँखा चिम्लिने संस्कारले समाजमा नियमित सञ्चालित प्रकार्यलाई अकार्यमा रुपान्तरण गर्दैछ ।, समाजको स्वचालित नियमित प्रकृयामा बिचलन र कुचलनको संस्कार निर्माण गर्न सहयोगि वातावरण निर्माण गरिरहेको छ ।


No comments:

Post a Comment