अर्जुन उप्रेती
समाज सृष्टिका उन्नत, बिषेश क्षमता, सृजना, लेख्य र कथ्य भाषा भएका सामाजिक भावना र ब्यवहार दुबै भएका बिशिष्ट प्राणीहरुको बसोबास हुने ठाउ हो । समाजको बिषेश संरचना हुन्छ । यसको आकार प्रकार मूल्य मान्यता र आफ्नै सामाजिक प्रकृया पनि हुन्छ । तर समाज अनुसार बिश्व स्तरमा यसका मूल्य मान्यता र प्रकृयाहरु केही सर्वब्यापक हुन्छन् त केही स्थान बिषेशका मात्रै पनि हुन्छ । समाजको बिशिष्ट बिषेता भनेको यसको क्रियाशिलता र गतिशिलता नै हो । त्यसैले होला समाजशास्त्री इमाल दुर्खीमले समाज गतिशिल हुन्छ ९क्यअष्भतथ ष्क मथलबmष्अ दगत लयत कतबतष्अ० भनेका । समय अन्तरालमा समाजमा बिस्तारै पुराना अभ्यास, संरचना र सामाजिक संस्कारहरु भत्किदै र परिवर्तन हुदै जान्छन् भने नयाँ संस्कार र संरचनाहरु पनि निर्माण हुँदै जान्छन् । यस्तै एउटा नयाँ संस्कार नेपाली समाजमा तीब्र रुपमा बिकसित भईरहेको छ । त्यो हो ʺआँखा चिम्लिने संस्कारˮ ।
सुन्दा अचम्म लाग्छ कस्तो आँखा चिम्लिने संस्कार ? यो कसरी बिकसित भयो ? यसको सामाजिक धरातल के हो ? र यो संस्कारले समाजको कुन तह सम्म कसरी प्रभाव फैलाउँदछ ? कुरा स्पष्ट छ यो नकारात्मक धारबाट समाजलाई पछि धकेल्न उद्दत देखिन्छ । जहाँ आँखा चिम्लिने संस्कार हाबी हुँदै जान थालेको छ त्याहा सामाजिक बिचलन बढ्दै समाजमा अकार्य (म्थकागलअतष्यल) उच्च हुन थालेको छ ।
अभिभावकले आँखा चिम्लिदिदा सन्तान बिग्रीएका छन् । नेताले आँखा चिम्लिदा कार्यकर्ता बदमाश भएका छन् । हाकीमले आँखा चिम्लिदा कारिन्दा कर्तब्य बिमुख हुनथालेकाछन् । शासकले आँखा चिम्लिदा साशन बिग्रीएको छ । शिक्षकले आँखा चिम्लिदा बिद्यार्थी बरबाद भएका छन् । श्रीमानले आँखा चिम्लिदा श्रीमती बरबाद भएका छन् अनि श्रीमतिले आँखा चिम्लिदा श्रीमान पनि खराब लतमा फस्न थालेका छन् । समग्रमा यी सबैका आँखा चिम्लाईले समाजमा बिस्तारै आँखा चिम्लिने संस्कारको बिकाश भएको छ । यही संस्कारका कारण समाजमा सामाजिक बिचलन उच्च हुन थालेको छ । जसको परिणमले समाजलाई नै बरबाद गर्दै लगिरहेको छ ।