कलामको अवसान र मेरा सपना
अर्जुन उप्रेती
भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको देहान्त भयो । सबैतिरबाट बिभिन्नखाले प्रतिक्रियाहरु आई रहेका छन् । कलाम मिसायल मेन, बैज्ञानिक, राष्ट्रपति आदि आदि भए पनि उनी त्यो भन्दा बढी मानवता, रष्ट्र र समाज प्रेमी, सकारात्मक सोच र सपनाका खानीको रुपमा परिचित छन् । कलामको सपना भनेको निदाएका बेला देखिने कुरा होईन, सपना त यस्तो कुरा हो जसले निदाउनै दिदैन भन्ने अभिब्यक्ति अहिले तेस्रो बिश्वमा सामाजिक रुपान्तरणको क्षेत्रमा सहजीकरण गर्ने, सहयोग गर्ने र सेवा गर्ने मानिसहरुको पहिलो सेसन र लेसनमा सबै भन्दा अगाडि आउने बिषय बस्तु भएको छ ।
उनले भारतीय युवाहरुलाई लक्षित गर्दै तपाईहरु “सिंगापुरमा गएर सडकमा थुक्न पनि सक्नु हुन्न तर किन भारतमा जताततै फोहोर गर्नु हुन्छ ?” भन्ने आशयको अभिब्यक्तिदिदा बिश्वभरि कलामको युवा मनस्थिति परिवर्तन गर्ने खतरनाक अस्त्र भनेर चर्चा भयो । उनको पढाई, दक्षता र बिशेषज्ञता न्यूकिलियरमा भई प्राविधिक मान्छे भए पनि सामाजिक क्षेत्रमा उनको योगदान कुनै समाजशास्त्री, मावशास्त्री, अर्थशास्त्री वा इतिहास बिदको भन्दा धेरै छ ।
मानिस मुख्य तया दुई प्रकारको हुन्छ । एउटा प्राविधिक अर्काे दार्शनिक । प्राविधिक मान्छे सिद्धान्तमा पढेको कुरालाई ब्यवहारमा अभ्यास गर्छ । त्यसको प्रयोग गर्छ । अनि समाज र यसका एकाईहरु सञ्चालन गर्दै सामाजिक प्रकार्यकालागि योगदान गर्दछ । तर दार्शनिक मानिस सोचाई र बिचारको उच्चतम रुपमा बिलिन हुन्छ, त्यसलाई मनन् गर्छ, अनुसन्धानबाट पुष्टि गर्छ अनि अभिब्यक्त गर्छ । बीसौं बर्ष लगाएर गरिएको अध्ययन, अनुसन्धान र अनुभवको उपज एउटा एक दुई लाइनको बिचार बाहिर निकाल्छ तर त्यो बिचार साच्चै मनन गर्ने मानिसहरुका लागि, समाजका लागि हजारौ मिसाइल, माइन्ड र माइन्युट भन्दा शक्तिशाली हुन्छ । यस्तो बिचार सेकेन्डदेखि हजारौं बर्ष सम्म पनि रहन्छ । उल्लेखित दुबै गुण भएका प्राविधिक दार्शनिक थिए भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम ।
केही बर्ष पहिले दक्षिण भारतको भ्रमणमा जाँदा एकजना टेम्पो चालकले अचानक कलामको र पुर्याउँदै केही क्षण पत्यारै नलागेको मलाई पछि कलामको बैठक कक्ष, कलाम सि सेल मार्ट, समुन्द्री किनारको बिगतका बिपन्न, निरक्षर र तत्कालका सम्पन्न शिक्षित भारतीयहरुको सुन्दर झुपडपट्टी गाउँ, संस्कार र रहनसहन अवलोकन गर्दा प्राप्त भएको उर्जा अझै ताजै छ । लामो कुराकानी गर्न नपाई, धेरै जिज्ञासा निकाल्नै नपाई, उनले देखेको रामेश्वरम आसपासको उनको गाउँको सपना, बिगतको इतिहास र मानवताका लागि गरेको प्रयास पुराण झै सुनेको म फेरी एक पटक मौका पारेर दक्षिण भारतको भ्रमणमा जाने र कलामसँग समय मिलाएर १÷२ घण्टा कुरा गर्ने सपना देखिराखेको थिए तर अचानक हिजो सोमबार भएको उनको निधनले मलाई पनि निदाउ निरुत्साहित गर्ने सपनाको अवसान भएको छ । सरल, सरस र तथ्यपरक कलामको समाजबदल्ने सपना सुन्ने र योजना बुन्ने मनोकाँक्षा ध्वस्त भएको छ । अब त्यो भलै कलामको गाउँमै पुगेपनि कलाम यसो भन्थे, उसो भन्थे भनेर अरुबाट सुन्ने बेलिबिस्तारमा नै सीमित हुने भएको छ । कुनै काम गर्नु छ भने आजै थाल्नुस् भन्ने नेपाली उखान मेरो सन्दर्भमा यहाँ सही सावित भएको छ ।
रामेश्वरम मन्दिर र सेतुबाँध बीचको सुन्दर गाउँलाई साच्चिकै सुन्दर बनाउन कलामले गरेको सामाजिक नेतृत्व र रुपान्तरणको प्रयास लोभ लाग्दो छ । समाजको परिवर्तीत अवस्थालाई आफ्नै पर्दामा सुन्दर चित्रकोर्दै दिउँसै सपनादेख्ने कलामको सपनालाई ती सुन्दर गाउँहरुमा यद्यपि देख्न पाईन्छ । ताडी, दारु र मछलीमा झुमेको गरीब, बिपन्न, अशिक्षित र असभ्य गाउँलाई छोटो समयमा सुन्दरशिक्षित, सभ्य, शान्त र संस्कारित ब्यापारिक गाउँमा बदल्ने कलाम त्यस क्षेत्रका बासिन्दाकालागि हाम्रो साथी र हाम्रो भगवानका नामले सम्वोधित हुन्थे । कलामले ठूलो र जटिल कुरालाइ सानो र सरल बनाएर प्रस्तुत गर्छन् त्यसैले उनीहाम्रा साथी हुन । करीब ५५ बर्षका उनका छिमेकीले भनेको मेरो मानसपटमा अझै ताजै छ । उनका प्रत्येक बाणी र ब्यवहार जीउँदो भगवानका बाणी हुन, ती हाम्रालागि आफू र आफ्नो समाजलाई बदल्ने प्रेरणाको श्रोत हुन भन्ने त्याहाका स्थानीय एक शिक्षकले हामी सँग भनेको कुराले नै कलाम को हुन् भन्ने चिनाउँदछ । एउटा पुरानो ब्रिफकेश बोकेर राष्ट्रपति भवन प्रवेश गरेका कलाम त्यही ब्रिफकेश मात्रै लिएर कार्यकाल सकिएपछि निष्किदा सारा भारतले तहल्का काण्डको बद्ला सुशासनको कोर्ष पुरा गरेको थियो ।
मानिसहरुलाई महान बन्न उत्प्रेरित गर्दै उनले भनेको भनाई दक्षिण भारतका सार्वजनिक स्थलमा उनी जिउँदै हुदा प्रशस्त पढ्न पाइन्थ्यो । “महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो तर साना मान्छेहरु यसलाई लडाइको साधन बनाउँछन् ।” भन्ने अभिब्यक्ति अहिले नेपालमा चलिरहेको धर्मनिरपेक्षता, धार्मीक स्वतन्त्रता र हिन्दुराष्ट्रका पक्षपातिहरुलाई पनि गतिलो शिक्षा हो । “तपाई तपाईको जिम्मेवारीलाई सलाम गर्नुस् न कि कसैलाई सलाम ठोक्न जरुरी छ” भन्ने कलामको अभिब्यक्तिले लाखौं भारतीय नागरिकहरुलाई कर्तब्य बोध गराएको छ । “ प्रत्येक सफल मानिसहरु भित्र पीडादायी कहानीहरु हुन्छन् , प्रत्येक पीडादायी कहानीमा सफलताको अन्त्य लुकेको हुन्छ, त्यसैले सफलताको लागि पीडालाई स्वीकार गर” भन्ने उनको भनाईले भारतीयहरुलाई संघर्ष गर्न र संकटसँग जुध्न सिकायो । जुन भारतीय समाजको उन्नती, प्रगति र बिकाश एवं परिर्वतनकालागि महत्वपूर्ण प्रेरणा पनि हो ।
कुनै पनि समस्यालाई मानवले स्वीकार गर, आत्माले मनन् गर अनि ब्यवहारले प्रतिकार गर भन्ने कलामको अभिब्यक्तिले हजारौं भारतीयहरुलाई कुनै काम गर्दा त्यसभित्र पसेर, बसेर, डुबेर रचनात्मक तरीका गर्ने प्रेरणा प्रदान गर्यो । ज्ञानकालागि औपचारिकता नै सधैं आवश्यक छैन भन्न कलामको अभिब्यक्ति उत्तरआधुनिकताबादी उपभोक्ता तथा नागरिककालागि स्वतन्त्रतालाई चरम उपयोग गर्नु पर्छ भन्ने बिष्लेषण बनिदियो । सबै स्तर र अवस्थाका नागरिकलाई सम्वोधन गर्न सक्ने क्षमता नै कलामको अर्को महत्वपूर्ण दाशनिक गुण हो । कसै प्रतिको खराब आशय र अभिब्यक्ति मानवता बिरोधी तरीका हो भन्नेकुरामा बिश्वास गर्ने कलामले राष्ट्रपतिको पदावधी सकिएपछि बिकाश पत्रकारिताको अभ्यास गर्दै पत्रिका प्रकाशन गरेर ज्ञान आदान प्रदानलाई प्रोत्साहित गरिरहेका छन् ।
कलाम आफैमा एउटा बिश्वबिद्यालय हुन जस्तो लाग्छ मलाई । कलाम र उनको ब्यवहारलाई हेरेर तमिलनाडुको रामेश्वरम, कन्याकुमारी क्षेत्रका मानिसले आफ्नो जीवन बदलेका थुप्रै कथाहरु त्याहाका शिक्षक र ब्यापारीहरुले सुनाउँछन् । कलाम फोहोर गाउँलाई सफा रुपान्तरण गर्न नियमित त्यस्ता छिमेकी गाउँको प्रदल भ्रमण गर्ने र बाटोमा, सार्वजनिक स्थामा फालेको फाहोर आफै हातले टिपेर फल्ने गर्थे रे । कुनै बालबालिकालाई बाटोमा वा घरमा भेटे सबैभन्दा पहिला उसको पढाई, बिद्यालय जाने वा नजाने बारेमा सोध्ने उनको स्वभाव थियो । यदि बिद्यालय नजाने बालबालिकालाई र उसको अभिभावकलाई समेत कन्भिन्स गरेर उनी उप्रान्त बिद्यालय जाने बनाउँथे भन्ने स्थानीयको भनाई हामीले सुन्यौ । सार्वजनिक स्थानको संरक्षण र पाहुनाको सम्मानले सबैलाई खुसी मिल्छ भन्ने अभिब्यक्ति उनले स्थानीय तहमा दिने गर्दथे । कलामको बालकदेखि बृद्ध सम्म सबैलाई समान सम्मान र स्तर अनुसारको प्रस्तुति र अभिब्यक्तिको दक्षता राख्ने बैज्ञानिक थिए भन्ने कुरा उनको गाउँ भ्रमण गर्दा हामीले थाहा पायौं । देश बदल्नु पर्छ, समाज बदल्नु पर्छ, परिवार बदल्नु पर्छ तर सुरुवात आफैबाट गर्नु छ भन्ने भनाईलाई चरितार्थ गरेका कलामले भारतमा लामो बिगत र भविश्य सम्मको सक्षम सामाजिक नेताको भूमिका सनर्वाह गरे ।
राजनीतिमा दक्षता, सीप, शिक्षा, इमान्दारिता, अनुसाशित, सुशासित र सुन्दर सपना आवश्यक सर्त हो भन्ने कुरा संसारभरि स्थापित गरए कलामले । उनको उल्लेखित शब्दावलीलाई ब्यवहारमा उतार्ने कर्मले पनि भारतीय र दक्षिण तथा मध्य एशियाको राजनीतिक नेतृत्वलाई परम्परागतबाट आधुनिक र आधुनिकबाट उत्तर आधुनिक बन्ने अहिले पनि प्ररित गरिरहेको छ ।
मेरो कलाम भेट्ने सपना तुहिएको छ । अब सम्भव छैन उनलाई जिउँदै भेट्न तर उनका कृति, लेखन, उदाहरण, अभ्यास र अभिब्यक्तिको संगालो बनाएर ज्ञान बटुल्ने चाँही उत्कठ इच्छा बाँकी नै छ ।

No comments:
Post a Comment