भूकम्पको त्रास हटाउन परामर्श तालिम
इटहरी, भदौं १० । गत बैशाख १२ गते गएको महाभूकम्प त्यसपछिका दुईवटा शक्तिशाली धक्का र पराकम्पनले गर्दा थुप्रै बालबालिकामा अहिलेसम्म पनि त्रास हटेको छैन् । बालबालिकालाई हरेक प्रकारका समस्याबाट छुट्कारा दिई उनीहरूको व्यक्तित्व विकास गरिनुपर्छ भन्ने उद्देश्य राखेर सुनसरीमा भूकम्पको त्रासमा रहेका बालबालिकालाई छनोट गरि परामर्श सेवाको कक्षा सञ्चालन गरिएको छ । जिल्लाभरका सय जना बालबालिकालाई नमूना छनोट गरि आफन्त गुमाएकासँगै त्रासमा रहेका ५० जना बालबालिकालाई परामर्श सेवाको कक्षा सञ्चालन गरिएको हो । सुनसरीका दस जनाको भूकम्पबाट मृत्यु भएको थियो ।
आयोजक संस्था न्यू वल्र्डका अध्यक्ष अर्जुन उप्रेतीले परामर्श सेवाले बालबालिकामा मानसिक त्रास बढेर नकारात्मक असर पर्नबाट जोगाउने बताए । भूकम्पपछि कतिपय बालबालिकाको पढन्, लेख्न, नाच्न, गाउन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधी सक्रिय सहभागिता छैन् । तर, परामर्श सेवा पाएपछि आत्माविश्वास बढेको सहभागी प्रज्वल दाहालले बताए । ‘आफू र आफ्नो परिवारलाई सकुशल राख्नुका साथैं मानसिक त्रास कम गर्न परामर्श सेवाले सहयोग ग¥र्यो,’ उनले भने ।
‘आफ्ना परिवारका सदस्य गुमाउँदा कलिलो मस्तिस्कमा भूकम्पले जुन त्रास छाडेर गएको थियो, त्यो त्रासलाई हटाउनका लागि परामर्श कक्षा चलाइएको हो,’ सहयोगी संस्था वल्र्ड भिजन सुनसरीको महिला तथा बालबालिका परियोजना संयोजक मोनिका राईले भनिन् । उनका अनुसार भविष्यमा बालबालिकालाई मस्तिष्कमा गहिरो असर पर्नबाट रोक्नका लागि परामर्श सेवा सञ्चालन गरिएको हो ।
सहभागी अर्की बालिका आँचल खतिवडाले परामर्श सेवाले दुःखको दाग मेटाउन सहयोग गरेको बताइन् । बुधबार सकिएको परामर्श सेवा समापनका क्रममा सुनसरीका प्रहरी प्रमुख एसपी सन्जयराज शर्माले बालबालिकालाई स्वाभाविक अस्थामा फर्काउन सवैको साथ सहयोग आवश्यक भएको बताए ।
जिल्ला महिला तथा बालबालिका कार्यालयकी अधिकृत सुशीला कार्कीले बालबालिकाले परामर्श सेवाबाट जिवनोपयोगी ज्ञान प्राप्त गरेको बताइन् । पाँच दिनसम्म चलेको परामर्श सेवामा आयोजक संस्थाका अध्यक्ष अर्जुन उप्रेती, तीर्थ कार्की, बालबालिकाको क्षेत्रमा कार्यरत रमा कडरियालगायतले सहजीकरण गरेका थिए । यस्तै, नृत्यमार्फत तुलसी घिमिरे र योगामार्फत श्याम पौडेलले बालबालिकालाई तनाब कम गर्ने उपाय सिकाएका थिए ।
Casino Tycoon Launches in New Jersey - JTM Hub
ReplyDeleteThe new, $6 billion casino-themed casino in New Jersey 경상남도 출장마사지 has 세종특별자치 출장안마 been named 광양 출장샵 including the first floor 사천 출장샵 casino and the newly 거제 출장샵 renovated VIP Lounge.