Thursday, September 17, 2015
Friday, September 11, 2015
भूकम्पको त्रास हटाउन परामर्श तालिम
इटहरी, भदौं १० । गत बैशाख १२ गते गएको महाभूकम्प त्यसपछिका दुईवटा शक्तिशाली धक्का र पराकम्पनले गर्दा थुप्रै बालबालिकामा अहिलेसम्म पनि त्रास हटेको छैन् । बालबालिकालाई हरेक प्रकारका समस्याबाट छुट्कारा दिई उनीहरूको व्यक्तित्व विकास गरिनुपर्छ भन्ने उद्देश्य राखेर सुनसरीमा भूकम्पको त्रासमा रहेका बालबालिकालाई छनोट गरि परामर्श सेवाको कक्षा सञ्चालन गरिएको छ । जिल्लाभरका सय जना बालबालिकालाई नमूना छनोट गरि आफन्त गुमाएकासँगै त्रासमा रहेका ५० जना बालबालिकालाई परामर्श सेवाको कक्षा सञ्चालन गरिएको हो । सुनसरीका दस जनाको भूकम्पबाट मृत्यु भएको थियो ।
आयोजक संस्था न्यू वल्र्डका अध्यक्ष अर्जुन उप्रेतीले परामर्श सेवाले बालबालिकामा मानसिक त्रास बढेर नकारात्मक असर पर्नबाट जोगाउने बताए । भूकम्पपछि कतिपय बालबालिकाको पढन्, लेख्न, नाच्न, गाउन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधी सक्रिय सहभागिता छैन् । तर, परामर्श सेवा पाएपछि आत्माविश्वास बढेको सहभागी प्रज्वल दाहालले बताए । ‘आफू र आफ्नो परिवारलाई सकुशल राख्नुका साथैं मानसिक त्रास कम गर्न परामर्श सेवाले सहयोग ग¥र्यो,’ उनले भने ।
‘आफ्ना परिवारका सदस्य गुमाउँदा कलिलो मस्तिस्कमा भूकम्पले जुन त्रास छाडेर गएको थियो, त्यो त्रासलाई हटाउनका लागि परामर्श कक्षा चलाइएको हो,’ सहयोगी संस्था वल्र्ड भिजन सुनसरीको महिला तथा बालबालिका परियोजना संयोजक मोनिका राईले भनिन् । उनका अनुसार भविष्यमा बालबालिकालाई मस्तिष्कमा गहिरो असर पर्नबाट रोक्नका लागि परामर्श सेवा सञ्चालन गरिएको हो ।
सहभागी अर्की बालिका आँचल खतिवडाले परामर्श सेवाले दुःखको दाग मेटाउन सहयोग गरेको बताइन् । बुधबार सकिएको परामर्श सेवा समापनका क्रममा सुनसरीका प्रहरी प्रमुख एसपी सन्जयराज शर्माले बालबालिकालाई स्वाभाविक अस्थामा फर्काउन सवैको साथ सहयोग आवश्यक भएको बताए ।
जिल्ला महिला तथा बालबालिका कार्यालयकी अधिकृत सुशीला कार्कीले बालबालिकाले परामर्श सेवाबाट जिवनोपयोगी ज्ञान प्राप्त गरेको बताइन् । पाँच दिनसम्म चलेको परामर्श सेवामा आयोजक संस्थाका अध्यक्ष अर्जुन उप्रेती, तीर्थ कार्की, बालबालिकाको क्षेत्रमा कार्यरत रमा कडरियालगायतले सहजीकरण गरेका थिए । यस्तै, नृत्यमार्फत तुलसी घिमिरे र योगामार्फत श्याम पौडेलले बालबालिकालाई तनाब कम गर्ने उपाय सिकाएका थिए ।
FM RADIO IN NEPALI SOCIETY
संकटमा नेपालका एफ.एम. रेडियो
अर्जुन उप्रेतीनेपालमा सबै भन्दा छिटो सूचना प्रवाहको माध्य हो रेडियो । त्यसमा पनि एफ.एम.रेडियो । २०५९ मा ज्ञानेन्द्रको कु हुँदा होस् वा २०७२ सालको बैशामा भूकम्प जाँदा सबै भन्दा पहिला जनतालाई सूचना पस्किनेकाम एफ.एम. रेडियोहरुले गरे तर यतिखेर श्रोता हुन वा ब्यापारि, उद्योगी हुन् वा राजनीतिज्ञ, रेडियोलाई तेस्रो दर्जाको मिडियाको रुपमा मात्रै हेर्न थालेका छन् ।
तर रेडियोको शक्ति र आवश्यकता अनि बिशिष्टतालाई हेर्ने हो भने रेडियो यति मात्र होईन । रेडियोलाई समाज रुपान्तरण, सास्कृतिक परिवर्तन र बिकाश, नागरिकको सूचनाो अधिकार सुनिश्चत गर्न भूमिका खेल्नसक्ने सबै भन्दा छिटो र सर्बसुलभ सञ्चार माध्यमको रुपमा लिईन्छ । त्यसैले कुनै मूलुकमा रेडियोको सञ्चालन र संख्याका आधारमा त्याहाको समाज कति उदार, बिकसित, सभ्य र सूसूचित छ भनेर बुझ्न सकिन्छ ।
बिश्वमा अमेरिकलाई सूचनाको अधिकार सुनिश्चित गर्ने, नागरिक प्रति जिम्मेवार र उदार प्रजातन्त्र भएको मूलुकका रुपमा स्थापित गर्नका लागि रेडियोको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ । जहाँ ४ हजार ७ सय ए.एम.रेडियो स्टेसन र ९ हजार एफ.एम. स्टेसन सञ्चालनमा छन् ।
नेपालमा पनि रेडियो सञ्चालनको इतिहास निक्कै लामो छ । २००६ सालबाट अनौपचारिक रुपमा राणाबिरोधि गतिबिधि गर्न र २००७ साल चैत २० गते बाट औपचारिक रुपमा सरकारी तबरबाट ए.एम. रेडियो सञ्चालन सुरुभए र २०५२ सालदेखि एफ.एम. प्रसारण सुरु भई हाल सम्म ५सय १५ वटा एफ.एम. रेडियोहरु दर्ता भएका छन् भने ३ सय ६० वटा सञ्चालन र १ सय ५५ वटा सञ्चालन नभई दर्तामै सीमित भएका छन् ।
नेपाल दक्षिण एसियामा सबै भन्दा पहिला सामुदायिक एफ.एम. रेडियो सञ्चालन गर्ने र सबै भन्दा बढी एफ.एम. स्टेसन चलाउने देशमा पनि पर्छ । यो तथ्यांकलाई हेर्दा नेपालमा रेडियोले नागरिकलाई सूचनादिने र मनोरञ्जनको महत्वपूर्णपाटो समेट्ने सम्मको काम गरेको छ । नेपालका ७४ वटा जिल्लामै रेडियो स्टेसनहरु सचालित छन् भने बाँकी एउटा मुस्ताड. जिल्लामा पनि रेडियो सञ्चालनको तयारी भई रहेकोछ । रेडियो सञलकमा ब्यापारिक घराना, सामुदायिक संस्था, सहकारी, राजनीतिकदल, स्थानीय निकाय र बिश्वबिद्यालय सम्म छन् । यो दृश्यलाई हेर्दा पनि सबै निकाय र पक्षले नेपालमा रेडियो मार्फत सूचना, मनोरञ्जन, शिक्षा र सामाजिक रुपमान्तरणका लागि काम गरिरहेकै देखिन्छ । नेपालको सन्दर्भमा अझ रेडियोको महत्व प्राकृतिक बिपत्ती, राजनीतिक संकट, निर्माचन, अन्तरराष्ट्रिय स्तरका खेलकुदमा नेपालको सहभागिता रहेको बेलामा बढेको पाईएको छ ।
नेपालमा ५६ सालपछि एक्कै चोटी धेरै रेडियो स्टेसनहरु ख्ुाल्नथालेपछि एकातर्फ ठूलो संख्यामा युवा समुदायका लागि रोजगारि सृजना गरेको छ भने अर्काे तर्फ नेपाली पत्रकारिताको बिकाश र मिडिया कलेजहरु सञ्चालन गर्ने वातावरण निर्माण गर्नका लागि पनि रेडियोहरुले योगदान गरेका छन् । अधिकांश नीजि क्षेत्रका मिडिया कलेजहरु नेपालमा एफ.एम.रेडियो र नीजि क्षेत्रबाट सञ्चालन हुने टेलिभिजनको स्थापना पछि नै सुरु भएका छन् ।
रेडियोका अगाडि जनतालाई सूचना, मनोरन्जन, शिक्षा दिनेसँगै समाजमा भएका कुरिति, कुप्रथा, हिंसा, लैडि.गक बिभेद, भ्रष्टाचारको अन्त्य गर्ने र नकारात्मक धारणालाई सकारात्मकमा रुपान्तरण गराउने, बिकाशका काममा जनसहभागिता बृद्धि गराउने जस्ता अनगिन्ती अवसरहरु छन् । बिकाशमा अपनत्वको महसुश, सामुदायिक भावना र सहकार्यको थालनी र अभ्यास गराउने कुरामा समेत रडियोले प्रसस्त काम गर्ने अवसर छ भने स्थानीय उत्पादनको बजारीकरण, प्रवर्धन र ब्यापार ब्यवसायको बृद्धि र बिकाशमा नेपाली रेडियोहरुले प्रसस्तकाम गर्न सक्ने ठाउँ छ ।
प्रशस्त अवसरका बवजुद अधिकांश रेडियोहरु अन्योलको भूमरिमा रुमलिईरहेको पाईन्छ । केही रेडियो स्टेसनहरुलाई छोडेर अधिकांश रेडियोहरु पूर्व योजना, तयारी र लक्ष्य बिना नै दर्ता गर्ने र सञ्चालन गर्ने परिपाटी देखिएको छ । छिमेकीले रेडियो खोल्यो म वा हामी पनि खोलौ, फलानो दलले रेडियो खोलो हाम्रो दलका साथीहरु पनि मिलेर रेडियो खोलौ भन्ने देखि सुन, फलाम, जग्गाको ब्यापारमा गर्नेहरु सम्मले रेडियो खोलौ भन्ने मनसायले कतिपय रेडियोहरु खोलिएका छन् र त्यस्ता रेडियोहरु आगामि कार्यदिशा र पुग्ने गन्तब्य तथा दिने सामाग्रीका बारेमा समेत अल्मलिईरहेका छन् । केही रेडियो स्टेसनहरु डोनर एजेन्सिबाट अनुदान र सहयोग पाईन्छ भन्ने कारणले पनि खोलिएका छन् भने केही रेडियोहरु ब्यक्तिगत इगो र देखासिखीका कारणले पनि खोलिएका छन् जसका कारण अधिकांश रेडियोहरु आफूलेदिने कार्यक्रम, सूचना, मनोरञ्जन र पुग्ने गन्तब्यको बारेमा अन्योलको भूमरीमा रुमलिईरहेको अवस्था छ ।
रेडियोमा देखिएको अर्काे समस्या भनेको जनशक्तिको ब्यवस्थापनको सम्स्या हो । अधिकांश रेडियोहरु आफैमा कस्तो जनशक्ति कसरी तयार गर्ने र त्यसलाई रेडियो मा नागरिकको सूचना, शिक्षा र मनोरञ्जनको लागि कसरी प्रयोग गर्ने भन्ने कुरामै अलमलिई रहेका छन् । अधिकांश रेडियोहरुले मानवसंसाधन ब्यवस्थापन, आर्थिक प्रशासनिक निर्देशिका, रणनीतिक वा आवधिक र दिर्घकालिन योजना बिना नै मानवीय स्रोतलाई प्रयोग गरिरहदा निरन्तर मानव संसाधानको ब्यवस्थापनमा समस्या उत्पन्न भईरहेकोछ । निश्चित समय एउटा रेडियोमा काम गर्ने, त्यसपछि अरु रेििडयोमा जाने, तबल, सुविधा र अधिकारको लागि रेडियोकर्मीहरुको निरन्तर आन्दोलन, धर्ना, निष्कासन र पुनस्थापना जस्ता बिषयका समस्यामै रेडियोहरु अल्झि रहेका छन् एकातिर भने अर्कातिर रेडियोमा आकर्षक भविश्य छ भन्ने कुरा स्थापित गराउन नसक्दा रेडियो स्टेसनहरु अर्ध दक्ष जनशक्ति उत्पादन केन्द्र मै सीमित हुदै गईरहेका छन् । अधिकांश रेडियोहरुमा आफ्नो शैलि बिकाश गर्न नसक्दा, रेडियो शैलि निर्देशिका तयार गरि कार्यान्वयन नगर्दा प्रस्तोता अनुसारको शैलि बिकसित र स्थापित हुदै जाने अनि एउटै रेडियो स्टेसनमा दर्जनौ शैलिहरु दैनिक प्रयोग हुने समस्याले रेडियो सुन्ने मानिसलाई कुन रेडियो सुनिदैछ, यसले कस्तो खालको कार्यक्रम दिन्छ, यसको फरकशैलि के हो भन्ने बिषयमा अन्योल सृजना गरिरहेको छ ।
नेपाली रेडियोहरुको अर्काे समस्या भनेको परनिर्भरताको हो । आफै नयाँ नयाँ ब्यापारिक अवधारणा बनाउने, जनकेन्द्रित कार्यक्रम बनाउने, सामुदायिक बिकाशमा साझेदारको रुपमा रहने, जनसहभागिता सहितका कार्यक्रम निर्माण गरि समुदायको अपनत्व बिकाश गराउने काम गर्न नसक्दा ठूला रष्ट्रिय र क्षेत्रीय रुपमा स्थापित रेडियो सञ्जालहरुले कहिले कार्यक्रम ल्याउलान र देलान, स्वदेशी तथा बिदेशी सहयोग नियोगहरुले समुदायका नाममा कहिले अनुदान सहयोग देलान भन्ने मानसिकता दिन दिनै बढी रहेकोछ । रेडियोहरुमा देखिएको अर्काे समस्या भनेको सामुदायिक भनिएका रेडियोहरुको गैसस (एन.जि.ओ.) करण हुनु पनि हो जसले परनिर्भतालाई अझ प्रोत्साहन गरिरहेको छ ।
पछिल्लो समयमा नेपाली रेडियोहरुलाई थपिएको सबै भन्दा ठूलो चुनैति भनेको बिश्वसनीयताको हो । ब्रेकिड. र फलास न्यूज दिने नाममा हतारमा समाचार प्रसारण गर्दा समस्या वा बिषयबस्तुको बास्तविकतामा नपुगिकनै सूचना र समाचार प्रसारण गरिन्छ जसले गर्दा एकछिन अगाडि भनेको कुरा एकछिन पछाडि त्यही रेडियो स्टेसनले फरक सत्य र तथ्य प्रस्तुत गर्छ । एउटै बिषयको समाचारमा फरक फरक रेडियोले फरक तथ्य प्रस्तुत गर्छन् जसले गर्दा श्रोतामा कुन चाँही सत्यो भन्ने अवस्था सृजना गराई दिन्छ । अन्नत सबै रेडियो गलत भन्ने मान्यता बिस्तारै स्थापित हुदै जादैछ । यसलाई चिरेर बास्तवमा रेडियोले सत्यमात्र भन्छन् भन्ने पुरानो मान्यता रेडियोले भनेको हो । यो कहाँ झुट हुन सक्छ भन्ने अवस्थामा फर्कीन सबै भन्दा ठूलो चुनौति छ ।
अर्काे तर्फ रेडियोहरु अन्योलमा पर्नुमा रेडियो सञ्चालक, कार्यक्रम प्रस्तोतासँगै सरकारी पक्ष पनि यसको भागिदार छ । सरकारले रेडियोलाई सञ्चार माध्यमको रुपमा परिभाषित गरेपनि छापा सञ्चार र बिद्युतीय सञ्चारलाई गर्ने आकाश जमिनको जस्तो फरक ब्यवहारले रेडियो चलाउनुहरु पनि निरुत्साहित भएका देखिन्छन् जुनकुरा उनीहरुले सञ्चालन गर्ने रेडियो र पस्किने कार्यक्रममा झल्कि रहेको छ । सरकारले फ्रिक्वेन्सि दिने कुरामा पनि एक रुपता ल्याउन सकेको छैन । कहिले एफ.एम. रेडियो स्थानीय हुन क्षेत्रीय र राष्ट्रिय प्रसारणमा जान पाईदैन भन्छ त कहिले १० हजार वाट सम्म क्षमताको ट्रान्समिटर एउटै रेडियोलाई दिने र देशैभरि बिभिन्न एफ.एम.हरुसँग नेटवर्क गरेर केन्द्रिय प्रसारण गर्ने अनुमति दिन्छ । जसले रेडियोहरुलाई आफ्ना साझा समहस्या र बिषयमा केन्द्रित गर्नु भन्दा पनि राजनीतिक दलको कार्यकर्ताले आफूलाई मनलागे पनि नलागे पनि पार्टीको अन्ध भक्त भएर जय जय गाउनु जस्तै तिनै नेटवर्कहरुको जय जय गाउने वातावरण सृजना गरिरहेको छ ।
Subscribe to:
Posts (Atom)