Wednesday, July 9, 2014

Jyamitiyegatima Growth Of Itahari

ज्यामितीय गतिमा इटहरी अर्जुन उप्रेती ग्ातिमापनका धेरै तरीका, बिधि, प्रविधि र प्रकृयाहरु हुन्छन् । त्यस्तै समाज बिकाश वा रुपान्तरणको गति नाप्ने चाँही दर्ुइवटा तरीका छन्, एउटा अंक गणितीय गति वा तरीका जसअनुसार १,२,३....हुदै जान्छ भने अर्काे ज्यामितीय गति वा तरीका जसमा १,२,४,८,१६,३२ हुदै दोब्बरका दोब्बर बृद्धि हुन्छ । त्यही ज्यामितीय गति समातेको छ पर्ूवाञ्चलको सुन्दर सहर इटहरीले । पर्ूर्वी नेपालमै पहिलो पटक समुदाय स्तरबाट, नगर स्तरबाट, नागरिक स्तरबाट इटहरीलाई उपमहानगरपालिका बनाउने पहल सुरु गरि त्यसको आधारभूत मापदण्ड समेत पुरा गरेर सरकारलाई बुझाईएको छ । अन्यत्र केन्द्रिकृत र लादिने निर्ण्र्ााप्रकृयाको ठीक बिपरित इटहरीमा नागरिक स्तरमा छलफल र अन्रक्रियाबाट निष्कर्षा पुग्ने परिपाटी, परम्परा र संस्कार सुरु गरेको छ । सबैको सहभागितामूलक समावेसी निर्ण्र्ााप्रकृयाले यहँा भएका काममा नागरिक र समुदायले अपनत्व महसुश गर्छन् । उपमहानगर पालिका बनाउने प्रस्ताव पठाउनको लागि इटहरी वरिपरि रहेका खनार, एकम्बा, पकली र हाँसपोसा गाबिसमा छलफल र अन्तरक्रिया गरियो । सुरुमै हाँसपोसाले आफू उपमहानगरमा समाहित नहुने भनेपछि हाँसपोसासँगको छलफललाई खुल्ला राख्दै अरु तीन वटा गाबिसहरु खनार, एकम्बा र पकलीसँग उपमहानगरपालिकामा गाभिने र त्यसको खाकामा २७ वटा वडा रहने भन्ने संरचनागत निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाईयो । हाल हाँसपोसा पनि उपमहानगरमा समाहित हुन आउने कि भन्ने बारेमा त्यही छलफल जारि रहेको छ । सामूहिक छलफल, अन्तरक्रिया र निर्ण्र्ाााट निष्कर्षा पुग्ने इटहरीको अभ्यासलाई हाँसपोसा गाबिसले पनि हाल अभ्यास गरिरहेको छ । इटहरीलाई उपमहानगर बनाउन यहाँका राजनीतिक दलहरुका युवा नेताहरुको बिशेष दख्खल रह्यो जसमा नेपाली कांग्रेसका दीपक गौतम, राजिव ढंुगाना, रमेश पोखरेल, ज्योति कोईराला एमालेका चन्द्र भट्टर्राई, याम सुब्बा, गायत्री लम्साल, केशव बिष्ट, लिलम बस्नेत माओबादीका सागर सुवेदी, मदन चुँडाल, बिनोद खड्का, राप्रपा नेपालका रामु पोखरेल लगायत छन भने उद्योग बाणिज्यसंघका अध्यक्ष युवा ब्यवसायी तथा उद्यमी रोहित प्रर्साई, निर्मल रिजाल, सुनिल अग्रवाल, शैलेश बिष्ट, दिवस पोखरेल, शिव रिजाल जस्ता युवा नेतृत्वकर्ताहरु पनि बृहत इटहरी निर्माणको अभियानमा जुटेका छन् । युवा नेतृत्वलाई साथदिएका छन् इटहरी नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, अर्जुन दाहाल र कैलाश तिमिल्सिनाले । इटहरी अब हाम्रो नगर राम्रो नगर, सफा शहर सुन्दर नगर सँगै बृहत नगरको पहिचान निर्माणमा जुटेको छ । इटहरीको अर्काे बिशेष्ता युवा नेतृत्वले अगुवाई लिनु पनि हो । सभ्यता, संस्कार र सहकार्यको सहर इटहरीको परिवर्तन ज्यामितीय गतिमा कुधिरहेकोले मापन गर्न पनि कठिनछ भन्ने भनाई यतिखेर यहाँ आईपुग्ने आगन्तुकहरुको मुखबाट प्वाक्क निस्किन्छ । तनहुबाट आउनु भएको राजमणि पौडेल आफूले बिगतमा देखेको इटहरी र अहिलेको इटहरी २ सय ५० कि.मि.प्रतिघण्टाको रेल भन्दा छिटो दगुरेको जस्तो लाग्छ भन्ने यथार्थ सुनाउनु हुन्छ । जो कोही दर्ुइ चार महिनाको फरकमा इटहरी आउनेले यहा केही न केही नयाँ वा परिवर्तन भएको महसुश गर्छन् । सहकार्यको सहरका रुपमा इटहरीको नयाँ परिचय बनेको छ । एउटै टोलमा दर्जन भन्दा बढी राजनीतिक पार्टर्ीी बिचारधाराका मानिसहरु बस्छन् । उनीहरुमध्ये धेरैको धर्म फरक छ, मातृभाषा फरक छ, जातजातीयता फरक छ, तर टोलको बिकाशका लागि सबै एकजुट हुुुन्छन् । आफ्नै लगानीमा सामूहीक संकलनबाट टोलबिकाशको भवन निर्माण गर्नेदेखि नमूना टोल बनाउनेहरु यही इटहरीमा छन् । इटहरीको जुटबिकाश टोलले नेपालमै नमूना टोल घोषित भएर ६० हजार रुपिंया पुरस्कार समेत जितेको छ । पर्ूवाञ्चलको केन्द्र बिन्दु भएर पनि होला इटरीमा चारै तर्फबिभिन्न घटना र संयोगले ज्यान गुमाएकाहरुको दाहसंस्कार गर्न ल्याउनेको संख्या ठूलै हुन्छ । मृतआत्माले चिरशान्ति र जीवित आत्माले तत्काल शान्ति तथा सहजता प्राप्त गर्न सकोश भनेर यहाको कृष्ण प्रणामी मुक्ति धाम, उद्योग बाणिज्यसंघ, बिभिन्न धार्मीक अनुष्ठान, प्रतिष्ठान र समुदायले इटहरीको पर्ूर्वी सीमानामा रहेको बुढी गंगा नदीमा सुविधा सम्पन्न, सफा शिव जी मर्ूर्ती सहित बिभिन्न भगवानका मर्ूर्तीले सजिएको दाहासंस्कार गर्ने सुविधा सम्पन्न र ब्यवस्थित मलामी घर सहितको घाट निर्माण गरेको छ । यसका लागि कुुनै राजनीतिक, जातीय, धार्मीक, बैचारिक र सामुदायिक सीमा नकोरिकन सबैले सहकार्य गरेका छन् । इटहरी नगरपालिका सम्भवत पर्ूवाञ्चलमै पहिलो तर्राईको नगरपालिका हो जसले नगरक्षेत्रभित्रै होम स्टे सञ्चालन गरेको छ । बिशिष्ट स्वरुप र बिशेष्ता भएको वडा नं. ३ मा पर्ने तीनतीर नदी र एकतिरबाट जंगलले घेरिएको सुन्दर स्थान खोर्सर्ाा खापमा होम स्टे सुरु गरिएको छ । यहाँका धिमाल, र्राई, लिम्बू, नेवार,मगर, क्षेत्री, ब्राम्हण लगायतको घरमा बसी स्थानीय परिकारको स्वादलिन र रातभरि क्यामफायर, नाँचगान गरेर खुसियाली मनाउने समेत ब्यवस्था गरिएको छ । जसमा किप इटहरी क्लिन, उद्योगबाणिज्यसंघ इटहरी, इटहरी नगरपालिका, यहाँका अन्य सामाजिक संघसंस्था, युवाक्लब, सञ्चारकर्मी र स्थानीय समुदायको समेत सक्रिय सहभागित र साझेदारी छ । इटहरी नगरपालिकाले नगरलाई सुन्दर र उन्नत बनाउनका लागि भौतिक बिकाश र पर्ूवाधार निर्माणलाई पनि तेत्तीकै प्राथमिकतामा राखेको छ । यही आर्थिक बर्षेखि नगरका बिभिन्न स्थानलाई जोड्ने लिंकरोड निर्माण थालेको छ । जसका लागि ११ करोड ५० लाख रुपिंया बिनियोजन गरेर काम सुरु गरिएको छ भने तुरुन्तै बाहिरी भित्री रिड.रोडको निर्माण थालिदै छ । इटहरी ठूला र साना नदीनालाहरुको लहरे सञ्जालबाट सुसज्जित शहर पनि भएकोले वल्लो टोलबाट पल्लो टोल र एउटा वडाबाट अर्काे वडामा जानका लागि सजिलो बनाउन साना पुलहरु निर्माण गर्ने काम तीब्रता र प्राथमिकताका साथ अघि बढाउन थालिएको छ । टंग्राखोला र खेती खोलामा पुल निर्माणका लागि १० करोडको बजेड बिनियोजन गरेर टेण्डरको काम भैरहेको छ । पहिला पहिला पर्ूर्वी पहाडि जिल्लाका धनकुटा, हिले सिधुवा बसन्तपुर तेह्रथुम, तप्लेजुड., भोजपुर, र संखुवासभा जिल्लाको चैनपुर, खाँदबारी लगायतका स्थानबाट स्थानीय र ब्यापारिहरु दैनिक उपभोग्देखि बिलासिताका सामाग्रीहरु खरिद गर्न धरान आउँथे तर अहिले इटहरीनै त्यस्तो होलसेल बजारको केन्द्र बिन्दुको रुपमा बिकाश भयो कि जहाँ नुनद्खि सुन सम्म, दौरादेखि चुरा सम्म, सबैखाले सामानहरुको होलसेल सामानहरु पाइन्छन् । खोटाड., सोलुखुम्बु र ओखलढंुगा समेतलाई सामाग्री सप्लाई गर्ने क्षमता बिकाश गरिसकेको छ । इटहरीलाई मनोरञ्जनात्मक शहरको रुपमा बिकाश गर्ने अभियानलाई पनि सँगै लगिन थालिएको छ । एकबर्षअघिदेखि इटहरीमा ओसन पार्क नामको एकिकृत मनोरञ्जन केन्द्र स्थापना भएको छ । जहाँबाट बालकदेखि बृद्ध सम्म, र्सवसाधारणदेखि धनाढ्य सम्मले एकै पटक पानीसँग खेल्न पाउँछन् । साथमा शारिरीक शुसंगठनका लागि जिमखाना पनि सञ्चालन गरिएको छ । यसमा महिला र पुरुष दुबैले जीमको मज्जालिन पाउने छन् । सुरेन्द्र तामाड., रितेश थापा, जस्ता फूटबल खेलाडि उत्पादन गरेर राष्ट्रिय टिमलाई दिई सकेको इटहरीले खेलकुदको बिकाशबाट समुदाय, समाज र शहरलाई समुन्नत बनाउन सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै क्षेत्रीय रंगशाला निर्माणको काम थालेको छ । सात बिगाहा जग्गाबाट सुरु भएको यो रंगशालाको निर्माणसँगै इटहरीमा अधिकांश खेलकुदहरुको समान बिकाशलाई समान महत्वका साथ अगाडि बढाउदैछ । इटहरीको अर्को नमूना सामाजिक, सास्कृतिक र साँगितीक अभियान भनेको नेपालमैसंगीत साधन प्रतिष्ठान स्थापना गरि पहिलो पटक पर्ूवाञ्चलमा संगीत एकाडेमी निर्माणको सुरुवात गरिएको छ । यहाँका युवा संगीतकार, गीतकार, कलाकार र आम नगरबासी मिलेर संगीत साधना प्रतिष्ठान निर्माण गर्ने काम सुरु भैसकेको छ । वडा नं. २ आँपगाछिका बासिन्दाले संरक्षण गरेको ४ कट्ठा जग्गा नगरपालिकाले उपलब्ध गर्राई प्रतिष्ठानको निर्माणकार्य सुरु हुदैछ । संगीत प्रतिष्ठानमा एउटा संगीत संग्रहालय रहने छ साथमा संगीत बिद्यालय हुनेछ । जसले संगीतमा एम.ए.सम्मको अध्यापन गराउने र बिश्वका बिभिन्न मुलुकहरुसँग बषर्ृेनी बिद्यार्थीहरु साटासाट गरि अन्तराष्ट्रिय स्तरको संगीत शिक्षादिने लक्ष्य राखिएको छ भने संग्रहालयमा नेपालभरि पाईने बिभिन्न जातजाति, संस्कार र संस्कृतिका मानिसहरुका बाजाहरु संकलनगरि राखिने छ । बाजा संकलनको काम भने सुरु भईसकेको छ । संगीत साधन प्रतिष्ठानकै नेतृत्वमा काठमाण्डौ बाहिर पहिलो पटक गीतकारहरुको सम्मेलन गरि गीतकार तथा लेखकहरुको रोयल्टीलाई ब्यवस्थित गर्ने र त्यसको कपिर्राईट सुरक्षित गर्ने निष्कर्षसमेत निकाली सकेकोे छ इटहरीले। राजनीति वा उद्योग ब्यापार, शिक्षा होस वा सामाजिक सेवा सबै क्षेत्रमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने, जिम्मेवारि दिने र युवाहरुले पनि सक्रिय भूमिका निर्वाह गर्ने संस्कारको बिकश पनि गरेको छ इटहरीले । सधैं ब्यापार ब्यवसाय र जागिरले मात्रै पनि भएन केही सामाजिक सेवाको काम पनि आफ्नो शहरमा गरौन भन्ने बिचरबाट सन्दीप पोखरले र दिब्यराज गुरुङ्गको छलफल दर्ुइ जनाबाट दशपन्ध्र जनासाथीहरुसँग पुग्यो । त्यसपछि निराजन खड्का, र्सर्ुय भट्टर्राई, पुष्पथापा, माया र्राई, अरुण खड्का, सुभद्रा प्याकुरेल, भिषन र्राई, लक्ष्मण कार्की, निर्मला चौधरी, मन्दीरा भट्टर्राई लागयतले निष्कर्षनिकाले इटहरीलाई नियमित सरसफाई गर्ने स्वयं सेवाका नाममा । जुन किप इटहरी क्लिन भन्ने सञ्जालमा रुपान्तरण भयो र इटहरीलाई प्लाष्टिक झोला मुक्त, सफासुन्दर नगर बनाउन नेतृत्वदायी संजाल भयो । कुनै आर्थिक कारोबार नगर्ने, सेवाको भावना भएका असिमित मानिसहरु सदस्य बन्न पाउने सञ्जाल किपइटहरी क्लिनले यहँाका सबै निकायहरुसँग समन्वय गरेर सुरु गरेको सफाई भियान अहिले नेपालमै नमूना भएको छ । यसको सिको गर्न, हर्ेन, बुझ्न झापाको धुलाबारी, दमक, धरान, बर्दीबास, जनकपुर लगायतका ठाउँबाट मानिसहरु आई सकेका छन् भने देशका अन्य शहरहरुलाई सफा बनाउन चाहनेहरु इटहरीको सरसफाईको नमूना हर्ेन आउने क्रम बढीरहेको छ ।

No comments:

Post a Comment