श्ाहरका बिद्यालयलाई किन बर्ष बिदा --र्
अर्जुन उप्रेती
बषर्ा ऋतु, पानी झरीको मौसम अनि बढ्दो गर्मी, यहि कुरालाई ध्यानमा राखेर हुनु पर्छ तत्कालीन समयमा ९० प्रतिशत जनता कृषिमा आधारित भएकोले सबै बिद्यालय र क्याम्पसहरुलाई दर्ुइ महिना सम्म बिदा दिने चलन सुरु भयो नेपालमा । तर अहिले कुल जनसंख्यामै कृषिमा आधारित हुने जनसंख्या ७० प्रतिशतमा आईसक्यो त्रिभुवन बिश्वबिद्यालयले पनि बर्ष बिदालाई कटौति गरेर १५ दिनमा ल्यायो भने उता ग्रामिण क्षेत्रका सरकारी बिद्यालयले दर्ुइ महिलनाको बिदा एक महिना झारेका छन् । ग्रामिण क्षेत्रको हकमा खेती किसानी गर्ने आमा बाबुलाई छोराछछोरीले सघाउँछन् । पुल नभएका खोला तरेर टाढा सम्म बिद्यालय जान गाह्रो हुन्छ । कच्ची बाटोमा पानी कुद्नाले बिद्यार्थीहरु भिजेर बिद्यालय पुग्छन् आदि आदि कारणले बिद्यालयहरु बिदा गर्नु मनाशिव नेै देखिन्छ ।
बिद्यालयमा बिदा गर्ने चलन सन १८८६ मा अमेरिकाको शिक्षा बिद जोन डिबेले समर स्कूल र वीन्टर स्कूल भन्ने अवधारणा ल्याएबाट सुरु भएको मानिन्छ । तर उनको अवधारणा बिद्यार्थीहरु बिद्यालयमै आवासीय रुपमा बस्छन् । ती बिद्यार्थीहरुलाई गर्मी बिदामा खेतीको काम सिकाउने, त्यसमा प्रयोग हुने प्रविधि, त्यसको प्रकृयाको अभ्यास गराउने हुन्थ्यो भने जाडो बिदामा बिद्यार्थीहरुलाई ठूलठूला फलफूल तथा तरकारी उत्पादन गर्ने र्फमहरुमा लाने र त्याहा काम गर्न सिकाएर त्यसको अभ्यास गराउने भन्ने थियो । नेपालमा पनि जाडो र गर्मी गरेर ५५ दिन बिदा दिने चलनको सुरुवात राणाशासनको अन्त्यसँगै सुरु भएका बिद्यालयहरुमा लागु गरिएको थियो भनिन्छ ।
तर शहरी क्षेत्रमा अभिभावकसँग महंगो शुल्क लिएर सञ्चालित नीजि बिद्यालयहरुले किन एक महिना सम्म लामो बिदा गर्छन् -- के शहरका सबै बिद्यार्थी बर्षयाममा खेती गर्न जान्छन् - सहरमा कुनै खोला नालाले अप्रत्यासित बिपत्ती बाहेकको अवस्थामा बाटो अवरुद्ध गर्छ -, सबै शिक्षक शिक्षिकाहरु खेतमा काम गर्न जान्छन् -- अनगिन्ती प्रश्नको सुन्य गिन्ती जवाफ हुँदा पनि किन एक महिना सम्म बर्ष बिदा गर्छन् नीजि बिद्यालयहरु ।
सुविधा सम्पन्न बिद्यालय, तालिम प्राप्त शिक्षक, यातायातको सुविधा, सिट क्षमता भन्दा बढी बिद्यार्थी गाडिमा नओर्सार्ने भनिएका बिद्यालयहरु पनि किन लामो बिदा गरेर सजिलै जवाफ दिन्छन् अभिभावकलाई "यो बर्ष बिदा हो । सबै तिर हुन्छ त्यसैले हामीले पनि दिएको ।" जटिल प्रश्नको बकमफुसे जवाफले अधिकांश अभिभावकले चित्त त बुझाउलाई तर त्यसलाई आलोचनात्मक कोणबाट सोच्ने केही अभिभावकहरु यसलाई बिद्यालयको आफूखुसी मनपरि अभिभावकप्रतिको गैर जिम्मेवारी र संगठनका नाममा भएको कार्टेलिङ भन्दछ् । नीजि बिद्यालयहरुका छाता संस्था प्याबसन, एनप्यावसन लगायत खडा भएका छन् । जुन प्रजातान्त्रिक, गणतान्त्रिक, लोकतान्त्रिक भाषामा जे जे भनिए पनि हाम्रो देशको सर्न्दर्भमा नागरिकले संगठित हुन पाउने अधिकार भित्रै रहेर स्थापित भएका संस्था हुन । यस्ता संस्थाले आफ्ना सदस्य संस्थाको अधिकारका लागि वकालत गर्दछन् । गुणस्तरीय शिक्षाका लागि पहल गर्दछन् । त्यो सम्म ठिकै हो तर शुल्क बृद्धिका लागि सरकारलाई दवाब दिने, आन्दोलन गर्ने र बषर्ा याममा पनि प्याब्सन वा एन प्याब्सनले नै संगठित रुपमा निर्ण्र्ाागर्छन् र त्यही निर्ण्र्ााो हवाला दिदै निजी बिद्यालयहरु लामो बर्ष बिदा गर्छन् । संस्थागत निर्ण्र्ााभन्दै बर्ष बिदा गर्नु नीजि बिद्यालयहरुको कार्टेलिड. होईन र --
त्रैमासिक वा अर्धबाषिर्क परीक्षा सकिएर नतिजा निकाल्नका लागि एक दर्ुइ दिन बिद्यालय बिदा गर्नु ठिकै होला । कुनै महामारी फैलिएको बेला त्यसको नियन्त्रण र सचेतताको लागि बिद्यालय बिदा गरि सहयोग गर्नु पनि सकारात्मक नै मान्नु पर्छ तर न कुनै आधिकारीक र भर्रपर्देा कारण छ । शिक्षा ऐन र नियमावलीले अन्य निजामति कर्मचारीहरु सरह शिक्षकहरुको घरबिदा तथा अन्यबिदाहरु न्पाउने भएको हुनाले बर्षा ४५ दिन बिदा बिद्यालयको तजबिजले वा जिल्ला स्थित शिक्षा समितिको निर्ण्र्ााअनुसार दिन पाउने भन्ने रहेको बताउनु हुन्छ शिक्षा बिभागका पर्ूव डिजि तथा हाल पर्वाञ्चल क्षेत्रीय प्रशासक महाश्रम शर्मा । यही नीतिको प्रयोग गर्दै भौगोलिकताका आधारमा कर्ण्र्ाा प्रदेशमा हिउँदमा हिउँ पर्ने कुरालाई ध्यानमा राखेर फागुनबाट शैक्षिक सत्र सुरु गरिन्छ भने बाँकी १३ अञ्चलमा बैशाखबाट । तर त्यसो भन्दैमा बिद्यार्थी र अभिभावकले सदुपयोग नै गर्न नसक्ने गरि बिदा दिनु कत्तिको जायज छ -- नीजि बिद्यालयलाई जतिदिन बिदा दिन मनलाग्यो तेत्ती नै बिदा गर्नु अध्ययनशिल बिद्यार्थी प्रतिको अन्याय र नियमित शुल्क तिर्ने अभिभावक प्रतिको अपममान बाहेक के हुन सक्छ -- के त्यसो भए लामो बिदा गरेको बेलाको शुल्क लिदैनन् नीजि बिद्यालय -, गाडि नचडेको दिनको गाडिभाडा छुट गर्छन् - बिद्यालय बन्दको सवसिडिज अभिभावकले के पाउँछन् - । यदि केही पाउँदैनन् भने यो सरासर अभिभावक र बिद्यार्थी प्रतिको अन्याय हो कि होईन -
अधिकांश नीजि बिद्यालयहरु पनि बर्ष बिदा पछि सञ्चालन हुँदा ग्राउण्डभरि हिलो, फोहोर, लेउ, झार उम्रिएर, कोठामा ढुडि गन्हाएर बिजोक भएका हुन्छन् । बिद्यालयको सामान्य सफाई समेत नगर्ने नीजि बिद्यालयहरुले लामो बर्ष बिदा किन दिने - दक्ष जनशक्ति, भविश्यका कर्ण्र्ाार, देश निर्माण गर्ने स्वच्छ, सक्रिय, जिम्मेवार नागरिक उत्पादन गर्न सरकारले सबै नागरिकलाई स्तरीय शिक्षा दीक्षा दिन नसकिरहेको बेलामा सर्घाई रहेका नीजि बिद्यालयहरुको अनावश्यक बर्षबिदा गर्ने संस्कारले अभिभावक प्रतिको जवाफ देहीतालाई कमजोर बनाएको छ । आफू आवद्ध संस्था वा संगठनलाई देखाएर पन्छिने प्रवृतिले झन नैतिक संकट निम्त्याएको छ । खोई त नीजि बिद्यालयको अभिभावक र बिद्यार्थी मैत्री, सामाजिक उत्तरदायित्व सहितको शिक्षा ।
साच्चै बिद्यालय बिद्यार्थीको चौतर्फी बिकाश प्रति चिन्तित्, अभिभावक प्रति कृतज्ञ र जिम्मेवार अनि रचनात्मकताका खानी हुन भने लामो बिदाको सट्टा बिद्यार्थीको क्षमता अनुसारको क्रियाकलाप किन गराउँदैनन् -- बिद्यार्थीको दक्षता तिख्खार्ने र क्षमता निख्खार्ने अवसरको रुपमा यसलाई बिकाश गर्न सकिदैन - बिद्यार्थीको इच्छा र क्षमता अनुसारका खेलकुद, गीत संगीत, आर्ट, नाटक मञ्चन, लगायतका थुप्रेै गतिबिधिहरु गराएर छुट्टी भनिएको समयलाई बिद्यार्थीको हितमा प्रयोग गर्दा के हुन्छ - एकातिर बिद्यार्थी लामो समयको छुट्टमिा नियमित पढ्ने अभ्यासबाट बिमुख हुने अवस्था, अर्काे तिर अभिभावकको नियमित रुटिनलाई नै प्रभावित, परिवर्तीत गर्ने काम जस्ता समस्या भथिदिएका छन् बिद्यालयले ।
किन यतिलामो बिद्यालय बन्द भन्ने प्रश्नमा बिद्यालयको सटिक जवाफ आँउछ होम वर्क दिएकै छ नि, तपाईको नानीले खर्ुइ खर्ुइ गर्यो भने पनि आधा बिदा त त्यसैमा सकिन्छ । तर होम वर्क के र कसरी दिइन्छ त्यो भने गजबको प्रसंग र अवस्था छ । पेज नं. ...देखि .. सम्म कपिमा सारेर ल्याउने । अहिले सम्म गरेको क्लास वर्क कपिमा सारेर ल्याउने । दर्ुइ देखि २० सम्मको टेबल लेखेर ल्याउने । नेपाली कितावको पेज नं.....देखि ....सम्म जस्ताको तस्तै सारेर ल्याउने आदि आदि ।
तर यी सबै कारण र बिदा दियाईको पछाडिको रहस्य भने फरक छ । नीजि बिद्यालयको छुट्टकिो बिषयमा आधा दर्जन प्र.अ.हरुसग अनौपचारिक कुरा गर्दा भन्छन्, "बर्ष बिदाको बहानामा बिद्यालय जति बढ ििदन बिदा गर्न सक्यो बिद्यालयलाई तेत्ती नै फाईदा तर एक महिना चाँही कटाउनु हुदैन । उन्तिसदिन बिदा गरे पनि एक दिनले एक महिना नपुग्दा नानीहरु नचढे पनि अभिभावकले गाडिको भाडा तिरी हाल्छन् त्यो फाईदा, अर्काे तर्फअभिभावकले छुट्ट िभए पनि नभए पनि १२ महिनाको शुल्क बुझाउँछन् करीब दर्ुइ महिनाको पैसा त्यसै फाईदा । खाली शिक्षकलाई तलब दिनु पर्ने हो । अरु पानी, बिजुली, गाडिको खर्च, दैनिक मसलन्द खर्च, इन्धन आदि सबै बचत । बिद्यालय पनि त एउटा ब्यापार हो जसरी बढी नाफा कमाउन सकिन्छ त्यही गरिन्छ ।"
बिद्यार्थीलाई बेगारी बनाएर, अभिभावकको मनकुड्याएर, बास्तवमा नपर्ढाईकन, गाडि नगुर्डाईकन लिएको पैसा बिद्यालयको कस्तो आम्दानी हो -- यसमा कारवाही हुने वा लाग्ने कुनै कानुन छ - वा छैन -, बिद्यालयहरु जति भर्ना खोल्ने बेलामा अभिभावक कहाँ लुरुक्क परेर बिद्यार्थी माग्न जान्छन् तेत्ती नै बिदा गर्ने बेलामा सचेत र जिम्मेवार हुन्छन् - के शिक्षक तथा बिद्यालय सञ्चालकले अभिभावक र बिद्यार्थीलाई यसरी चिटीङ गर्न मिल्छ - यो शिक्षक तथा बिद्यालय सञ्चालकले बिद्यार्थीहरुलाई यसै गर भन्ने पाठ सिकाएको भएन र -- थुप्रै प्रश्नहरु पहिला आफैलाई सोधेर अनिमात्र बिद्यालय छुट्टकिो तालिका बनाउनु बेस होला ।
No comments:
Post a Comment