Friday, June 27, 2014
AN ARTICLE ABOUT KOSHI HIGHDAM
कोशीमा फरक बहस
उच्चबा“धः बरदान की अभिसाप -
- अर्जुनकुमार उप्रेती८
सामान्य परिदृश्य ः
सप्तकोशी नदी नेपालसँगै भारतको पनि समस्या, टाउको दुखाइ र अवसरका रुपमा चिनिन्छ । यसको बिषयमा बेलाबेलामा हुने तात्ताता बहस र विपत्तिले नयाँ धारबाट नयाँ बहसहरु जन्माई रहन्छ । पुरानो समस्यामा नयाँ बहस फेरि थपिएको छ सप्तकोशी उच्चबाँध बनाउँनु पर्छ या पर्दैनको ।
नेपालभित्रै उच्चबाँधको बारेमा छलफल सुरु भएको तेत्ती धेरै भएको छैन । सन १९९५ को जनवरी ५ र ६ मा जल सम्वन्धिका बिषेज्ञहरुले काठमाण्डौमा पहिलो बैठक गरेर नेपालका हिम नदीमा उच्चबाँध बनाउने भन्ने छलफल गरेका थिए जसमा नेपाल, भारत र बंगलादेशका मानिसहरु सहभागि थिए । यो छलफल जापन सरकारको सहयोग र इच्छामा भएको विश्वास गरिन्छ । दक्षिण पर्ूर्वी एसियामा ब्रम्हपुत्र र सिन्धु नदी पछि सप्तकोशी नदी तेस्रो ठूलो हिम नदी हो । त्यही भएर नेपालमा छलफल हुँदा सप्तकोशी मै उच्चबाँध बनाउने कुराबाट छलफल सुरु भएको हुनर्ुपर्छ ।
तर यस अघि नै सप्तकोशी उच्चबाँधको सम्भाब्यता अध्ययन बिदेशीहरुको नेतृत्वमा नेपालको सहभागितामा भैसकेको थियो । सन १९४६ को जनवरी महिनामा भारतको केन्द्रीय जल आयोगका अध्यक्ष ए.एन. खोसलाको नेतृत्वमा रहेको १० सदस्सीय टोलीले कोशी उच्चबाँधको स्थालगत अध्ययन गरेको थियो । त्यो बेला बराहक्षेत्रमा जहँा कोका नदी मिसिन्छ, त्यो भन्दा केही दक्षिणतिर उच्चबाँध बनाउने स्थान पक्का गरेको थियो तर बराहक्षेत्र नेपाल तथा भारतका हजारौ भक्तजनहका लागि ऐतिहासिक एवं धार्मिक स्थल भएकोले त्यो डुवानमा पर्ने र खप्न नसक्ने जनदवाव आउने आशंका गरि बराहक्षेत्र भन्दा १.६ कि.मि. उत्तर तर्फसुनाखम्बी भन्ने स्थान बाँध निर्माणका लागि उपयुक्त भएको निष्कर्षनिकालेको थियो । त्यो टोलीमा नेपालका तर्फाट इन्जिनियर बि.एन. शर्मा र नर्रमर्दन थापा सहभागि भएका थिए ।
सप्तकेाशी नदी चीनको तीब्बतबाट भारत बिहारको कुरसेला भन्ने ठाउँमा गंगा नदीमा मिसिदा सम्म ७ सय २० किमीको दुरी यात्रा गर्छ । यसको कुल जलाधार ९२ हजार ५ सय ३८ बर्ग कि.मी.छ । त्यसमध्ये नेपालमा मात्रै पर्ने जलाधार क्षेत्र भने ४१ हजार ३ सय ३३ बर्ग कि.मि.छ । सप्तकोशी नदीमा बाषर्ीक औषत ५० हजार घन मिटर पानी बग्छ । प्रस्तावित केाशी उच्चबाँध बनाउने स्थान सुनाखम्बी भन्दा मास्तिरको त्रिवेणीमा यसको बहाव १ हजार ६ सय १४ घनमिटर प्रतिसेकेन्ड छ । सुख्खा मौसममा २ सय ८० घन मिटर प्रतिसेकेन्ड र्झने सप्तकोशीको पानी बषर्ा याममा अत्यन्त बर्षत भएको बेलामा २५ हजार घनमिटर प्रतिसेकेन्ड सम्म पुग्दछ । सप्ताकोशी नदीले बर्षनी ११ करोड ९० लाख घन मिटर बालुवा र माटो यसको उद्गम स्थालदेखि हिमाली र पहाडी क्षेत्रबाट बगाएर ल्याउँछ र नेपालको समथर तर्राईको भाग हुदै भारतसम्म पुर्याउँदछ ।
सन १७३० मा भारत तर्फबिहारको कटिहारमा पर्ने पूर्णर्ीया भएर बग्ने कोशीनदी हाल १ सय १४ कि.मि.पश्चिम तर्फसरेर सहरसा क्षेत्रबाट बग्दछ । हाल सप्तकोशी नदीमा चतरादेखि बिहारसम्म दुबैतर्फगरि १ सय २५ कि.मि.बाँध निर्माण गरिएको छ । सप्तकोशी नदीमा १० हजार ८ सय ६० मेगावाट सम्म बिजुली उत्पादन गर्न सक्ने क्षमता भएको अध्ययन प्रतिवेदनहरुले देखाएका छन् ।
कोशी उच्चबा“धका सबल र दर्ुवल पक्ष
कोशी उच्चबाँध बनाउनु पर्छ - या पर्दैन - यसको निर्क्याेल त भइसकेको छैन तर यसका बिषयमा पक्ष र बिपक्ष अर्थात बनाउन आवश्यक छ र छैन मा ब्यापक बहस, तर्क बितर्क र छलफलहरु तीब्र रुपमा सुरु भएका छन् । अधिकारकर्मी, बहुसंख्यक स्थानीय समुदाय, आदिबासी जनजाति र जातिय संगठनहरु यसको औचित्य छैन । फाईदा भन्दा हानी धेरै छ । फाईदा भए पनि त्यो फाईदा भारतले मात्रै लिन्छ भन्नेमा छन् भने अर्का तर्फथोरै संख्यामा स्थानीय समुदाय, केही ब्यापारीहरु, निर्माण ब्यवसायीहरु, र सरकारी मानिसहरु यो नेपालको अहोभाग्य हो । नेपालले पैसा लगानी पनि गर्न नपर्ने, फाईदा पनि पाउने, उद्योेग धन्दा र रोजगारी पनि बढ्ने भन्दै यसलाई जसरी भएपनि बनाउनु पर्छ भन्ने पक्षमा छन् । तर राजनीतिक दलहरु भने दोधारे चरित्र प्रस्तु गरिरहेका छन् । आफ्नो दल सत्तामा पुगे मन्त्री भए कोशी उच्चबाँध बनाउनु पर्छ भन्छन् नत्र पर्दैन भन्नेहरु नै बढी छन् । तर उनीहरुको सधैं एउटा स्पष्ट धारणा यो कारणले बनाउनु पर्छ र यो कारणले बनाउनु हुँदैन भन्ने केही पनि छैन ।
कोशी उच्चबाँध बनाउँदाका फाईदा र बेफाईदा दुबैछन् तर कत्ता पट्ट िपल्ला भारी हुने हो त्यो भने बैज्ञानिक बिधिबाट लेखाजेखा गर्न बाँकी नै छ र त्यो हुनु पर्छ पनि । हेरौ यसका केही महत्वपर्ूण्ा सवल र कमजोर पक्ष ।
सवल पक्ष ः
२ च्ातरादेखि गंगा नदी सम्म १ सय ६५ किमी जलयात्रा -र्याफटिङ) ब्यवसाय चलाउन सकिन्छ ।
२ तीन देखि १० हजार मेगावाट सम्म विद्युत उत्पादन गर्न सकिन्छ ।
२ भ्ाारत कलकत्ताको हल्दियासम्म नेपालको पहुँच बिस्तार हुन्छ । जहाँबाट सिधै समुन्द्रपार ब्यापार पनि गर्न सकिन्छ ।
२ पर्ूर्वी नेपालमा औधोगिकी करण बढ्छ सँगसँगै रोजगारीका अवसर सृजना हुन्छन् ।
२ पर्ूर्वी तर्राईको मोरङ, झापादेखि जनकपुरसम्मको ७ लाख ७१ हजार हेक्टर जमिनमा ंसिचाई सुविधा पुग्छ ।
२र् पर्यटन ब्यवसाय फष्टाउँछ एउटा नयाँ गन्तब्य थपिन्छ ।
दर्ुवल पक्ष ः
२ बालुवाले जलासय भरिदै माथि आउँदा पानीको सतह बढेर खतरा उत्पन्न हुन्छ ।
२ सप्तकोशी र यसका सहायक नदीका किनारामा पर्ने १ सय ५५ गाबिसका २ सय ३६ वडा डुबानमा पर्छन् ।
२ आदिबासी जनजातिको बासस्थान र पहिचान नष्ट हुन्छ ।
२ नदी किनारका खेती योग्य जमिन जलासयले ढाकिन्छ । धार्मिक र ऐतिहासिक क्षेत्र पानीले पुरिन्छन् ।
२ बाँध निर्माणका सर्न्दर्भमा सामान राख्दा, टहरा बनाउँदा, बाटो बनाउँदा, मोरङ, सुनसरी र सप्तरीका उर्वर भूमि ओगटिन्छन् ।
२ पानीको बहाव कम भएपछि ढंुगा कम हुदै जान्छ जसले गर्दा ढंुगाका कापमा बस्ने माछा, मोलस र क्रष्टासिएन जस्ता किराहरुको अस्तित्व समाप्त हुन्छ ।
२ निर्माण स्थलको भूकम्पीय जोखिम तीव्र छ । कदाचित ठूलो भूकम्प आई बाँधमा मानवीय नियन्त्रण गुमेमा तल्लो तटीय क्षेत्रमा भयानक नरसंहार हुनसक्छ ।
२ निर्माण स्थल नेपाल भारत सीमा भन्दा करिब ७० किमी उत्तरमा छ । यदि बाँध सुरक्षाको जिम्मा भारतले लिएमा नेपालमा भारतीय सेनाको क्याम्प राख्ने अवसर सृजना हुनेछ । यसले नेपाललाई विस्तारै भारतीय सुरक्षा छाताभित्र तान्न सक्छ र नेपालको र्सार्वभौमसत्ता सम्बन्धि विवाद पनि चर्किन सक्छ ।
विश्वमा उच्च वा ठूलाबा“धको असर ः
सन २००० सम्ममा विश्वमा ५४ हजार ठूला बाँधहरु बनेका छन् । जसले गर्दा करीब ५० बर्षो अवधिमा नदीको परिस्थितिक प्रणलीलाई ध्वस्त पारेको छ । त्यस्ता बाँधबाट ४ लाख बर्ग कि.मि. भूभाग डुवानमा परेको छ । घानामा आकासेब्बो बाँध बनाएपछि जलासय फैलिदै गएर ८ हजार ५ सय बर्ग किमीको सरोवर तयार भयो । जसले घानाको ४ प्रतिशत जमिनलाई डुबाएको छ । अमेरिकामा बनाइएको हमखा बाँधका कारण ९ बर्षो अवधिमा नदीको सतह ४ मिटर तल भासिएको थियो । अमेरिकामा नदीमा बस्ने जीवजन्तु ६३ प्रतिशतले घट्नुमा उच्च बाँध पनि एक भएको अध्यन प्रतिवेदनहरुले देखाएका छन् ।
क्यालिफोर्नीयाको बे, पर्ूर्वी मेडिटरीयन र गल्फ अफ मेक्सिकोमा पानीको बहावमा आएको परिवर्तनका कारण माछाको संख्या घटेको छ । सन १९९४ मा अमेरिकामा त्याहाको ब्यूरो अफ रिक्लेमेसनले अब अमेरिकामा ठूला बाँध बनाउने युग सकियो भनेर प्रतिवेदन तयार गरेको थियो । ध्यचमि ऋommष्ककष्यल यल म्am चभउयचत मा उल्लेख भए अनुसार विश्वमा ठूलाबाँधहरुको निर्माणबाट ५ करोड ६० लाख मानिस विस्थापित भएका छन् ।
उदाहरण ः
चीनमा सुख्खा जमिनलाई सिंचित गरेर प्रशस्त उत्पादन गर्ने ध्येयले सन १९६० को दशकमा “ह्वाङ हो” नदीमा सानमिनजीया भन्ने स्थानमा १ सय ६ मिटर अग्लो बँाध बनाईयो । यो बाँधबाट सिंचाइका अलावा १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । बाँध निर्माण गरिसकेपछि निरीक्षण गर्दा इन्जिनियर वा यसका बिषेशज्ञहरुको यो बाँधको आयु ५० बर्षतोकेका थिए । तर दर्ुइ बर्षै माटोले जलासय भरियो र बिष्फोटक पदार्थ -ब्लाष्टिङ) पड्काएर त्यो बाँध भत्काइयो ।
कोशी उच्चबाँधको सम्भाब्यता अध्ययन प्रतिवेदनमा यसको आयु १ सय बर्षहुने अनुमान गरिएको छ । तर चीनको ह्वाङ हो नदीको जस्तै अवस्था आएमा ४ बर्षै कोशी उच्चबाँधलाई पनि बारुद पड्काएर भत्काउने अवस्था आउदैन भन्न सकिन्न ।
उच्चबा“ध बना“उन थाल्दाको प्रकृया ः
संसारको कुनै पनि स्थानमा ठूलाबाँधहरु बनाउँदा त्यसका बारेमा विभिन्न अध्ययन, अनुसन्धान, त्यसका तत्कालिन र दर्ीघकालिन असरहरु बिष्लेषण गर्ने र त्यसपछि एकपक्षीय, बहुपक्षीय सम्झौताहरु भई काम सुरुवात गर्ने प्रकृया हुन्छन् । यसका साथै प्रभावित क्षेत्रको सामाजिक साँस्कृतिक, धार्मिक, ऐतिहासिक क्षेत्रहरुलाई कसरी ब्यवस्थापन गर्ने - विस्थापितहरुको अवस्था के हुने र कहाँ पर्ुनस्थापन गर्ने - भन्ने जस्ता कुराहरु बाँध निर्माण पर्ूव नै टंुगो लगाउनु पर्ने हुन्छ । यस्ता कुराको जिम्मेवारी र नेतृत्व राज्यले लिन्छ । तर यसका साथै बाँध बनाउने कि नबनाउने भन्ने बिषयमा सरकार र सम्विन्धत मंत्रालय, नागरिक समाज र यसका विभिन्न संगठनहरु, निजी क्षेत्र, दातृसंस्था र विकास बैंकहरु, ऋण निर्यात नियोगहरु, गैरसरकारी र अन्तर सरकारी संघ संस्था र संगठनहरु, पेशा गत संस्था, प्राज्ञिक निकाय तथा अनुसन्धान कर्ता र निकायहरुसँग धेरै पटक बसेर ब्यापक छलफल गर्न आवश्यक हुन्छ ।
स्थानीय समुदायको सहभागितामूलक निर्ण्र्ाा जीविको पार्जनको ब्यवस्था, अध्रि्रहण र क्षतिपर्ूर्ती, सामाजिक साँस्कृतिक उत्थानका कार्यक्रमहरु सञ्चालन तथा फाईदाको बाँडफाड लगायतका कुराहरुको पनि ग्यारेन्टी गरिनु पर्दछ । बाँध निर्माण पछि पनि पानी प्रयोगको स्थिति र त्यसमा समुदायको सहभागिता स्पष्ट पारिनु पर्दछ । जलश्रोत र उर्जाको विकास गर्दा त्यसका सबभन्दा ठूला र प्राथमिक हकदार स्थानीय समुदाय र उपभोक्ताहरु हुन् । यस बारेमा सबभन्दा पहिला उनीहरुलाई सोध्नु पर्दछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment