Sunday, May 26, 2013

बैदेशिक रोजगार सपार्छ कि बिगार्छ घरबार

अर्जुन उप्रेती मुलुक आर्थिक संकटबाट गुज्रीरहेको अन्तरिम अवस्थामा नेपालको ग्राहस्त उतपादनमा २३ प्रतिशत सम्म योगदान गर्न सफल भएको बैदेशिक रोजगारले कतै घरपरिवारलाई जोडेको छ त कतै धमाधम भत्काई रहेको छ । नेपालका ५६ प्रतिशत घरधुरी बैदेशिक रोजगारीबाट प्रभावित भएको अवस्थामा एकातिर यो सनौलो अवसर बनेको छ भने अर्कातर्फघरबार भत्काउन र बिगार्न एक नंम्बर सामाजिक कारण बनेको छ । गत बर्षसुनसरीको इटहरीमा बिदेशबाट पठाएको पैसाको हिसाब किताव बताउन नसकेको र परपुरुषसँग लागेको निहुँमा श्रीमानले खुकुरीले काटेर एक महिलाको हत्या भयो भने धनकुटामा आफू बिदेश गएको मैाकामा परपुरुषसँग लागेको निहुमा एक पुरुषले आफ्नी श्रीमतिको योनि छेदन गरिदिए । उता काठमाण्डौ कलंकीकी एक महिलाले लामो समय सम्म इजरायलमा बसी पैसा कमाएर काठमाण्डौमा घर जोडिन आउने बित्तिकै छोराछोरी पढाएर बसी रहेका श्रीमानलाई सारा सम्पति आफ्नो नाममा पारेर घरबाट निकाली दिईन निहुँ थियो परस्त्रीसाग लागेको भन्ने । यी र यस्तै घटना र कारणले अहिले नेपाली समाजलाई बैेदेशिक रोजगारि निल्नु न ओकल्नु भएको छ । रुपन्देही जिल्लामा २०६९ सालमा मात्र हर्ेने हो भने बिदेश गएर फर्कीएका महिला मध्ये १५ प्रतिशतको सम्वन्ध बिच्छेद भएको छ । बैदेशिक रोजगारिमा नजाउँ देशमा रोजगारिका सम्भावना दिनप्रतिदिन घट्दैछन्, मर्दैछन् एकातिर भने अर्कातिर बैदेशिक रोजगारिमा जाने र उनको परिवारले धेरै सामाजिक मूल्य चुकाउनु परिरहेको छ अहिले । अहिले संसारका बिकसित र बिकाशशिल देशहरुमा "आप्रवासन बिकाश हो" -ःष्नचबतष्यल ष्क मभखभयिऊभलत) भन्ने नारा र मान्यता बिकश भई यसलाई बिकाशको अभियान पनि भन्न थालिएको सर्न्दर्भमा नेपालमा बैदेशिक रोजगारीलाई अवसर, बिकाशको सहयोगि, बिकाशको अभ्यासका रुपमा आत्मसाथ गर्न सकेको छैन भने बरु बिकराल समस्याको रुपमा अघि बढीरहेको छ । नेपालीहरुको प्रमुख गन्तब्य मलेसिया, दर्ुबई, साउदी अरब, संयुक्त अरब इमिरेटस्, कतार, कुवेत, बहर्राईन, ओमन जस्ता मुलुकहरु छन् तर त्याहा पनि नेपालीहरुमाथि श्रमशोषण, मानसिक यातना, तलब नदिने र सामूहिक र साँघातिक आक्रमण, यौनशोषण, हुने जस्ता समस्या दिनानुदिन बढिरहेकाछन् । बिदेशमा गएका आमा बाबाहरु हराउने, मानसिक सन्तुलन गुमाउने, अंगभंग हुने र बलात्कारमा परी थलिने तथा उतै पलायन हुने समस्याले तिनमा आश्रति सन्तानहरुको यहा बिचल्ली भएको छ, कोही सडकमा आफ्नो भविश्य खोज्न पुगेका छन् भने सौम्य, शान्त र सरल परिवार बिखण्डित भई नेपाली समाजले ठूलो सामाजिक मूल्य चुकाउनु परिरहेको छ । बिश्वबैंकले "नेपालमा तरकारी खेती बंगुर पालन गरेर मात्रै बिकाश गर्न सकिदेैन अबको बीस बर्षरेमिट्यान्स नेपालको प्रमुख बिषय हो" भन्ने तर्कले यसको आवश्यकता र महत्वलाई पुष्टि गरेको छ भने बैदेशिक रोजगार बिभागका निर्शेशक बिनोद के.सी.ले "रेमिट्यान्स नक्कली पैसा हो यसले नेपालको बिकाशमा केही गर्न सक्दैन भन्ने तर्क दिदै नेपाल भन्दा अगाडिदेखि बैदेशिक रोजगारिमा जानथालेको फिलिपिन्स जहाँको तही छ" भन्ने तर्क प्रस्तुत गर्दै यसको कमजोरी औल्याउनु भएको छ । बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार २०६९ सम्मा नेपालबाट आधिकारीक रुपमा बिदेश जानेहरुको संख्या २७ लाख छ । २०६९ को एक बर्षाई मात्र हर्ेदा पनि ३ लाख १७ हजार मानिसहरु बिदेशिएका छन् । त्यस्तै करीब १० लाख मानिसहरु बिभिन्न बाटो र तरीकाबाट बिदेश गएका छन् जसको तथ्यांक सरकारसँग छैन भने भारमा मात्र गएका मानिसहरुको सँख्या ३० लाख छ । यसरी तथ्यांकलाई मात्र केलाउँदा पनि ७० लाखको हाराहारीमा नेपालीहरु बिश्वका बिभिन्न मुलुकमा छन् र परिवार उनीहरुप्रति आशाबादी भएर यहा निगन्ति गरेर बसिरहेकोछ । तर नेपालमाकेा कुल ग्राहस्त उत्पादनमा यहाको उद्योगले धानेको ८ प्रतिशत भन्दा बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स त्यसको तीन गुणा २३ प्रतिशत छ । बैदेशिक रोजगार समस्यासँगै अवसर पनि हो भन्ने तथ्य स्थापित त भयो तर त्योसागै अनगिन्ती चुनौतिहरु पनि आए । यसका चुनौतिहरुलाई न्यूनिकरण गर्न सकेमात्रै नेपाली र नेपालको हितमा घरबार भत्काउने होईन बनाउने सहयोगि तत्व बन्न सक्छ बेैदेशिक रोजगारी । नेपाली समाजमा भित्रीएको रेमिट्यान्स कसरी उपयोग गर्ने भन्ने समस्या र चुनैाती हाम्रा सामु खडा छ । बिदेशमा दुख गरेर कमाएको पैसा अनुत्पादक काममा लगाउने, बिलासितामा खर्च गर्नेे, महंगा गजेट र भौतिक बस्तुका लागि खर्च गर्ने प्रवृति बढेर गएको छ । बैदेशिक रोजगारिबाट प्राप्त भएको रकमलाई उतपादन मुलक कार्य लगाउने सरकारको कुनै नीति बन्न सकेको छैन न त यसबारेमा कुनै कानुन बनेको छ न नयाँ कानुन बन्ने तत्काल सम्भावना नै छ । बैदेशिक रोजगारिलाई नेपालको एउटा कुटनीति निर्माण गर्ने औजारको रुपमा बिकाश गर्न सके त्यसले नेपाली समाज र राष्ट्रलाई योगदान गर्न सक्छ नत्र कमायो ल्यायो खायो उडायो मै सीमित हुन पुग्द छ । बैदेशिक रोजगारिलाई लैङ्गकि आँखाले हर्ेदा पुरुषको तुलनामा मलिहाहरु नै बढी समस्यमा पर्ने गरेका छन् । यहाबाट दलाले बिभिन्न एजेन्सि र एजेन्ट हुदै खाडि मुलुक र मधयपूवृ सम्म पुग्दा महिलाहरु कम्तिमा पाँचपटक बेचिने गरेको पाइएको छ । इजरायलबाट भरखरै फर्कीनु भएकी काभ्रेकी शोभा शर्माले भनेअनुसार इजरायलमा पुगेका महिलाहरुलाई पहिला एजेन्टहरुले उनीहरुको सर्म्पर्क कार्यालयमा राख्छन र त्याहा इजरेलिहरु आएर हामीले बजारमा खसीबोका छाने जस्तो महिलाहरुलाई छानिछानी लान्छन् । खाडि मुलुकमा त स्थिति त्यो भन्दा दर्दनाक छ । घरमालिकले घरेलु महिला कामदारलाई खरिद गरेर लाने र उनीहरुको पासपोर्ट खोसेर राख्ने, तलब नदिने, घरमा सर्म्पर्क गर्न नदिने, दैनिक २० घण्टा सम्म काम लगाउने र शारीरिक यातना दिने सम्मका काम हुन्छन् भने त्याहाबाट राम्रैसँग पैसा कमाएर फर्कीएपछि नेपालमा आईसकेपछि फलानी त बिदेश गएर आएकी, यो त के चोखीहोली र यस्ती उस्ती भनेर सामाजिक आक्षेप लगाउनेदेखि परिवारले नै नस्वीकार्ने सम्मको अवस्था आउद छ । बिदेश गएपछि सबै हुन्छ नेपालमा केही हुदैन भन्ने मनोबिज्ञानबाट निर्देशित भएका नेपालीहरुले आशा र उत्साह कम निराशा र बिचलित मन लिएर फर्कीने प्रचलन बढ्दै गईरहेको छ । श्रमिक अधिकार नभएको, मानवअधिकार अन्तराष्ट्रिय सन्धि अभिसन्धिमा हस्ताक्षर नगरेको, महिलाहरुलाई सवारी चलाउन र भोट हाल्ने अधिकार सम्म नभएको साउदी अरब जस्ता मुलुकमा सहजै सम्झेर काम गर्न जाने नेपाली महिलाहरुले त्याहा कस्तो ब्यवहार पाउलान भन्ने सहजै अनुमान पनि गर्न सकिन्छ । यतिखेर सबै नेपाली घर घरको चिन्ता बनेको बैदेशिक रोजगारीलाई न त हामीले नकार्न सक्छौ न त यो बिना हाम्रो दैनिकी नै चल्न सक्छ तत्कालका लागि त्यसैले बैदेशिक रोजगारिलाई उचित ब्यवस्थापनको खाचो छ यतिखेर । बचवगलगउचभतथ२gmबष्।अिom

1 comment:

  1. Casino Sites 2021 | Up to €300 Welcome Bonus + 100 Free Spins
    List of Casino Sites in India! Find the best New Casino Sites 카지노사이트 and Sign Up Bonuses and Free Spins Bonuses to 샌즈카지노 claim 제왕 카지노 today!

    ReplyDelete