अर्जुन उप्रेती
धनकुटा जिल्लाको भेडेटार गाबिस वडा नं. ६ र ७ मा पर्ने नाम्जे गाउँ बिश्वका १२ उत्कृष्ट ग्रामिण गन्तब्य मध्ये आठौ स्थानमा परेपछि अहिले नाम्जेको रौनक बढेको छ । सिएनएनले गरेको र्सवेेक्षणमा नाम्जे बिश्वकै उत्कृष्ट गन्तब्यमा परेको हो । त्यसमा नेपालको सर्न्दर्भमा भन्दात नंं १ गन्तब्य नै भएको छ । उत्कृष्ट गन्तब्यमा परेपछि नाम्जेको रौनक पनि दिन दर्ुइगुना रात चौगुना बढ्न थालेको छ । नम्जेलाई उत्कृष्ट गन्तब्यको महसुश गराउन अहिले स्थानीय तवरबाटै प्रयासहरु सुरु भएका छन् ।
होम स्टे
स्वदेशी तथा बिदेशी पर्यटकका लगि नाम्जेमा होम स्टेका लागि स्थानीय तवरबाट समिति नै गठन गरेर १० वटा घरबाट होम स्टे सुरु गरिएको छ । 'हामे स्टे राम्रै चलिरहेको छ । आशा जनक ने छ । होम स्टेमा आउने नेपाली पर्यटकहरु बढी छन् उनीहरु होटलको जस्ते सुविधा पाए हुन्थ्यो भन्छन् । त्यो संस्कारले अलिक निराश बनाएकोछ । स्थनीय युवा हरि मगरको कथन छ । 'हामील पनि यहा आउने पर्यटकलाई होम स्टेको भेलु बुझाउन सकिएको छैन' स्थानीय बिष्णु आचार्यको कथन छ । होम स्टेमा आउने बिदेशी भन्दा नेपाली नै बढीछन् । सिएनएनले बिश्वका उत्कृष्ट १२ गन्तब्यको सूचिमा सूचिकृत गर्नु भन्दा अगाडि बरु बिदेशीहरु धेरै आउथे तर हल्ला पछि बिदेशीहरु घटेर स्वदेशीहरुको आगमन बढेकोछ ।
होम स्टेमा आउने १,२ दिन बस्ने धेरै आउँछन् तर धेरै दिन बस्ने थोरै मात्रमा आउँछन् । होम स्टे एकदम सस्तो छ । सुतेको एक रातको रु १५० र घरको मानिसले जे खायो त्यही खादा एक छाकको रु ६० तिर्नु पर्छ । होम स्ट चलाउनका लागि सू्ुरुमा कसकसले चलाउने आफै प्रस्ताव ल्याउनु भनेर आहृवान गरिएको थियो । जसमा वडा नं. ६ का ५ घर र वडा नंं ७ का पाँच घरले होम स्टे चलाउने प्रस्ताव ल्याएका थिए ।
प्रथा र बिश्वाको निरन्तरताका लागि अभ्यास
भेडेटारको नाम्जेलाई उत्कृष्ट गाउँ बनाउनको लागि त्याहा पाँच वटा समूहरु गठन गरिएको छ । पञ्चकन्या, मनकामना, जलकन्या, प्रगति र थुम्किडाडा समूह । यी समूहले समुदायमा आईपरेको सबै काममा एक अर्कालाई सरसहयोग गर्दछन् । साथै अर्म पर्म, ऐचो पैचो जस्ता कामहरु समूह भित्र अभ्यास गरेर परम्परागत रुपमा चलिआएको प्रथालाई निरन्तरता दिने कोशीश गरिएको छ ।
हर्ुरा नाँच
मगर समुदायको सबैभन्दा लोकप्रिय कार्यक्रम हर्ुरा नाँच हो जुन मगर समुदायका मानिसले मात्रै नाच्छन् । यो नाँच परम्परा देखि नाच्दै आइएको हो । बिषेश गरेर तिहारको बेलामा नाच्ने गरिन्छ । तर तिहार भन्दा अन्य समयमा पनि बिषेश चार्डपर्व वा संस्कारहरुमा पनि हर्ुरा नाच्ने गरिन्छ । हर्ुरा नाचमा महिला र पुरुष हात समातेर गीतबाटै दोहोरी र जुहारी हुन्छ । केटा मानिसहरुले प्रश्न गर्छन र महिलाहरुले जवाफ दिन्छन् भने फेरी महिलाहरुले प्रश्न गर्छन अनि पुरुषहरुले जवाफ दिन्छन् । कहिले काही यसरी हर्ुरा नाच्दा नाता सम्वररनध नपर्ने वा बिवाह गर्दा बाधा नपर्नेहरुले एक अर्कालाई मनपराएर मायाप्रीति गास्छन् । त्यहीबाट भागि बिवाह पनि गर्छन् ।
हर्ुरा नाँचलाई निरन्तर १६ बर्षसम्म नेतृत्व गर्ने नाम्जेका ६९ बषर्ीय जगत बा. मगर अहिले पश्चिमा तथा हिन्दी गीतको प्रभावले मगर समुदायकेा हर्ुरा नाँच संकटमा परेको बतउँछन् । उनका अनुसार पहिला पहिला हर्ुरा नाच्न गाउँ भरिका मानिसहरु जम्मा हुन्थे भने अहिले बल्लतल्ल १०, २० जना भेला हुन्छन् । आफ्नो त उमेर ढल्किदै गयो युवा पुस्तालाई यसलाई जोगाउन सक्दैनन् होला, उनी चिन्ता ब्यक्त गर्छन् ।
हर्ुरा नाच्ने परम्परा दर्ुइ सय बर्षभन्दा पहिलादेखि संखुवासभा जिल्लाको मुढे शनिश्चने भन्ने स्थानबाट सुरु भएको हो भन्ने बुढा पाकाहरुको भनाई छ । नाम्जेमा पनि केही मगर परिवारहरु मुढेशनिश्चरेबाट बर्साई सरेर आएका र उनीहरुले नै हर्ुरा नाच्न सुरु गरेको यहाका बुढा पाकाहरुको भनाई छ ।
मारुनी नाँच
मगर समुदायमा अर्काे महत्वपर्ूण्ा पर्व र परम्पराको रुपमा रहेको संस्कार हो मारुनी नाँच । यो नाँच नाच्नका लागि धामी झाँक्रीहरुले मारुनी ड्रेस लगाएर, नयाँ अन्न चढाँउदै बिगतमा गरिएका भाकल पुरा गर्नका लागि नाँच्ने गर्दछन् । मारुनी नाँच्दा आगनको पल्लो छेउममा देउताको थान तयार गरिन्छ, त्यसमा
खानेपानी र जीवन
भारतीय मुलका अमेरिकी नागरिक राजीब गायलले नाम्जेको जनताको खानेपानीको दुखः देखेर पिसकोरको स्यंसेवक भएर आउँदा करीब १ किमी तल खोल्साबाट पम्पले पानी तानेर १ सय ६० वटा धारा निर्माण गरिदिएका छन् । हाल सम्म त्यो पानीले नाम्जे बासीको तर्ीखा मेर्टाई रहेको छ तर परमप ब्रि्रीएर पानी नआएमा तुरुन्त नजिकैबाट खानेपानी आपर्ूर्ती गर्ने सम्भावना भने छैन । स्थानीय उत्तरकुमार र्राईको भनाई छ ।
शैक्षिक अवस्था
यहाका युवा पुस्ता शिक्षा र क्षमता बिकाश भन्दा पनि बैदेशिक रोजगार प्रति आकषर्ीत भएका छन् । स्थानीयको भनाईमा युवा पुस्ता सबै साक्षर र वुढापाका सबै निरक्षर छन् । तर शिक्षित को प्रतिशत एक भन्दा तलको अवस्थामा रहेको बुझिन्छ । यहा अहिले पनि मा.बि.स्वीकृत भएको छैन तर कक्षा १२ सम्मको पर्ढाई भने उच्च मा.बि. मार्फ चलाई रहेको छ समुदायले ।
बर्साई सर्राई
बर्साई सर्राईको रेसियो कम छ, किनकी यहा आम्दानीको प्रशस्त श्रोतहरु छन् । तुरुन्त आम्दानी गर्ने सक्ने नगदेबाली तथा फलफूल र तरकारीको उत्पादनले मानिसले सानो जमिनलाई पनि सदुपयोग गरेर प्रशस्त आम्दानी गर्न सक्दछन् । त्यही कारणल पनि नाम्जेका मानिसहरु त्याहाको सुन्दर बस्ती छोडेर अन्यत्र बर्साई सरेर जान मनपराउँदैनन् । बरु त्याहा भोजपुर तथा संखुवासभाबाट मधेसमा बर्साई सरेर हिडेका मानिसहरु त्यही बस्ने गरेको भने पाइएकोछ । शितल हावा पानी सुधा मगरहरुको आत्मीय ब्यवहार र सरल स्वभाव जो कोहीलाई तान्ने मोहक तत्वको रुपमा रहेकोले पनि नाम्जेमा मानिसहरुको ओईरो नै लाग्ने गरेकोछ । अहिले बिश्वका उत्कृष्ट गन्तब्यमा पर्न सफल भएपछि नाम्जेमा धरान, इटहरी, बिराटनगर, दमक, पथरी लगाएतका क्षेत्रबाट आएर जग्गा किन्नेहरुको भीड बढ्न थालेकोछ ।
कृषि प्रणाली
नाम्जको कृषि प्रणाली अहिले पनि अधिकांश परम्परागत नै छ । याहाका अधिकांश मानिसह फापर, कोदो, मकै, जस्ता अन्न र आलु, केराउ, कोपि, काउली, टमाटर, हरियो साग, स्कूश, करेला जस्ता तरकारीहरुको खेती गर्दछन् । तर केही किसानहरुले यसमा बेमौसमि तरकारी खेती पनि सुर गरेका छन् । यसका अलावा फलफूलमा कागती, सुन्तला, नास्पाती, अम्बक, लागयतको प्रसस्त उत्पादन हुने गदृछ
आज भन्दा करीब ५ बर्षअघि भन्दा अगाडिको समयमा याहाका मानिसहरुलाई थाहा नभएको कारण रार्साईनिक मलहालेर तरकारी खेती गर्ने चलन थियो तर पछि उनीहरुले रासायनिक मलको असरको बारेमा जानकारी पाएपछि अहिले भेडेटार गाबिस भरि नै बिगत ५ बर्षदेखि अर्ग्यानिक तरकारी खेती सूरु गरेका छन् । यदि कसैले तरकारी तथा अन्नको खेतीमा रासाइनिक मल प्रयोग गरेको पाइएमा त्यस्तो ब्यक्ति तथा परिवारलाई पाँचसय रुपिया जरिवाना गर्ने सामाजिक नियम बनाइएकोछ तर त्यो नियम बनाइएपछि अहिले सम्म कसैले पनि रासाइनिक मलको प्रयोग गरेर जरिमाना तिर्नु परेको छैन । नाम्जे बासीहरु भन्छन् हामी आफ्नो स्वास्थ्य सँगै अरुको स्वास्थ्यको बारेमा पनि सचेत छौ । अर्ग्यानिक तरकारी फलाएर सस्तो मूल्यमा उपलब्ध गराउँदै समाज प्रतिको दायित्व पनि निर्वाह गरेको उनीहरुको तर्क छ । अहिले स्थानीय युवा हरि मगरको नेतृत्वमा अर्ग्यानिक तरकारी उत्पादनको अभियन नै थालिएको छ । र यसलाइ संस्थागत गर्दे पनि लगिएकोछ ।
सम्भावना
भेडेटार धनकुटा जाने बाटैमा पर्ने उत्कृष्ट स्थान, चार्ल्स प्वाईन्ट, लगायतको कारणले चर्चामा छ । र त्याहा केही होटल तथा लजहरुको समेत सुविधाले गर्दा मानिसहरुको बिषेश गरि गर्मी मौसममा चिसो खान तथा चिसो मौसममा पिकनिक खान ।
संस्कृतिको लोपोन्मुख अवस्था
म्ागर समुदायको मुख्य संस्कृति भनेको हर्ुरा नाँच नै हो । यो मगर बाहेकको अरु कुनै पनि समुदायले नाच्दैनन् । तर आधुनिकतासँगै हर्ुरा नाच संकटमा पर्न थालेको छ । युवा पुस्ताका मानिसहरु नेपाली र हिन्दी गीतमा कम्मर कर्माउन थाले पछि हर्ुरानाँच संकटमा परेको स्थानीय फूलमाया मगरको कथन छ । मोबाईलमै गीत सुन्ने, टेलिभिजनबाट नेपाली तथा हिन्दी गीत सुन्ने र गुनगुनाउने अनि युवा पुस्ता बैदेशिक रोजगारिमा जाँदा लामो समयपछि फर्कीएर आउँदा आफ्नो संस्कृति नै बिर्सर्ीी प्रचलनले हर्ुरा नाँच संकटमा परेको पर्ूव गाबिस अध्यक्षको भनाई छ ।
समस्या
नाम्जेमा शिक्षाको उचित ब्यवस्थापन हुन सकेको छैन । ग्रामिण जनता उच्चमा बिमा एसएलसी गरेपछि आफूले इच्छाएको बिषय पढ्न टाढा जानु पर्नर्े हुन्छ । खानेपानीको समस्या नै छ सबै ठाउँमा खानेपानी गुग्न सकेकोछैन । यदि त्याहा बितरित खानेपानी आएन भने २ घण्टा पैदल दुरीबाट पानी ल्याएर खानु पर्ने बाध्यता छ ।
स्थानीय स्तरमा उत्पादित कृषि उपजले उचित बजार पाउन सकेको छैन । बिचौलियाहरुको कारण किसानले अर्ग्यानिक रुपमा उत्पादन गरेको तरकारी पनि सस्तो मूल्यमा बेच्न बाध्यछन् ।
नाम्जेको अर्काे समस्या भनेको भविश्यका लागि बिकाश हुनु पर्ने नेतृतवदायि युवा पुस्ताको हो । यहाका प्राय जसो युवाहरु सामाजिक दायित्व र नतृत्वका लागि अघि नर्सने बरु पैसा कमाउनका लागि खाडि मूलुक तिर जाने परमपरा जस्तै भएकोछ ।
युवा पुस्ता बिदेशिए पछि समाजमा बहु बिवाह र पारिवारिक बिखण्डन बढेको छ । बिवाह गनृे बित्तिकै श्रीमान बिदेश जाने र श्रीमति अर्कै सँग देास्रो बिवाह गर्ने समस्या बढी रहेकोछ । यसले पारिवारिक बिखण्डन, सामाजिक बिचलनका साथै भविश्यमा सडक बालबालिका समेत बढ्ने संकेत देखिन्छ यसबाट सामाजिक अपराधको बृद्धि हुने निश्चित छ।
युवा बिदेशिए पछि समाजमा बिकाश निर्माणका काम, श्रमदान गर्नमा समेत समस्या पर्न थालेकोछ । श्रम खर्च गर्नकालागि सबै भन्दा शक्तिशाली र बढी समय सम्म निरन्तर खट्दे युवाहरुको अभाव समुदायले महशुश गर्न थालेकोछ ।
मगर समुदायमा नशा अर्थात जाँड रक्सिको अधिक प्रयोग गर्ने बानी परेकोछ । उनीहरुको सबै चाड पर्वमा जाँड रक्सि नभई नहुने कुरा हो। त्याहाका प्रत्येक परिवारले आफ्नो कुल पुजा गर्दा, धामी झाक्री राख्दा, न्वारन अथवा अरु कुनै संस्कार गर्दा जाँड तथा रक्सि चढाउने प्रचलन छ । समुदायमा रक्सि खाने परम्परागत प्रचलन कायमै छ । पाहुनाले आउँदा ल्याएको सबै रक्सि खाएर सिध्याउनु पर्छ भन्ने मान्यताले पनि रक्सि खाने परम्परालाई निरन्तरता दिएकोछ । बिवाह संस्कारको बेलमा एक दिनमा सकिने बिवाहलाई दर्ुइ तीन दिन सम्म लम्ब्याएर जाड रक्सि खादै बस्ने, अरु सामान्य अवस्थामा पनि जाँड रक्सिको बढी प्रयोग गर्ने कारणले एकातिर आर्थीक भार बढ्दै जाने र अर्कातिर शारीरिक रुपमा पनि कमजोर बन्ने गरेको पाइएकोछ । यो अहिले संस्कारको अलावा समस्याको रुपमा पनि बिकसित हुदै गइरहेकोमा त्याहाका बुढा पाकाहरु चिन्ता ब्यक्त गर्न थालेका छन् ।


