Friday, March 19, 2010

योग विनाको लैङ्गिक समानताको १ान किताबमा रहेको कोरा विद्या सरह मात्र हुन्५

र्सुन्दर नगरी धरानमा जन्मनु भएकी सरु जोसी महिला अधिकारको क्षेत्रमा लामो संघर्ष गर्दै हाल संयुक्त राष्ट्रसंघ महिला बिकाश कोष (युनिफेम) मा पुग्नु भएको छ । दक्षिण एसियाका आठवटादेश र इरान समेत ९ वटादेशमा सुरक्षित आप्रवास सम्वन्धि कार्यक्रम हेर्नु हुन्छ र त्यो कार्यक्रमको प्रमुख पनि हुनु हुन्छ । तिनै कर्मठ महिला सरुजोसीसँग महिला अधिकारको सवालमा केन्द्रित रहेर हाम्रो नयाँ संसारले गरेको कुराकानी
 श्रीमान् के गर्नु हुन्छ ?– नेपाली सेनामा कार्यरत कसरी सामाजिक क्षेत्रमा लाग्नु भयो ? – घर–परिवार समाज अनि राष्ट्रमा भएको महिला सम्बन्धि विभिन्न मुद्दाप्रति सरोकार भएर महिला र विकास विषयमा स्नात्तकोत्तर अध्ययन तथा महिलाका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रयोग गर्ने अवसरले मैंले यस विषयमा काम गर्ने निर्णय गरेकी छु ।  युनिफेमसम्म कसरी आइपुग्नुभयो ?– पहिले समाज कल्याण परिषद्मा, महिला मन्त्रालय र युएनडिपीमा महिलाका विषयमा काम पनि गरे । विभिन्न परियोजनामा यात्रा गर्दै विगत करिब ६ वर्षदेखि हाल युनिफेममा कार्य गरिरहेकी छु ।  तपाईंले संघर्ष गर्नुपरेको क्षण ? – लैङ्गिक समानताको विषय पारिवारिक शक्ति सम्बन्धसँग सम्बन्धित छ । यस विषयमा काम गर्न, बोल्न, तालिम दिन विषयवस्तुको गहन अध्ययन र हाम्रो नेपालको वस्तुस्थितिसँग मिल्ने, सुहाउँदो बनाउँदै काम गर्नु पर्ने भएकाले यो कार्य असाध्यै चुनौतिपुर्ण, संघर्षपूर्ण लाग्छ मलाई । कतिपय अवसरमा मानिसका आफ्ना बुझाई आफ्नो अवस्था बमोजिम मानिसले लैङ्गिक समानताका मुद्दालाई हल्कासंग हेर्ने कसैले आक्रमक भएर प्रस्तुत हुँदाको क्षणहरुको पनि अनभव गर्नु परेको सम्झना छ मलाई । कतिपय क्षणमा लैङ्गिक समानताका विश्वव्यापी मान्यताको वकालत गर्दै हिंड्दा घरपरिवार, समाज कार्यस्थलमा पितृसत्तात्मक मुल्य मान्यताको अभ्यासलाई अनुभव गर्नुपर्ने क्षणहरु पनि आउँछन् यस्तो परिस्थितिमा लैङ्गिक समानताका सैद्धान्तिक पक्ष र वर्तमान परिस्थिति बीच तालमेल गराउन गाह्रो पनि परेको थियो । तर मलाई के गर्व लाग्छ भने मैंले लैङ्गिक समानताको अध्ययन वा दर्शनलाई कार्य स्थानमा मात्र सीमित नराखी यसलाई व्यवहारमा प्रयोग पनि गरेकी छु किनभने प्रयोग विनाको लैङ्गिक समानताको ज्ञान किताबमा रहेको कोरा विद्या सरह मात्र हुन्छ जस्तो मलाई लाग्छ ।  युनिफेमले के के गर्दछ ?– युनिफेम संयुक्त राष्ट्रसंघीय महिला विकास कोष हो ।यसले विश्वभरि विभिन्न १५ क्षेत्रिय कार्यालय मार्फत् कार्य गर्दछ । नेपालको कार्य भारत स्थित दक्षिण एसियाली कार्यालय मार्फतर्् भइरहेको छ । यसको प्रमुख श्री चाँदनी जोशी पनि नेपाली महिला हुनुहुन्छ । यो सस्था महिलाको सर्वाङ्गीण सशक्तिकरणका लागि कार्यरत छ । हामी अहिले लैङ्गिक उत्तरदायी बजेट, महिला विरुद्ध हुने हिंसा, महिला सम्बन्धी ऐन, कानुन तथा नीति, संविधान सभा, नीति निर्माणमा महिला सहभागिता, सुरक्षित वैदेशिक रोजगार, गृह श्रमिक, चेलिबेटी बेचविखन तथा ओसार पसार नियन्त्रण आदि विषयमा कार्य गरिरहेको छ ।  युनिफेममा तपाईंको जिम्मेवारी ?– मैंले विशेष रुपमा सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा कार्य गरिरहेकी छु । वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षाका लागि युनिफेमले एसिया प्रशान्त तथा अरब राज्य क्षेत्रिय कार्यक्रम संचालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने महिलाका विषय राष्ट्रिय एजेण्डामा प्रवेश गराई उनीहरुका लागि आवश्यक कानुन, कार्यक्रम, बजेट र न्यायमा पहुँच गराउन मैंले सहजकर्ताको भूमिका निर्वाह गरिरहेकी छु । नेपालमा महिलालाई हेर्ने दृष्टिकोणमा विगत र वर्तमानमा के फरक पाउनु भएको छ ?सकारात्मक परिवर्तन देखिएका छन् । महिलाका विषयमा बहस चलेका छन्, विभेदपूर्ण कानुनहरुमा कार्य भइरहेको छ । संघसंस्था तथा संचार माध्यमहरुले पनि ठूलो अभियान चलाएका छन् । राजनैतिक प्रतिवद्धता पनि देखिएका छन् । तर यसले धेरै हदसम्म अवसरमा समानता ल्याउन योगदान पु¥याएको छ र परिणाममा समानता ल्याउने चुनौति भने अझै छ । अर्थात् औपचारिक समानतामा सकारात्मक परिवर्तनहरु भएपनि व्यवहारिक समानतामा परिवर्तन गर्ने कार्य अझ बाँकी छ ।  त्यसको देन के होला ? वा कसले गर्दा परिवर्तन भएको होला महिलाको अवस्थामा ।यो परिवर्तन समयले पनि ल्याएको छ । विश्वव्यापीकरणको प्रभाव पनि रहेको छ । मुख्यरुपमा भन्नुपर्दा अधिकार दाबी गर्ने समूह सचेत भएर पनि यस्तो सकारात्मक परिवर्तन आएको हो । यसमा संचार, महिला समूह तथा दातृ संस्थाको योगदानलाई पनि यहाँ कदर गर्नुपर्दछ ।  महिला हिंसाको अवस्था नेपालमा कस्तो छ ?– महिला हिंसा भनेको शारीरिक, मानसिक, सामाजिक, आर्थिक सबै हुन्छ । यसमा भने जस्तो जागरुकता आइसकेको छैन तर पनि केटी बेच्नु, श्रीमति पिट्नु, काम गर्ने स्थलमा हुने यौन दुव्र्यवहार, गाली बेइजत, बलात्कार आदि निजी विषय होइनन् यी महिला विरुद्ध हुने हिंसा हुन् भन्ने सचेतना आउन थालेको छ । यो विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु पर्दछ सहनु हुदैन भन्ने जागरुकता पनि आउन थालेको छ तर यस्तो संवेदनशील विषयमा कार्य गर्ने नीति वा सेवा संयन्त्र पूर्वाधार अझै तयार गर्नु बाँकी नै छ । यसमा मानसिक हिंसा अदृष्य हुनाले यस विषयमा कार्य गर्नु अझै चुनौती भएको छ । वैदेशिक रोजगारमा महिलाको अवस्था कस्तो छ ?– वैदेशिक रोजगारीमा नेपाली महिला पनि जान थालेका छन् । तर महिलाले पाउनुपर्ने नीतिगत तथा सेवा संयन्त्रको सहयोग यथेष्ट रुपमा पाउन सकेका छैनन । नयाँ नेपालको बहस चलिरहेको बेला एयरपोर्टसम्म महिलाको पहुँच हुन नसकेकाले उनीहरु व्यक्ति मार्फत् भारतको बाटो भई विदेश जाने जोखिम लिई रहेका छन् । तरै पनि महिलाले घर परिवार र राष्ट्रलाई रेमिटेन्स मार्फत् गरिबी निवारण गर्न ठूलो योगदान पु¥याएका छन् ।  विगतमा र अहिले वैदेशिक रोजगारीमा जाने महिलाको परम्परामा कस्तो परिवर्तन आएको छ ?– महिलाहरु एकजुट भएर आफ्नो हक अधिकारका लागि आवाज उठाउन थालेका छन् , सकारात्मक वातावरण भने बनिरहेको छ । न्यायिक विषयमा पनि आफ्ना मुद्दाहरु उठाउन थालेका छन् । यी महिला परिवर्तनका लागि आफै कम्मर कसी अघि बढी रहेका छन् । यिनीहरु घर, समाज, राष्ट्र र अन्तरराष्ट्र क्षेत्रमा महिलाका हक अधिकारका विषयमा आवाज उठाइरहेका छन् । देशलाई श्रम सानो ठूलो हुँदैन सबै श्रमिक समान हुनुपर्दछ भनी सिकाइ रहेका छन् । लैङ्गिक आधारमा भेदभाव हुनुहुुँदैन भन्ने माग गर्न थालेका छन् । सुरक्षित वैदेशिक रोजगारीका लागि महिलाहरुले के गर्नु पर्ला ?– महिलाहरु विदेश जानु अघि, विदेशमा कार्य गर्दा, फर्केपछि के गर्ने भन्ने विषयमा पुरुषभन्दा बढी सर्तकता लिन, योजना बनाउनु, तालिम लिएर मात्र जानुपर्छ । विदेश जानु भन्दा स्वदेशमा नै अवसर खोज्नु र जाने भए क्रण कसरी लिने, कुन संस्थाबाट जाने, विदेशमा के खतरा आउन सक्छ , को सँग सहायता माग्ने, कमाएको रकम कहाँ लगानी गर्ने, विदेश कतिपल्ट जाने, आफ्नो अनुपस्थितिमा घर परिवारमा के कस्ता जोखिम आउन सक्छ सबै विस्तृत छलफल गरेर योजना बनाएर मात्र जानु ठीक हुन्छ । के नेपाली महिलाको अवस्था परिवर्तन गर्न वैदेशिक रोजगारीले सघाएको छ ? कसरी ?– सकारात्मक परिवर्तनको कुरा गर्र्नु पर्दा देशभित्रै नपत्याइएका महिलाले विदेशमा कार्य गरेर सफलताका कथा बोकेका उदाहरणले महिलाको आकाशलाई बृहत बनाएको छ । विभेदपूर्ण कानुनी अवस्था रहँदा पनि २००४ मा कुल रेमिटेन्सका ११ प्रतिशत दाता महिला देखिएकोले यी महिलाहरु आर्थिक योध्दा रहेछन्, गरिबी निवारणकर्ता रहेछन् भन्ने सावित भएको छ । संक्षेपमा यी महिलाले नेपालको महिला आन्दोलनलाई थप उर्जा प्रदान गरेको छ ।  महिलालाई भरखर ३३ प्रतिशत सहभागिताको कुरा उठ्दै छ यो कहिले ५० पुग्ला अनि ३३ प्रतिशत कहिले लागु होला ? महिलाको अधिकार सुनिश्चित गर्न हरेक महिलाको दायित्व के हुन्छ ?– वास्तवमा ५१ प्रतिशत जनसंख्याले ३३ प्रतिशत सहभागिताका लागि ठूलो आवाज उठाएर यो सहमति पाएका छन् । ३३ प्रतिशत भनेको अल्पकालिन माग हो तर यसको कार्यान्वयनका लागि पनि ठूलो दृढ इच्छा शक्ति चाहिन्छ । राजनैतिक दलले संसदमा सहमति जनाए पनि व्यवहारमा यसको रुपान्तरण गराउन ठूलो चुनौति रहेको छ । महिलाहरु अब राजनैतिक दलको कार्यकर्ता मात्र नभएर नेतृत्व पंक्तिमा आउनु जरुरी छ । यसका लागि प्रभावकारी रुपमा बोल्न, विभिन्न निकायसंग सम्बन्ध स्थापित गर्न, आफ्ना मुद्दाको वकालत गर्न, महिलालाई थप सीपको पनि आवश्यकता पर्न सक्छ । महिलाले थप हिम्मत गर्न‘ु पर्छ किनभने उनीहरु बुथ क्याप्चर, रकमको कारोबार गर्ने प्रति विश्वास नगर्ने हुनाले आफ्नो कामको आधारमा जनताको मन जित्न सक्नुपर्दछ । यसका लागि यी महिलालाई तपाईं हामी सबैको ठूलो सहयोग चाहिन्छ जस्तो लाग्छ । यी सरोकारप्रति युनिफेम तदारुकताका साथ कार्य गरिरहेको छ ।
न कम न ज्यादा हामीलाई चाहियो आधा आधाूर्वको दुर्गम पाँचथर जिल्लाको सुभाङ्ग गाबिसमा जन्मिएर अहिले राजधानी काठमाण्डौमा स्थापना भएको महिला तथा बालबालिका बिरुद्धका सबै खाले ह्रिंसा बिरुद्ध कार्यरत संस्था सम्म पुगेर महिला बालबालिकाहरुको हितमा काम गर्दै आउनु भएकी महिला अधिकार कर्मी कमला उप्रेती नेपाली महिलाको प्रतिनिधित्व हो । उनले महिला हिंसा बिरुद्धका कार्यक्रममा अष्ट्रेलिया, इटली, जर्मनी लगायतका देशहरुमा समेत पुगेर नेपाली महिलाको प्रतिनिधित्व गरिसक्नु भएको छ । प्रस्तुत छ नयाँ संसारले छोटो भेटमा उनीसँग गरेको कुराकानीको अंश ।.तपाइको नाम के हो ? कमला उपे्रती कहाँ बस्नु हुन्छ ? हाल कमलपोखरी काठमाण्डौं ।कहा जन्मि हुर्कनु भएको ? जन्मस्थान पांचथर जिल्ला सुभांड. ४ मेची अञ्चल । श्रीमानको नाम के हो र के गर्न‘ु हुन्छ? श्रीमान देवेन्द्र पराजुली, सामाजिक सेवामा कार्यरत ।के ले गर्दा सामाजिक क्षेत्रमा प्रवेस गर्न‘ु भयो ? सानै हँुदादेखि घर परिवारमा, गाउँ छिमेक देखि राष्ट्रमा भएका महिला पुरुष बीचका भेदभावपूर्ण व्यावहार, पक्षपाती व्यावहार, समाजले हेर्ने दृष्टिकोण, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक विविध क्षेत्रका असमानता देखेर, भोगेर पनि यो समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने भित्रैदेिख लागेर समतामुलक समाज निर्माण गर्न, अन्धविश्वास कुरीति चिर्र्नु पर्ने आवश्यकताको महशुस भएर सामाजिक क्षेत्रमा लागें र समाजशास्त्रमा एम.ए. पनि गरें । यसले पनि मेरो सामाजिक कार्यमा थप सहयोग पुगेको छ ।तपाई सम्लग्न भएको संस्था, महिला आधारशिलाले के गर्छ ? म संलग्न भएको संस्थाले महिला र वालबालिकाको क्षेत्रमा काम गर्छ । महिलाहरुको जिवनस्तर उठाउने, आत्मनिर्भरता भएर आपनो खुट्टामा उभिन सक्ने सवल बन्न सहयोग गर्छ । साथै महिलाहरु निर्णायक ठाउँमा कसरी पुग्ने, नेतृत्व तहमा कसरी महिलालाई पुरयाउने भन्ने बिषयमा निरन्तर काम गर्छ । त्यस्तै अवसर विहिन वालवालिकाहरुलाई शिक्षा, पालनपोषण, वालगृहहरुमा बस्ने व्याबस्था, स्कूल पठाउने, गाँसबास र कपासको व्यावस्था गरी राष्ट्रको सफल नागरिक बन्न सहयोग पुरयाउछ भने मानव अधिकारका क्षेत्रमा काम गर्छ । महिलाहरुलाई आकस्मिक सहयोग देखि कानुनी सहयोग आय आर्जनका काम क्षेत्रमा काम गर्छ । अग्र्यानिक खेती, बिभिन्न प्रकारका तालिम कार्यक्रमहरु, संचालन गर्दै आएको छ । समस्या ग्रस्त महिलाहरुको आशाको केन्द्र बनेको छ यो संस्था महिला आधारशिला । यो संस्था अन्तरगतका महिलाहरुले दर्ता गरेको उद्योगले ढाका, पस्मिना,सिल्क जस्ता कपडारुको उत्पादन गर्छ र त्यसबाट आएको नाफा महिला बालबालिकाहरुको हितमा नै लगाईने गरेको छ । ।पस्मिना, सिल्कको उत्पादनको क्रममा तान बुन्ने, डाईड. गर्ने, फुर्का बाट्ने, आइरनगर्ने देखि लिएर उक्त कपडाहरु बजारसम्म परयाउने काममा सबै महिलाहरु नै छन् जसले गर्दा उनीहरुको आत्मनिर्भरता बढ्नुका साथै स्वभलम्वी पनि बनेका छन ।तपाईको संघर्षको क्षण ?सर्वप्रथम त आफूले शिक्षा हासिल गर्ने सिलसिलामा पनि संघर्षनै गर्नु परयो । मुख्यत सामाजिक क्षेत्रमा महिलाहरुका समस्या समाधान गर्ने क्रममा पिडितहरुको समस्यालाई लिएर ठूलै संघर्ष गर्नु पर्यो । कतिपय केशहरुमा त ज्यानै लिने खाले चुनौति र धम्कीहरुको पनि सामना गर्नुपर्यो । यसरी सामाजिक परिवर्तन गर्नु पर्ने सिलसिलामा वर्तमान महिलाका अवस्था र असमान कानुनको कारण समतामुलक समाजको लागि हिड्दा धार्मिक, सामाजिक, राजनैतिक तथा आर्थिक परिवर्तनमा धेरै ठूला संघर्ष गर्नु पर्यो जस्तै महिलाका समस्यालाई लिएर पुलिस प्रशासनमा गयो, परम्परा त्यहि हो पुलीसले पुरुष(लोग्ने) ले गरेका दुरव्यावहारको बारेमा कुरा गर्दा उल्टो धम्काउने, पीडितहरुले उचित न्याय नपाउदा त्यसको लागि गर्नुपर्ने संघर्ष अति गाह्रो हुन्छ । जसले बदमासी गर्छ त्यसले धन र शक्तिका आडमा रहेर गरेको हुन्छ । जहां धन बोल्छ त्यहां सत्य चुप लाग्छ । यो कारण पनि समस्या समाधान गराउने दौरानमा ठूलो संघर्ष गर्नु पर्यो । त्यतिमात्र नभइ महिलाहरु र वालिकाहरुलाई इमर्जेन्सि रेस्क्यु गर्ने क्रममा नेपालमा फितलो कानुन भएको कारण घरेलु हिंसाको कानुन नभएर त अति नै ठूलो संघर्ष भोग्नु परेको छ । समानताका लागि काम गर्ने संस्था भएकै कारण पनि ठूला, ठूला संघर्षहरु गर्नु परेको छ ।पहिले र अहिलेमा नेपाली महिलाको स्थितिमा सुधार आएको हो ?नेपाली महिलाको अवस्था तुलनात्मक हिसाबले हेर्ने हो भने एउटा सधै दौडने धावक र एउटा २० बर्ष जेलमा बसेको मानिसलाई संगै राखेर दौड प्रतियोगिता गर्दा कस्तो होला? समाजमा महिला र पुरुषको अवस्था ठिक त्यस्तै छ । जस्तै महिला सधियौं देखि पछाडी छन, धार्मिक, सामाजिक साथै आर्थिक कारण, परम्परावादी सोंच, खराव चिन्तनका सांङ्गलोले बाँधिएको छ । थोरै मात्र महिला शिक्षित र चेतनशिल छन । सिंगो धर्तीको आधा भाग, आधा आकाश ढाकेका महिलाहरु सधैं पछाडी छन्, एउटा रथका दुई पांग्राको रुपमा नारी पुरुषलाई हेरिने यो समाजमा रथको एक पांग्रा कमजोर छ । त्यसकारण समाजरुपी गाडीलाई हाक्न सकिराखेको अबस्था छैन । यो कारण पनि नेपालमा महिलाको अवस्था ज्यादै पछाडिएको छ । त्यसकारण गैर सरकारी संस्थाहरुले गर्नु‘ पर्ने कामहरु धेरै छन । सामाजिक क्षेत्रमा लाग्नु भएको कति भयो ?सामाजिक क्षेत्रमा लागेको १७ बर्ष भयो । यस महिला आधारशिला सामाजिक संस्थाको म संस्थापक सदस्य हुँ । जम्मा ४५ जना महिलाबाट सुरु भएको यो संस्थामा हाल ११,००० महिला साधारण सदस्य छन् । २६० जना सकृय सदस्यहरु छन् । ८ जिल्लामा शाखाहरु हुनुका साथै १४ जिल्लाहरुमा सम्पर्कं कार्यालय रहेको छ । म अन्य बिभिन्न संघ संस्थाहरुमा पनि आवद्ध रहेर काम गरी रहेकी छु ।नेपालमा मपिहलाको अवस्था बिष्लेषण गर्नुपर्दा नेपालमा वर्गिय हिसाबमा यो बर्ग पछाडी छ । महिला वर्गलाई दोस्रो दर्जाको नागरिकको रुपमा अझै पनि हेरिन्छ । जस्तै समान काम असमान ज्याला, महिलाको कामको मुल्यांकन देखि लिएर नेतृत्वको क्षेत्र सम्म भेदपूर्र्ण अवस्था छ ।नेपालका कमजोर महिलाको उत्थानको लागि के गर्नु पर्ला त ?निम्न वर्गका महिलाहरुलाई माथि उठाउनका लागि गर्नु पर्ने कुरा चांहि जन चेतना, शिक्षा र रोजगार, समान व्यावहार जीवनको मूल आधार जस्तै गांस, वास र कपास को राम्रो प्रबन्ध हुने वातावरण हुनु पर्छ र आर्थिक परिचालन निर्णय गर्ने कार्यमा समान सहभागीता हुनु पर्छ । नेपाली महिलाको बिगत र वर्तमानको अवस्था कस्तो छ ? बिगत भन्दा वर्तमान अवस्थामा निश्चय पनि परिवर्तन भएको छ । हिजो घर दैलोमा सिमित महिला आज सभा, समारोहमा पुगेका छन । महिला शिक्षा, महिला ससक्तिकरणको लहर आएको छ । देशलाई संकट परेका बेला महिलाले आफ्नो बलिदानीदिन पछि परेका छैनन । संकटको कुरा गर्दा महिलाहरुले आफ्नो तर्फबाट र बिद्रोहीको तर्फबाट हतियार उठाउन पछि परेनन् भने कलम चलाउने, लेख रचना देखि लिएर घर घर, गांउ गांउ र शहरमा महिला अधिकारका नारा गुन्जिएका छन् । महिलाहरु शहिद भएका छन् भने महिलाहरुनै निर्णायक ठांउमा समेत पुगेका छन् । यो अर्थमा पनि विगत र वर्तमानमा केहि परिवर्तन भने आएको छ । तर यो एउटा सुरुवात मात्र हो परिवर्तन त ल्याउन नै बांकी छ ।नेपालमा महिला हिंसाको अवस्थालाई कसरी हेर्नु भएको छ ?महिला हिंसाको अवस्था नेपालमा ज्यादै डरलाग्दो रुपमा छ र बड्दो देखिन्छ । बिभिन्न कारणबाट महिलाहरुले हिंसाको शिकार बन्नु परेको छ । जस्तै दाइजोको कारण, यहां पनि गएर आर्थिक कारण जोडिन्छ । घरेलु हिंसा बिरुद्ध नेपालमा कानुन नभएर पनि बिभिन्न बहानामा महिलाहरु माथि शारिरीक हिंसा, मानसिक हिंसा, कुटपिट, श्रमशोषण, आदि हिंसाहरु दिनानुदिन बढेका छन् । यसमा पनि संस्कारका रुपमा बसेका परम्परागत चिन्तन, आर्थिक, शैक्षिक, र देशकै फितलो कानुनको कारण पनि घरेलु हिंसा बढ्दो देखिन्छ ।महिला शिक्षित हुँदैमा समस्या समाधान हुन्छ ? के फरक छ शिक्षित अशिक्षतमा ?शिक्षित महिलाहरुमा कुनैपनि समस्याहरु संग जुध्ने तरिका फरक छ, आंट र साहश अति बढि हुन्छ र राम्रा कामहरुमा समाज परिवर्तनका कुरामा जिम्वेवारीको बोध हुन्छ । बिभिन्न निकायबाट भएका राम्रा नराम्रा कामको मुल्यांकन गरेको देखिन्छ । एउटा घर व्यावस्थापन देखि राज्य व्यावस्थापनको चासो र चिन्तन महसुस हुनका साथै मानवले मानवको ठांउ पाउंनुपर्छ, अन्याय र अत्याचारको निम्ति बिरोध देखि सुधारका कार्यमा आफ्नो उपस्थिति देखाउनको साथै आफू शोषित भएको जानकारीका साथ कृया प्रक्रियामा सरिक भइ सही निर्णय लिन सक्छन शिक्ष्ाित महिलाहरु भने अशिक्षित महिलाहरुमा चेतना र भावना हुंदाहुंदैपनि व्यक्त गर्न नसक्ने, आत्मविश्वास नहुने, कहां गएर के कुरा गर्नु पर्छ भन्ने बारेमा थाहा नहुने, साना मसिना कुराहरुमा पनि समाधानको उपाय नपाउने, चाडै आत्तिने, निराशावादी हुंने, आफ्नो अधिकार क्षेत्रको बोध भएर पनि कार्यान्वयन पक्षमा पहल गर्न नसक्नु, परम्परावादी चिन्तनलाई परिवर्तन गर्न कठिन हुनु, अन्तराष्ट्रिय जगतको बारे जानकारी नहुनु जस्ता कुराहरुले गर्दा शिक्षित र अशिक्षित महिलाहरुको बीचमा फरक देखिन्छ ।हिजो र आजको महिला नेतृत्वमा के फरक छ ? बिगतमा भन्दा अहिले महिला नेतृत्वमा केही परिवर्तन निश्चितै आएको छ । समयको पनि कुरा छ । मुलुकमा निकै ठूलो परिवर्तन आएको छ । हिजो चुलो र चौकोमा बस्ने महिला आज महिला मुक्तिका लागि लागिपरेका छन् । महिलाहरुको घर र समाज परिवर्तनका साथै देश काल र सत्ता परिवर्तनमा उल्लेखनिय भूमिका रहेको छ । यसकारण महिला नेतृत्व परिवर्तन स्वभावैले हिजो भन्दा आज देखिन्छ तर यति मात्र पर्याप्त छैन, सकारात्मक सुरुवात भने भएको छ ।महिलाहिंसाका घटनामा महिलाकै बढी हात छ पनि भनिन्छ नि ?महिला हिंसाका कतिपय घटनामा महिलानै दोषी छ भन्नुमा चेतनाको अभाव हो, पुरुष प्रधान समाजको प्रतिफल हो उही पुरानै सोच, चिन्तन हो, हिजोको संस्कारलाई कुल्चन नसक्नु वा मेटाउन नसक्नु हो जस्ता मलाई लाग्छ ।गैरसरकारी संस्थाले महिला शसक्तिकरणमा के चाँहिं उल्लेख्य काम गरे ?गैरसरकारी संस्थाहरुले जनचेतनाका कामहरु गरेकाछन् । शसक्तीकरणको लागि कामहरु गरेका छन् । आर्थिक रुपमा सवल बन्नलाई सहयोग भएको छ । गाउँ गाउँमा एक प्रकारको जनलहर ल्याएका छन् । आफ्ना अधिकारका लागि भने रोजगारीमुलक कामहरु समेत गरेका छन्। महिलाको स्थिति माथि उकास्न अब राज्य र गैससले के गर्नु पर्छ ?महिलाको स्थिति माथि उकास्नको लागि राज्यले अव धेरै कामहरु गर्नु पर्ने हुन्छ । सर्वप्रथम त समान कानुन सम्पूर्ण क्षेत्रमा ल्याउनु पर्छ । जन्मका आधारमा भेदभाव गर्नु भएन, छोरा र छोरीलाई समान आँखाले हेरीनु पर्छ । भेदभावपूर्ण कानुनलाई हटाउनु पर्यो । सम्पूर्ण क्षेत्रमा महिलाको समान प्रतिनिधित्व गराउनु पर्छ । महिलाहरुलाई कुनैपनि अवसरमा पहिलो प्राथमिकतामा पार्नु पर्छ । अवसरका क्षेत्रमा पनि कन्जुस्याई गर्नु हुँदैन, कार्यान्वयन पक्षमा पूर्ण ध्यान दिनु पर्छ । नेपाली महिलाको अवस्था माथि उठाउन अब के गर्नु पर्ला ?महिलाहरुको अवस्था माथि उठाउनका लागि राज्यले पहिलो दायित्व सम्झिनु पर्छ । यो काम भनेको राज्यको दायित्व हो र राष्ट्र बनाउनमा राम्रो नीति नियमको खांचो छ । गैरसरकारी संस्थाहरुले राज्यले नभ्याएका ठांउहरुमा राज्यलाई सहयोग गरेको भएर असल व्यावस्थापन र कार्यान्वयन भयो भने गैससहरुले आफ्नो कार्यक्षेत्र पनि आवश्यकताको आधारमा परिवर्तन गर्नु‘पर्ने हुन्छ जस्तो लाग्छ ।महिलालाई भरखर ३३ प्रतिशतको कुरा आउँदै छ कहिलो यो कार्यान्वयन होला र कहिले ५० प्रतिशत पग्ला ?महिलालाई ३३ प्रतिशत भन्नेमा मेरो सहमति छैन । जम्मा यस धर्तीको आधा भाग ओगटेका महिला मौका पाए महिलाले जे पनि गर्न सक्छन । यसको उदाहरण त विगतका जनआन्दोलनले देखाई सकेको छ, त्यसकारण हाम्रो संस्थाको र मेरो व्याक्तिगत भनाई र चाहाना ५० प्रतिशत नै हुनुपर्छ । जनसंख्याको आधारमा हेर्ने हो भने त ५० प्रतिशत पनि कम हुन्छ । हामी भन्छौ ः न कम न ज्यादा, हामीलाई चाहियो आधा आधा । महिलाहरुले समान रुपमा मौका पाए ५० प्रतिशत नै हुनुपर्छ तर निर्णायक ठाउँमा पुरुषहरुको नै बाहुल्यता र नियम कानुन बनाउने ठांउमा पनि पुरुषहरु नै भएका कारण साथै पुरानै सोच र चिन्तनका कारण ५० प्रतिशत स्वीकार्न नसकेको हो र ३३ प्रतिशत भनेको हो जस्तो मलाई लाग्छ ।नेपाली महिला पुरानै बिचारबाट ग्रसित भएकाले परिवर्तन हुन नसकेको भन्ने कुरामा म सहमत हुन सकिन । नेपाली महिलालाई समग्रमा हेर्दा जुन रुपमा अघि बढ्नु पर्ने हो त्यो हुन नसक्नुमा सामाजिक बन्धन, आर्थिक लगाम, धार्मिक र सास्कृतिक सबै प्रकारका हतकडी लागेका छन् । तर यी सारा बन्धनका बावजुद पनि महिलाहरु आफ्ना प्रगतिका बाटाहरु खोजिरहेका छन् । उनीहरु देश र परिस्थिति अनुकुल प्रयासरत छन् । अति कठिनपूर्ण चुनौती महिलाहरुलाई छ । जवसम्म महिलाहरुको निर्णायक ठांउमा बहुमत हुदैन तवसम्म प्रगति उन्नतीको रफ्तार कम भएको कुरा स्वीकार्नु पर्छ । महिलाहरु ठूलो जालो भित्र भएको अनुभव हुन्छ, यो जालो चिर्न समय लाग्छ तर सुरुवात भने भईसकेको छ ।के गर्दा महिला हिंसा न्युनिकरण हुन्छ ?राज्यले के गर्नु पर्ला ?सर्वप्रथम त राज्यबाट महिला हिंसा न्युनिकरण गर्न उपर्युक्त कानुनको व्यावस्था गरिनु पर्छ । दण्डहिनताको अन्त्य हुनुपर्छ । कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्नु पर्ने हुन्छ । राज्यले महिलहरुलाई पुरुष सरह समान सबै सेवा सुबिधाको व्यावस्था र कानुनी हक प्रदान गरे महिला हिंसा न्युनिकरण होला । महिलाहरुलाई आर्थिक, सामाजिक वा अन्य सम्पूर्ण क्षेत्रमा सवल हुनेखाले कार्यक्रम हुनु पर्छ र राज्यले राम्रो नीति नल्याए सम्म महिला हिंसामा कमि आउलाजस्तो मलाई लाग्दैन । हिंसाका तौर तरिकामा फेर बदल अउला तर हिसा भने कमगर्न कठिन छ । हिंस्रकलाई उचित सजाय र पीडितलाई क्षतिपूर्तिको कडा व्यावस्था हुनु पर्छ । म चांहि मानव अधिकार, महिला अधिकारका कार्यक्रमहरु सूचनाका माध्यामबाट र हिंसा गर्नु हुन्न भन्ने सन्देश मुलक कार्यक्रमहरुको प्रसारण, प्रचार र गोष्ठीहरु, बिभिन्न चेतना जागरण अभियानमा जानुपर्छ भन्छु । म नेपाली दिदि बहिनीहरुलाई यो आव्हान गर्न चाहन्छु कि आःआफ्नो अधिकारका लागि लडौं । अधिकार मागेर हैन लडेर नै लिनुपर्छ । यो नै महिलाजगतको कल्याणको कुरा छ र जो जो जहां जहां छौं आफनो ठांउबाट महिला मुक्तिका लागि लडौं, नेतृत्व बिकाशमा पहल गरौं र महिलाहरुलाई सहयोग र हौसला प्रदान गरौं भन्ने कुरा आग्रह गर्न चाहन्छु । महिलाहरुको परिवर्तन एकदिन निश्चित छ तर मिहिनेत गर्नै पर्छ भन्ने
‘महिला सहभागिता व्यवाहारमा छैन’अमेरिकाबाट समाजसास्त्रमा पि.एच.डि गरेकी मञ्जुला गिरी अहिले सिराहाको बस्तीपुर र लाहान क्षेत्रमा महिलाहरुको शसक्तिकरणमा ब्यस्त भेटिनुहुन्छ । यत्रो पढेर पनि किन गाउँमै अलमलिएकी होलिन नि भनेर गल्लि गल्लिमा कुराकाट्नेहरुका लागि उनको एउटै जवाफ छ , महिलाको समग्र बिकाश नभए राष्ट्रको बिकाश हुन सक्दैन । पत्रकारिता र समाजसेवामा ब्यस्त मञ्ज्ुला अहिले ५८ बषर््ाकी हुनुहुन्छ । अन्य महिलाको उत्थानमा लाग्नु भएकी मञ्जुला अविबाहित हुनुहुन्छ । यीनै कर्मठ महिला मंजुला गिरीस“ग नयाँसंसारले गरेको छोटा ेकुराकानी ।तपाईको नाम–मेरो नाम मंजुला गीरीठेगाना कहाँ हो?–बस्तीपुर ७ सिरहापरिवारमा को को हुनुहुन्छ ?–अविबाहित हु दाजु भाईको परिवारसग बस्छुतपाईको जन्म कहिले भएको हो ? –२००७साल बैशाख १८ गते सिरहा जिल्लाको बस्तीपुरमा कहिलेदेखि समाजसेवा र पत्रकारितामा लाग्नु भयो ?–मैले बनारस हिन्दु बिश्व बिद्यालयबाट राजनीति शास्त्रमा एम.ए. र पत्रकारिता बिषयमा स्नातक डिप्लोमाको उपाधि हासिल गरेपछि १९७६बाट राष्ट्रिय समाचार समिति काठमाण्डौबाट पत्रकारिता क्षेत्रको काम सुरु गरेकी हु“ । २०५५ साल सम्म राससमा काम गरे र त्याहाबाट राजिनामा गरेपछि सिरहा जिल्लाको बस्तीपुर आफ्नै गाउ्र“मा आएर समाजसेवाको काममा लागेकी हु“ । तर, त्यस भन्दा अघि पनि सामान्य रुपमा समाजसेवामा सम्लग्न भने रहेकी नै थिए ।किन समाजसेवार र पत्रकारिताको क्षेत्रमा लाग्नु भयो ?–पत्रकारितामा लाग्नुको मुख्य दुईवटा कारणछन् । एउटा पत्रकारिताको क्षेत्रबाट महिलाको स्तर उकास्न र बिकाश गर्न । त्यसैगरि समाजसेवामा लाग्नुको कारण पनि समग्र समाजको बिकाश नै हो तर महिलाहरुको बिकाश बिनाको समाज पूर्ण बिकसित हुन सक्दैन भन्ने बmुझाईले लागेकी हू“ ।समाजसेवा र पत्रकारितामा एउटा रोज्नु पर्यो भने के रोज्नु हुन्छ ?–दुबै एक अर्काका पुरक हुन् तर पनि एउटा रोज्नु पर्यो भनेर कर गर्नु हुन्छ भने म त पत्रकारिता नै रोज्छु । जसले एकैचोटी ठूलो क्षेत्रका महिलाहरुको आखा खोल्न सक्छ ।महिलालाई पत्रकारित क्षेत्रमा साह्रै गाह्रो छ भन्छन् नि ?–गाह्रो त छ तर उनीहरुमा पनि सृजनशिल क्षमता त छ नि उनीहरुमा समाज र गाउको बिकाशमा अभिरुचि त छ नि, रुचि र लगनशिलताले नै उनीहरुलाईब्यवसायिक पत्रकार बनाउन सक्छ । महिलाले केही गर्न सक्दैनन भनेर बस्ने हो भने त केही पनि हुदैन तर नेपाली महिलाहरु जस्तोसुकै चुनौति पनि सामना गर्न सक्षम छन् भन्ने लाग्छ मलाई त ।तपाईले पत्रकारितागर्दा दुख ःपाएको कुनै क्षण सम्झनु हुन्छ ?–काठमाण्डौमा काम गर्दा पत्रिकाको त्यही त हो नि रातीको समयमा पनि काम गर्नु पथ्र्याे । राती काम गरेर ११÷१२ बजे घर फर्कीदा बाटोमा बिभिन्न खालका समस्याहरु आउथे । गाडि अहिले जस्तो प्रशस्त थिएनन् । त्यो नै मेरालागि निक्कै चुनौति पूर्ण र दखःदायि समय थियो पत्रकारिता क्षेत्रमा सबैभन्दा सन्तुष्ट भएको क्षण ?आफूले मेहनत गरेर लेखेको समाचार छापिदा र त्यस्तो समाचार छापिएबापत पुरस्कार पाउदा म साह्रै खुसी हुन्थे ।तपाईले पत्रकारिता क्षेत्रमा लागेर समाजलाई के दिनु भयो ?–पत्रकारिता क्षेत्रमा लागेर महिला अन्दोलनलाई सघाएको जस्तो लाग्छ मलाई, मैले महिला सम्वन्धि धेरै लेखहरु लेखेकी छु ।महिला अधिकारमूखी पत्रिका शक्तिको सम्पादन गर्दाताका निक्कै मेहनत गरेर महिलाको मुदाहरु उठाइएको थियो । जसले महिलाहरुको चेतना उकास्नलाई केही सघाएको मैले महसुश गरेकी छु । हाल आएर फूलबारी एफ.एम. पनि महिलाका मुद्दाउठाउनकै लागि महिलाहरुले नै सञ्चालन गर्ने गरि खोलिएको हो । यस्तै कुराहरु समाजका लागि छाड्दै छु ।समाजसेवामा आएपछि तपाईले गरेको उल्लेख्य काम के हो ?–समाजसेवामा लागेदेखि धेरै कामहरु गरियो तर त्यस मध्ये पनि महिलाहरुका लागि चेतनामूलक कार्यक्रमहरु, लघुबित्त कार्यक्रम सञ्चालन र महिलाहरुको जीवन स्तरमा सुधार ल्याउन कोशिस गरेकीछु ।साक्षरता कार्यक्रम् महिलाहरुको लागि र कृषि सम्वन्धि बिभिन्न तालिम तथा सीप मूलक कामहरुमा महिलाहरुलाई सहयोग गरिरहेकीछु ।तपाईले लामो समय समाज सेवा र पत्रकारिता क्षेत्रमा बिताउनु भयो, के के देख्नु भयो नेपाली महिलाका समस्या ?–नेपाली महिलाका समस्याहरु धेरै छन् आन्दोलनहरु पनि धेरै भए तर पनि निर्णायक तहमा अझ सम्म पनि पुग्न सकेका छैनन् ।हालको संविधानसभाको सदस्यको चुनाव ताकादेखि महिलाहरुको ३३ प्रतिशत महिला सहभागिता भनिएपनि त्यो हाल सम्म पनि ब्यवहारमा उत्रीन सकेको छैन । महिलाहरुको हरेक तहमा पहुच स्थापित गर्न भने बाकी नै छ । नेपालीमहिलाहरुमा राजनीतिक चेतना छैन भन्छन् नि ?–महिला मात्र होइन, ग्रामिण क्षेत्रमा त पुरुषहरुमा पनि चेतना छैन ।राजनीतिक चेतना पनि बढी शहर केन्द्रित भएको जस्तो देखिन्छ । गाउमा राजनीतिक चेतना र सुझबुझ भन्दा पनि राजनीतिका नाममा आपसी झगडा र खिचातानी हाबी भएको जस्तो देखिन्छ ।नेपाली महिलाहरुलाई पुरुष सरह सबै क्षेत्रमा सहभागि गराउन के गर्नु पर्छ ?–महिलाहरुको शिक्षामा पहुच, आर्थिक बृद्धि, स्रोत र साधनमाथि महिलाहरुको पहुच, राजनीति, रोजगारि, लगायतका क्षेत्रमा महिलाको महुच स्थापित गर्न जरुरी छ ।तपाई अहिले फूलबारी एफ.एम.को सञ्चालन गर्नै तयारीमा हुनुहुन्छ एफ.एम. खोल्ने सोंच कहाबाट किन आयो ?–ग्रामिण क्षेत्रको बिकाशमा सूचनासञ्चारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैलाई बुझेर ग्रामिण महिलाको अवस्था माथि उकास्नका लागि उनीहरुमा चेतनाको बिस्तार गर्नको लागि, गाउका महिलाहरुको क्षमता अभिबृद्धिको लागि एफ.एम. सञ्चालन गर्न लागिएको हो । यसले केही हद सम्म महिलाहरुको सशक्तिकरणमा सहयोग पु्र्याउने छ । आवाज बिहिन महिलाहरुको आवाजलाई बुलन्द गर्ने यसको मुख्य उदेश्य हो ।तपाई कत्तिको मनोरन्जन गर्नु हुन्छ ? के बाट मनोरन्ज लिनु हुन्छ ?–मलाई मनोरन्जन गर्न मन लाग्छ ।लेख्न पढ्न बाहेक गीत सुन्न र फिल्म हेर्न मनलाग्छ । यस्तै कार्यक्रमहरुबाट मनोरन्जन लिन्छु ।पुरुषलाई हेर्ने तपाईको दृष्टिकोण के हो ?–पुरुष होस् वा महिला दुबैले सबभन्दा पहिला मानव भएर बाच्न जान्नु पर्छ । यही कुराको कमीभएको कारणले आज हाम्रो समाजमा महिलापुरुषको बीचमा बिभेद आएको हो । एकले अर्काेलाई सहयोग गरेर जानुपर्छ अनि मात्र दुबै बर्गको उत्थान हुन्छ ।
सञ्जु शाहबगत ५ बर्षदेखि मोरङ्ग जिल्लाको बिराटनगरलाई आफ्नो कार्यथलो बनाएर सामाजिक आन्दोलनमा लाग्नु भएकी सञ्जु शाह अहिले पूर्वाञ्चलमा मानवअधिकारको आन्दोलनर कुनै पनि अधिकारको आन्दोलनमा अग्रपंतिमा देखिनु हुन्छ । २०३७ सालमा बिराटनगरमा शाह परिवारमा जन्मिएकी सञ्जुले निक्कै लामो सघर्ष, हन्डर दुखः कष्टपछि अहिले बिशेष गरि महिलाको अधिकारको लागि अफू निरन्तर लडिरहेन अठोटका साथ लाग्नु भएको छ । मधेसी बुद्धिजिवि समाज पूर्वाञ्चलको कोषाध्यक्ष, मधेसी महिला महिला आन्दोलनकी एक हस्ती, महिला मानवअधिकार कर्मी लगायतका बिभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनु भएकी सञ्जुशाह सँग हाम्रो नयाँसंसार पत्रिकाको लागि गरिएको कुरा कानीको सार अंश ।
तपाईको पारिवारिक अवस्था बताईदिनु न ।मेरो परिवारमा आमा, भाई,र बहिनी छन् । बुवा म सानै हुदा बित्नु भएको हो ।तपाईको बाल्यकाल कसरी बित्यो ?साह्रै दुखःदायि र पीडामय । सानै हुदा बुवाको साथ छुट्यो ।आफू परिवारको ठूलो सन्तान भएकोले पारिवारिक जिम्मेवारि म मा आयो । सामान्य परिवारको भएकोले आर्थिक रुपमा पनि चुनौतिहरु बेहोर्नु पर्यो । गास, बासर कपासको लागि मुख्य समय खर्च गर्नु परयो । आफूले पढाउने कामसँगै आफू पढ्ने, भाई बहिनीलाई पढाउने र घरचलाउने सबै काम गर्दै गए । तपाई त खेलाडि मान्छे कसरी खेल क्षेत्रबाट एक्कासी गैरसरकारी संस्थाको क्षेत्रमा आउन् भयो ?म सामान्य परिवारको भएको र बाबाको साथ छुटेपछि केही आर्थिक जिम्मेवारि पनि आयो । आफू त जसरी पनि चलिन्थ्यो तर भाई बहिनी आमाको जिम्मेवारीले गर्दा खेल क्षेत्रमा आर्थिक रुपले कुनै बाटोको खोजिमा आएकी हुँ ।गैरसरकारी संस्थाको सेवा मूलक काममा आउनको लागि तपाईलाई के ले प्रेरित गर्यो ?मेरो दिदीको दाईजो कारणबाट बित्नु भयो । जसको कारण मैले गैरसरकारी संस्थाहरुसँग गुहार माग्दै हिडेर त्यहीबाट गैरसरकारी संस्थाको क्षेत्रमा लागेर केही सेवा मूलक काम गर्न सकिनेरहेछ भन्ने लाग्यो । त्यसपछि आफ्नो भित्री इच्छा नै सामाजिक क्षेत्रमा लागेर त्यस्ता उत्पीडित समुदायलाई सहयोग गर्न सकिन्छ कि भनेर यो क्षेत्रमा लागेकी हुँ ।कतिको सजिलो वा गाह्रो छ यो क्षेत्रमा काम गर्न ?काम गर्दै जाँदा के.ही गाह्रो त आईपर्छ नै तर त्यसको सामना गर्दै जाँदा केही पनि गाह्रो छैन ।काम अनुसारको दाम पनि कमाउन सकिन्छ ? कस्तो छ यो क्षेत्रमा ?यो क्षेत्रमा अन्य क्षेत्रमा भन्दा फरक छ ।यो क्षेत्रमा पैसाको रुपमा भन्दा पनि सेवाको रुपमा मानिसहरु लागेका हुन्छन् । सामाजिक रुपमा स्थानीय, क्षेत्रीय र राष्ट्रिय रुपमा सामाजिक मुद्दाहरु उठाएर त्यसको वकालत गर्दै कमजोरहरुको पक्षमा वकालत गर्नु यस क्षेत्रको मुख्य दायरा हो जस्तो लाग्छ ।गैरसरकारी क्षेत्रमा पुरुषहरुलाई भन्दा महिलाहरुलाई काम गर्न अलिक गाह्रो छ भन्छन् नि हो ?पुरुषहरुलाई घरपारिवारको छोरा छोरीको जिम्मेवारी तेत्ती हुदैन साथै जहाँ जाँदा पनि समाजले स्वीकार गर्छ । तर महिलाले यी जिम्मेवारी जस्तो सुकै अवस्थामा भए पनि जिम्मेवारी बहन गर्नु पर्ने हुनाले अलि समस्या नै छ । जस्तै एकठाउँबाट अर्काे ठाँउमा सरुवा हुँदा, समयमा घरफर्कीन नसक्दा आदि ।तपाई यो क्षेत्रमा नआउनु भएको भए के गर्नु हुन्थ्यो ?म यो क्षेत्रमा नआएको भए एउटा साधारण नेपाली महिला जस्तै घर गृहस्थिको काम सम्हाल्ने गृहिणी महिला हुन्थे ।काम गर्ने दौरानमा गैरसरकारी क्षेत्रमा तपाईले कस्ता खालका समस्या भेट्नु भयो ?महिला अधिकारको क्षेत्रमा वकालत गर्ने पनि पुरुषकै जमात बढी भएको, महिलालाई अवसरबाट बञ्चित गराउनेमा पुरुषहरुको मौन मिलेमतो देखिन्छ ।गैसस भित्र योग्यता क्षमता भएका मधेसी महिलाहरुलाई मात्र नभई अन्य महिलाहरुलाई पनि नेतृत्व पंतीमा आउन अघोषित रोकलगाईएको छ तपाईले यस क्षेत्रमा भेटेका समस्याहरु के के छन् ?
त्यसमा तपाईको भूमिका क ेरह्यो ?आफ्नो अधिकारको लागि मात्र नभई सम्पूर्ण महिलाहरुको अधिकारको उपयोग गर्नका लागि आवाज उठाउँदा छुच्चो भएको पीडा खप्नु परेको छ तर पनि नेतृत्व लिने र अधिकारको सुनिश्चितताको लागि आवाज उठाईरहेको छु । यस अभियानमा निरन्तर लागिरहने छु ।तपाईको अनुभवको आधारमा भन्नु पर्दा नेपाली जनताका त्यसमा पनि पूर्वी नेपालको तराई क्षेत्रका मानिसको आम समस्या के हो ?र जाति भाषा संस्कृति अनुसारको समस्याचाहीं के हो ?नेपाली जनताका समस्या धेरै छन् , त्यसमा पनि तराईको समुदायका समस्या ती भन्दा पनि धेरै छन् जुन बिभिन्न आन्दोलनबाट उठिरहेका छन् । जसको सम्वोधनका लागि मेरो बिचारमा कम्तिमा निम्न कुरा हुन जरुरी छ । क) आत्मनिर्णयको अधिकार ख) समानुपातिक जनसंख्याको आधारमा प्रतिनिधित्व ग) महिलाभित्र पनि मधेसी महिलाहरुको सम्पूर्ण क्षेत्रमा सुनिशिचतता घ)राजनीतिमा मधेसी महिलाहरुको बिषेसाधिकार ङ)मातृ भाषमा शिक्षा,रोजगारर प्रोत्साहन हुनु पर्छ च) सिद्धान्तमा मात्र नभई ब्यवहारमा पनि भेदभावको अन्त्य हुनु पछर्, छ) हरेक जात, जाति, भाष, संस्कृतिको संरक्षणर सम्वर्धन राज्यको प्राथमिकतामा हुनु पर्ने ।तराईका महिलाहरुको मुख्य समस्या के के छन् ?पहिचानको समस्या, शिक्षाको समस्या,रोजगारिको समस्या,पारिवारिक बन्देज, बाल बिबाह, बहु बिवाह, दाईजो र घुम्टो प्रथा, लैङ्गिक बिभेद, छोरा पाउनै पर्ने, त्यसका लागि बच्चा जन्माईरहनु पर्ने, आर्थिक समस्या, छुवाछुत प्रथा जस्तै जेठाजुसँग बोल्न वा छुन नहुने, बोक्सीको आरोप झेल्नु पर्ने, अरुलाई नदिई पहलिा महिलाले खान नहुने आदि अन्य समुदायको भन्दा मधेसी महिलाका समस्या कसरी फरक भए ?चेतना,रहनसहन र पारिवारिक संरचनाका कारण अन्य महिलाको भन्दा मधेसी महिलाको समस्या फरक छ ।तराईका महिलाका तमाम समस्या समाधान गर्न राज्यपक्ष, नागरिक समाज र गैससको कस्तो भूमिका हुनु पर्छ ?राज्यको नीति लिखतमा मात्र सीमित नभई कार्यान्वयमा एउटा अभियानको रुपमा लानु पर्नेर त्यस्ता कार्यक्रमहरु मधेसी समुदाका महिलाहरु प्रति लक्षित हुनु पर्ने । सो का लागि गैससहरुले ठोस रुपमा समुदाय, समुदायकै बीचमा चेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्ने भूमिका खेलाउन सक्नु पर्छ ।तपाई एउटा खेलाडि, महिला मानवअधिकार कर्मी, गैसस कर्मी, बिभिन्न संघ संस्थामा आवद्ध हुनु हुन्छ, पारिवारिक दायित्व पनि तेत्ती कै छ, यो सबलाई कसरी ब्यवस्थापन गरिरहनु भएको छ ? कतिको सजिलो या गाह्रो छ ?जिम्मेवारीलाई जिम्मेवार भएर अगाडि बढाउँदा सम्पूर्ण कामलाई अन्जाम सम्म पुर्याउन सकिएकोले उल्लेखित पदीय जिम्मेवारि भ्याइएको छ । खासै गाह्रो भएको छैन ।
महिलाको समानुपातिक प्रतिनिधित्व जरुरी छतपाईको नाम ः कमला राई पद ः जिल्ला संयोजक , मोरङ्ग सुनसरी कार्यक्रम ठेगाना ः ओरेक नेपाल विराटनगरजन्ममिति ः २०३७ स्थान ः उदयपुर जिल्ला चिलाउने गा.वि.स.मा जन्मेको हुँ । पारिवारिक अवस्था म मेरो परिवारको जेठी छोरी हो । मेरो भाइ बहीनी र वुवा आमा हुनुहुन्छ ।
कसरी सामाजिक क्षेत्रमा लाग्नु भयो ? स्थानिय संस्थामा गाउंमा रहेर भोलन्टीएर भएर काम गरिहरेको थिएं साथै म महिला समुहमा आवदद्ध भएर पनि काम गर्दै थिएँ । त्यस समयमा म स्थानिय विभिन्न संस्थामा आवद्ध हुदै काम गर्दा ओरेक नेपाल उदयपुरमा एक वटा भ्याकेन्सी खुल्यो त्यसमा मैले पनि लिखीत र मौखिक परिक्षा पास गरे पछि ओरेकमा प्रवेश गर्ने मौका पाएँ । केही समय उदयपुरमा काम गरेँ त्यसपछि म जकपुर धनुषा जिल्ला सरुवा भएर काम गरेँ र केही समय अघी म मोरङ्ग सुनसरी कार्यक्रमको लागि सरुवा भएर यस क्षेत्रसम्म आईपुगेँ ।तपाई सम्लग्न भएको संस्थाले के गर्छ ?खास यस संस्थाले मानव बेचविखन तथा ओसार पसार विरुद्धको काम गर्छ । यसले महिला अधिकार, महिला हिंसा विरुद्धको अभियान, महिला मानव अधिकार रक्षकको अभियान अन्र्तगत महिला युवा समुह तथा कार्यदल संग विभिन्न किसिमका काम गर्दछ । सागै हिंसा पिडीत तथा विपिन्न वर्गको लागि केही समय सूरक्षा आवास, कानुनी सहयोग, उपचारमा सहयोग तथा तथा मनोविमर्श सेवा समेत उपलब्ध गराउंदछ । यसले समुहहरुलाई तालिम दिई क्षमता अभिवृद्धीका काम, र वैदेशि रोजगारमा जानेहरुलाई सुरीक्षत स्थानागमन सम्बन्धी सूचना प्रदान गर्ने जस्ता कामहरु गर्दछ । तपाइर्ले संघर्ष गर्नु परेको क्षण ?ू म कामको शिलसिलामा धेरै पटक असजिलो अवस्थामा परेको छु । काम गर्ने सन्दर्भमा माओवादी र सरकारविचको सशस्त्र द्धन्द चलिरहेको बेला भएको कारण पनि गोली फायरिङ्ग भएको अबस्थामा पनि परेको छु । नेपालमा महिलाको अवस्था कस्तो छ ? साच्चै पछाडि परेको हो कि गैससहरुले हल्लामात्र गरेका हुन् ?महिलाहरु पुरुषको तुलनामा ज्यादै नाजुक अबस्था छ । शिक्षा, रोजगारी, स्वास्थ्यको अबस्था कमजोर हुनका साथै महिलाहरु विभिन्न खालका घरेलु हिंसाका शिकार भएको अबस्था छ । महिलाहरु घरकै सदस्यबाट हिंसामा पारिएका छन् । गैसस गरेका कामलाई हल्ला भन्न मिल्दैन किनकी गांउ गाँउमा गएर द्धन्दको बेलामा समेत गेससले काम गरेका छन् । समुदायलाई सचेत पार्ने कुरामा गैसस अगाडी छ । सामाजिक क्षेत्रमा लाग्नु भएको कति बर्ष भयो ?ओरेकका काम गर्नु भन्दा पहिला बाट नै हो भयो ६ बर्ष जती ।नेपालमा बर्गीय रुपमा महिलाको अवस्था कस्तो छ ? पुरुषको तुलनामा महिला पछाडी पारिएका छन् । त्यसमा पनि अझ गरिब महिला तल्लो वर्गका महिलाको अबस्था ज्यादै न्युन भएको छ । स्वास्थ्य उपचार नपाएर विना काल नै मर्नु परेको अबस्था, घरेलु हिंसा भएको अबस्था र हिंसा भएपछि पनि न्याय नपाएको अबस्था रहेको छ । निम्न बर्गका महिलाहरुलाई माथि उठाउनको लागि ठ्याक्कै गर्नु पर्ने चुरो कुरो के होला ?ू निम्न वर्गका महिलाको लागि उठाउनु कुनै एक काम गरेर मात्र पुग्दैन । महिलाहरुलाई स्वास्थ्य, शिक्षा, स्वरोजगारमूलक कामका साथै सशक्तिकरण गर्दै लानु आबश्यक छ । नेपाली महिलाको बिगत र वर्तमानको अवस्था कस्तो छ ? केही परिवर्तनको संकेत देखिन्छ ? ू निश्चय नै विगत भन्दा अहिले धेरै परिवर्तन हुदै आएको छ । विगतको अबस्था हेर्दा महिलाले सती जानु पर्ने, भोट दिन नपाउने जस्ता अबस्था थिए । केही बर्ष अगाडी समेत महिलाहरु सामाजिक काममा सहभागिता नहुने, बाहिर कुनै तालिममा नगएको अबस्था थियो भने अहिले त्यो अबस्था भन्दा धेरै अगाडी छ । परिवर्तनको सँकेत देखिएको छ ।ू महिला हिंसाको अवस्था नेपालमा कस्तो छ ?ू नेपालमा महिला हिंसा भै रहेको अबस्था छ । तर पनि महिला हिंसाको घटनाहरु विस्तारै बाहिर आउन थालका छन् । महिला माथि भएको हिंसा विरुद्ध अव हामी लाग्नु पर्छ भन्ने भावना जागिृत भएको छ र महिला हिंसाको घटना विस्तारै न्यायको लागि सम्बन्धीत निकाय सम्म आउन थालेको छ । अहिले पनि हिंसाको अवस्था छदैछ ।शिक्षित र अशिक्षत महिलाको बीचमा देखिएको फरक तपाईको अनुभव र भोगाईको आधारमा ?शिक्षित महिला भन्दा अशिक्षितमा हिंसा बढी छ । महिला अशिक्षित भएको कारण अझ गरिवी र सूचनाको पनि कम कमी छ । त्यसैले अशिक्षित महिलाहरुलाई बढी आर्थिक र अन्य सहयोग गर्नु पर्दछ । शिक्षित महिला तथा पढेलेखेका महिला पनि वाह्य संसार संग सम्बन्ध नराख्ने र सामाजिक कार्यमा संलग्न हुन नसेको खण्डमा उनीहरुपनि आफ्नो अधिकारको खोजिको लागि अग्रसर नभएको लाग्दछ । तर शिक्षित महिला अशिक्षित भन्दा एक कदम अगाडी नै हुन्छन् ।बिगतमा र अहिले महिला नेतृत्वमा कस्तो परिवर्तन आएको छ ?ू अहिले महिलाहरुमा आत्म निर्भर हुनको साथै प्रतिश्पर्धा गर्ने क्षमतामा वृद्धी भएको छ । महिला हिंसाका कतिपय घटना हुनमा महिला नै बढी दोषी छ भन्छन् हो ?ू महिला दोषी छन् भन्दा पनि महिलाहरु अक्षित छन् । संधै महिलाहरुको कार्यस्थल नजिक र संगे भएको कारण पनि महिलाहरुले महिलालाई हिंसा गरिएका देखिएको छ । महिला भन्दा पनि पितृसत्ता चांही दोषी हो । नेपाली महिलाको अवस्था परिवर्तन गर्न नेपाली गैससहरुले कस्ते भुमिका खेलेका छन् ?ू गैससहरुले राम्रो भुमिका ै घरबाट बाहिर निकाल्न, विभन्न विषयमा चेतना अभिवृद्धी गर्ने, संस्थागत विकास गर्ने, अधिकार प्रति सचेत गर्ने जस्ता कामहरु गरी सकारात्मक भुमिका खेलेका छन् । महिलाको स्थिति माथि उकास्नको लागि राज्यले अव के गर्नु पर्छ ?ू राज्यले महिलालाई राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था गर्नु पर्दछ । महिलाहरुलाई आर्थिक, सामाजिक, राजनैतिक सशक्तिकरण गर्नूका साथै अति गरिव महिलाहरुलाई दिगो जिवीकोपार्जन हुने खालको काम गर्नु पर्दछ । महिलाको अवस्था माथि उठाउनका लागि गैससहरुले सधै काम गरि रहुन पर्ने हो ? कि निब्चित समय सम्म ?ू महिलाको अबस्था माथि उठाउनको लागि गैससले सधै काम गरिरहनु पर्दछ भन्ने होईन । महिलाको अबस्था माथि उठाउने काम राज्यको हो । गैससले राज्यलाइ सचेत र सहयोग गर्ने काम गर्दछ । महिला लाई किन ३३ प्रतिशत मा भनेको होला ? किन ३० प्रतिशत भनिदैन ? के गरे महिलाहरुको सबै क्षेत्रमा सहभागिता बढ् छ ?ू ३३ प्रतिशत एउटा समझदारी हो । त्यसैले ३३ प्रतिशतको कुरा आएको । तर महिलाको राज्यका सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व जरुरी छ । राज्यले सबै क्षेत्रमा महिला सहभागिता बढाउन विशेष खालको नीति तयार गरी लागु गर्नु पर्दछ । नेपाली महिला पुरानै बिचारबाट बढी ग्रसित भएकोले परिवर्तन हुन नसकेको भन्ने कुरा क्रान्तिकारी बिचार राख्ने महिलाहरुले भन्छन् नि ?ू हो हाम्रो समाज धार्मीक, सांस्कृतिक मान्यता अनुसार अगाडी बढेको हो । परिवर्तन हुन समय लाग्छ । प्रयास जारी राख्नु पर्दछ । विस्तारै परिवर्तन हुदै गएको छ ।महिला हिंसालाई न्यूनिकरण गर्नको लागि के गर्नु पर्ला र तपाई चाहि के गर्नु हुनछ ?ू महिको शसक्तिकरण गर्नुपर्दछ । सबै क्षेत्रमा महिलालाई सक्षम बनाउदै अवसर दिने वातावरण तयार गर्नु पर्दछ । साथै महिला हिंसा विरुद्ध विशेष कानुनको निर्माण गरेर पिडीतलाई न्याय र पीडकलाई कारवाही गर्ने वातावरण तयार गर्नु पर्दछ । अन्त्यमा नेपाली महिलालाई केही भन्नु छ ?ू हामी महिला महिला अधिकारको लागि एक होऔँ र हिंसा विरुद्ध निरन्तर लागौ । अव हुने संविधान सभामा महिलाको समानुपातिक प्रतिनिधित्व गराउनको लागि एक जुट होऔ ।अनि नयाँ संसारलाई....ू नयां संसालाई आफ्नो विचार राख्ने मौका दिनु भएकोमा धन्यवाद । नयां संसारको समाचार चाख लाग्दो छ । महिलाका सवाल केन्द्रित भएको कारण मलाई पनि ज्यादै खुशि लागेको छ । संधै प्रगती गर्दै जाओस् शुभकामना

1 comment:

  1. 10 best titanium dab nail pads
    The titanium earrings studs Ultimate Guide titanium iv chloride to Safety ecosport titanium Razors titanium post earrings with a Detailed Opinion on this Tinting titanium banger & Durable Combination The Top 10 Best Titanium Habanero Condiments.

    ReplyDelete