Friday, March 19, 2010

साझेदारीमा के पो हुन्न र ?

नागरिक र स्थानीय सरकार मिलेपछि बर्षेौदेखि थाति रहेका स्थानीय समस्यको समाधान हुन कत्तिबेर पनि लाग्दो रहेनछ भन्ने कुराको उदहरण दिएका छन् मोरड.को बैजनाथपुर,बुधनगर,थलाहा,भौडाहा, सिवनीबडहरा, सिवनीजहदा, भातिगछ,हात्तीमुडा, वारंगि र रमितेखोला गाबिसका बासिन्दाले प्रमाणित गरेकाछन् ।यी माथिका गाबिसका बासिन्दा, स्थाीय राजनीतिक दलका प्रतिनिधि, गाबिस सचिव र जिल्ला बिकाश समिति मिलेर गाउँको बिकाशका लागि कम्मर कसेरकाम थालेका छन । उनीहरुले सर्वप्रथम गाबिसलाई ब्यवस्थित बनाउने काममा आफ्नो समय खर्ची रहेका छन् । ती १२ गाबिसका मानिसहरुले आ आफ्नो गासिको एकिकृत योजना बनाउने काम थालेका छन् । बिगत समयमा गाबिस परिषद सम्म हुन नसको अवस्था बाट गाबिसहरु गुज्रिएका थिए । गाकिसको कुन योजनाको लागि कति रकम खर्च गर्ने, महिला, दलित आदिबासी, जनजाति आदिको लागि कति बजेट छुट्याउने र त्यो छुट्याएको बजेट ती ठाँउहरुमा कसरी खर्च गर्ने भन्ने काम गर्ने कुनै योजना थिएन । यतिमात्रै कहाँ हो र त्यसका लागि सिमान्तकृत समुदाय र महिलाको प्रतिनिधित्व नै सुन्य प्राय थियो तर यसपाली एकाएक जनता जागे, नेता जागे, कार्यकर्ता जागे, सचिव जिबिस पनि जाग्यो गाउँको बिकाश र गाबिसको योजना बनाउनमा । गाबिसका कल्भर्ट, पैनी, बाटो, बिद्यालय, सार्वजनिक भवन, स्वास्थ्यचौकी, सौचालय जस्ता भौतिक पूर्वाधारको निर्माणमा समेत ध्यान केन्द्रित गरेको छ । यी सबै कुरामा जिल्ला बिकाश समिति मोरड.ले नेपालसरकार नागरिक साझेदारी परियोजनासँग हातेमलो गरेर सघाईरहेको छ । जिल्ला बिकाश समिति मोरड.का योजना अधिकृत गणेश तिमिल्सीना भन्नु हुन्छ, यो त जिल्ला बिकाश समितिले गर्ने काम हो तर साझेदारी परियाजनाले हामी पनि तपाईको काममा सघाउँछौ भनेर हातेमालो गर्न आए पछि हामीलाई अझठूलो सहयोग भएको छ । यस्तै सहयोग सबै गाबिसमा भए त जिल्लाको मुहार फेर्न धेरैदिन लागने नै थिएन ।साझेदारी परियोजनालाई नजिकबाट नियाली रहेका डा. सकेत ठाकुर भन्नु हुन्छ “बिकेन्द्रिकरण सजिलो छैन। केन्द्रबाट जिल्लामा ल्याउन १२ बर्ष लाग्यो अब जिल्ला बाट गाबिसमा लानका लागि समय त लाग्छ तर कामसुरु भएकोछ । गाबिसको योजना तर्जुमा प्रकृयामा समुदाय सँग पटक पटक छलफल गरिएको छ । पहिला पहिला गाबिस भवन वा जिबिसमा बसेर गाबिसको योजना बनाउने चलन थियो तर अहिले कम्तिमा गाबिसकै जनताको प्रत्यक्ष सहभागितामा उनीहरुले नै आफ्ना योजनाको प्राथमिकीकरण सुरु गरेका छन् । गाबिसको योजना तर्जुमामा जसको आवाज सुनिदैनथियो यसपालि उनीहरुको पनि आवाज सुनियो गाबिस सचिवहरु पनि यसमा सक्रिय भएर लागेको पाईयो । गाबिस स्तरमा सामाजिक बिकाश र पूर्वाधार बिकाशको समायोजन भएको छ । गाबिस स्तरका मानिसले सिकेको ज्ञान र सीपलाई भरखर प्रयोग गर्न थाल्नु भएको छ ।”नेपालमा महिला अधिकारको क्षेत्रमा बिगत लामो समयदेखि काम गर्दै आउनु भएकी डेल गाबिसको एकिकृत योजना तर्जुमा गोष्टिलाई नियाले पछि आफ्नो अनुभव सुनाउदै भन्नु हुन्छ “गासिबको योजना बैठकमा महिलाहरुको त्यसमा पनि दलित, आदिबासी, जनजाति महिलाहरुको सहभागिता भएको छ ।” स्थानीय निकाय बिषेश गरि गाबिसको बैठक र योजना तर्जुमामा ३३ देखि ६५ प्रतिशत सम्म महिलाहरुको सहभागिता भएको छ। भने गाबिसका स्थानीय मुद्दाहरुलाई समुदायमै गएर सामाजिक मध्यस्तता कार्यक्रम मार्फत समाधान खोज्ने काम पनि नागरिक साझेदारीले सुरु गरेको छ । परियोजनाको सहयोगमा १२ वटा गाबिसका ७६ वटा स्थनीय मुद्दा मिलाउने काम भएको छ भने गाबिसले आफ्नै प्रयास र पहलमा गाबिसको प्रफाईल समेत तयार गरेको छ । त्यसै गरि वडा स्तरका योजना, समस्या र कुराहरु राख्नका लागि स्थनीय सरकार नभएको समयमा १२ वटा गाबिसका प्रत्येक वडामा वडाको समस्या र योजना गाबिस सम्म पुर्याउनका लागि १सय ८ वटा वडा नागरिक मञ्च गठन भएको छ । यो मञ्चमा सम्वन्धित वडाका नागरिकहरुको समावेसी आवाज छ जसलाई गाबिस र जिबिस सम्मले नसुनी सखै छैन । वडा नागरिक मञ्चका एक सदस्य भन्छन् साझेदारीले स्थानीय निर्वाचित प्रतिनिधि नभएको अवस्थामा वडा नागरिक मञ्च गठन गरेर जनताको घरदैलोबाट नागरिक सहभागिता खोज्ने काम गरेको छ । बैजनाथपुर गाबिसकी सचिव माला सापकोटा पनि संघ संस्थाले जिबिस र नागरिकलाई घचघच्याईदिदा काम गर्न, योजना बनाउन, वडा वडा सम्म सहभागिता जुटाउन सजिलो भएको आफ्नो अनुभव सुनाउनु हुन्छ ।

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete