Friday, March 19, 2010
सडक बन्दले जनजीवन प्रभावित
अबिरल बर्षाले बाटो भत्किएर यातायात ठप्प भएपछि मोरड. जिल्लाको उत्तरी दुर्गम रमिते गाबिसमा भोकमरि फैलिएको छ । खाद्यान्नका नाममा गाबिस भरिको केही स्थानमा मकै, कोदो र फापर मात्र उत्पादन हुने त्यस ठाउँमा अधिकांश किसानलाई आफ्नो उत्पादनले तीन महिना भन्दा बढी खान नपुग्ने स्थानीय भक्त लुईटेलले बताएका छन् । त्यसैकारण पनि रमितेमा तरकारी खेती, अम्रिसो र केही स्थानमा अलैची खेती गरिन्छ । तर बर्षाले टाँडी रमिते सडक खण्डको बिमला चौक, सिमलचौक, डोजर ट्रनिड., आखढुंगे गोलई लगायतका १० ठउँमा पैरो गएर सडक अबरुद्ध हुदा रमिते गाबिसका चारहजा पाँचसय जनसँख्या भोकमरिको चपेटामा परेका हुन । स्थानीय खड्ग बा.दर्जीन्छ्न, “हाम्रो त नुनतेल र खाद्यान्न ओसार्ने बाटो नै बन्द भयो हजुर, अब ज्यान मर्ने भो । यसअघि गाडि चल्दा जोहो गरेको अन्नले यतिन्जेल खाईयो अब त घरमा तातो छारो पनि छैन ।बेलुका बेलुका तातो पानी तताएर मकै भुटेर खाएको आज तीनदिन भैसक्यो ।हामी गरीबका लागि खै कसले हेर्ला र” खड्ग बहादुरको जस्तै त्याहाका करीब चारहजार तीन सय परिवारको हालत छ । मोरड. जिल्ला सुगम भएपनि रमितेखोला उत्तरी क्षेत्रमा पर्ने भरखरै यातायातको साधनका नाममा ट्रयाक्टर मात्र चल्न थालेको सानो ट्रयाक खोलेको दुर्गम गाबिस हो । नेपालकै दोस्रोठूलो शहर बिराटनगर, एयरपोर्ट, उद्योगभन्दा, बलकारखना लगायतले सम्पन्न मात्र होईन पूर्वाञ्चलको सदरमुकामा पनि हो तर उत्तरका रमितेखोला, भोगटेनी, सिंहदेबी र याड.शिला गाबिस जिल्लाका अत्यन्त दुर्गम छन् । जहाँ राज्यको पहुँच, स्रोत र साधनको उपयुक्त बितरण र पहुँच पुग्न सकेको छैन ।मंगलबार पहिरो प्रभावित क्षेत्रको स्थानीय गाबिसका सचिव, उपभोक्ता समितिका दधिकारी, जिल्ला बिकाश समिाितका सब इन्जिनियर, नेपाल सरकार नागरिक साझेदारी परियोजनाका इन्जिनियर र सञ्चार कर्मीहरुको टेलीले भ्रमण गरि स्थलगत अध्ययन गरेको छ । सो टोलीको अध्ययन अनुगमनमा स्थानीय बासिन्दाले गउँका समस्या राखेका थिए । स्थानीय बासिले चाँडै सडक मर्मत नभए भोकमरिले भयाबह रुपलिने र जाजरकोटको जस्तै महामारि समेत फैलन सक्ने बताए । स्थानीय ब्यापारि भानुभक्त लुईटेल आफूसँग बिगतमा स्टोर गरेको खाद्यान्न सकिएको र दैनिक सयौको संख्यामा स्थानीय बासिन्दाहरु नुन, तेल, खाद्यान्नका साथै दैनिक उपभोग्य बस्तुको खरिदका लगि आफू कहाँ आउने र रित्तोहात फर्किने गरेको बताउँछन् । उनका अनुसार तत्काल बाटे खोल्न नसके नििकदै गरेको महान चाड दशैमा समस्या हुने र चाड मनाउने बेलामा भोकमारी र महामारिको सामना गर्नु पर्ने अवस्था आउन सकछ ।स्थानीय बासिन्दाले बाहिरबाट दैनिक उपभोग्य सामाग्री ल्याउने समस्या एकतिर छ भने गाउँमा उत्पादीत तरकारी, फलफूल र अम्रिसो, अदुवा, कागती जस्ता उत्पादन बजार सम्म पुर्याउन नसक्दा दिनचर्या चलाउन नै समस्या परेको गाबिसका सचिब हरिप्रसाद उप्रेतीले बताएका छन् । उनले गाबिस र उपभोक्ता समितीको पहलमा जिल्ला बिकाश समिति र यूएसएडको सहयोगमा सञ्चालित नागरिक साझेदारी कार्यक्रमलाई बास्तबिकता अध्यनका लागि बोलाएको र अब चाँडै समस्या समाधानका लागि जिबिस, साझेदारी कार्यक्रम, गाबिस र स्थानीय जनताले समस्या समाधानका लागि सहकार्य गर्ने सचिब उप्रेतीले बताएका छन् । अर्कातिर सडकको सम्स्या भएको र हिडेर आवतजावत गर्न पनि पहिरो र बिकट उकालो बाटो भएको कारणले बिरामी भएका मानिसहरुलाई अस्पताल सम्म लानकालागि समेत समस्या परेको स्थान्ीय अम्बर लिम्बूले बताएका छन् । उनका अनुसार हाल सम्म ज्वरो, रुघामर्की र निमोनियाका चार जना बिरामीलाई अस्पताल लान नसकिदा मानिसको ज्यानै खतरामा परेको थियो । तर सथनीय औषधि पसलका ब्यक्तिले सामान्य रोकथामका लागि औषधी दिएर केह दिनलाई बिराम सामान्य भएको र अब बाटो बनेपछि थप उपचारका लागि धरान लाने बताएका छन् ।टाँडी रमिते सडक उपभोक्ता समितिका अध्यक्ष सञ्जय कुमार लिम्बू बाटो भत्किन थालेदेखिनै आफूहरुले गाबिस, जिबिस र दाताहरुलाई गुहार मागेको तर हाल सम्म जिबिसले २० वटा जाली बाहेक केही पनि नदिएको बताउँछन् । उनी भन्छन् तर अहिले जिबिस तातेको छ केही हुन्छ कि त ?यता जिल्ला बिकाश समितिका सब इन्जिनियर रोमराई जिबिसले आज पहिरो गएको ठाउँमा सर्वे गरेको र दशै अगाडि नै जिबिस, नागरिक साझेदारी कार्यक्रम, स्थानीय उपभोक्ता र गाबिस मिलेर बाटो सम्म खोल्ने र दशैपछि बाँकी कामका लागि सहयोगजुटउने बताउँछन् ।
Subscribe to:
Post Comments (Atom)
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
ReplyDeleteadams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.