Tuesday, October 25, 2016

आँखा चिम्लिने सस्कारले बिग्रिदैछ समाज


अर्जुन उप्रेती
समाज सृष्टिका उन्नत, बिषेश क्षमता, सृजना, लेख्य र कथ्य भाषा भएका सामाजिक भावना र ब्यवहार दुबै भएका बिशिष्ट प्राणीहरुको बसोबास हुने ठाउ हो । समाजको बिषेश संरचना हुन्छ । यसको आकार प्रकार मूल्य मान्यता र आफ्नै सामाजिक प्रकृया पनि हुन्छ । तर समाज अनुसार बिश्व स्तरमा यसका मूल्य मान्यता र प्रकृयाहरु केही सर्वब्यापक हुन्छन् त केही स्थान बिषेशका मात्रै पनि हुन्छ । समाजको बिशिष्ट बिषेता भनेको यसको  क्रियाशिलता र गतिशिलता नै हो । त्यसैले होला समाजशास्त्री इमाल दुर्खीमले समाज गतिशिल हुन्छ ९क्यअष्भतथ ष्क मथलबmष्अ दगत लयत कतबतष्अ० भनेका । समय अन्तरालमा समाजमा बिस्तारै पुराना अभ्यास, संरचना र सामाजिक संस्कारहरु भत्किदै र परिवर्तन हुदै जान्छन् भने नयाँ संस्कार र संरचनाहरु पनि निर्माण हुँदै जान्छन् । यस्तै एउटा नयाँ संस्कार नेपाली समाजमा तीब्र रुपमा बिकसित भईरहेको छ । त्यो हो ʺआँखा चिम्लिने संस्कारˮ ।
सुन्दा अचम्म लाग्छ कस्तो आँखा चिम्लिने संस्कार ? यो कसरी बिकसित भयो ? यसको सामाजिक धरातल के हो ? र यो संस्कारले समाजको कुन तह सम्म कसरी प्रभाव फैलाउँदछ ? कुरा स्पष्ट छ यो नकारात्मक धारबाट समाजलाई पछि धकेल्न उद्दत देखिन्छ । जहाँ आँखा चिम्लिने संस्कार हाबी हुँदै जान थालेको छ त्याहा सामाजिक बिचलन बढ्दै समाजमा अकार्य (म्थकागलअतष्यल) उच्च हुन थालेको छ ।
अभिभावकले आँखा चिम्लिदिदा सन्तान बिग्रीएका छन् । नेताले आँखा चिम्लिदा कार्यकर्ता बदमाश भएका छन् । हाकीमले आँखा चिम्लिदा कारिन्दा कर्तब्य बिमुख हुनथालेकाछन् । शासकले आँखा चिम्लिदा साशन बिग्रीएको छ । शिक्षकले आँखा चिम्लिदा बिद्यार्थी बरबाद भएका छन् । श्रीमानले आँखा चिम्लिदा श्रीमती बरबाद भएका छन् अनि श्रीमतिले आँखा चिम्लिदा श्रीमान पनि खराब लतमा फस्न थालेका छन् । समग्रमा यी सबैका आँखा चिम्लाईले समाजमा बिस्तारै आँखा चिम्लिने संस्कारको बिकाश भएको छ । यही संस्कारका कारण समाजमा सामाजिक बिचलन उच्च हुन थालेको छ । जसको परिणमले समाजलाई नै बरबाद गर्दै लगिरहेको छ ।

Monday, November 16, 2015

कलामको अवसान र मेरा सपना
अर्जुन उप्रेती
भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको देहान्त भयो । सबैतिरबाट बिभिन्नखाले प्रतिक्रियाहरु आई रहेका छन् । कलाम मिसायल मेन, बैज्ञानिक, राष्ट्रपति आदि आदि भए पनि उनी त्यो भन्दा बढी मानवता, रष्ट्र र समाज प्रेमी, सकारात्मक सोच र सपनाका खानीको रुपमा परिचित छन् । कलामको सपना भनेको निदाएका बेला देखिने कुरा होईन, सपना त यस्तो कुरा हो जसले निदाउनै दिदैन भन्ने अभिब्यक्ति अहिले तेस्रो बिश्वमा सामाजिक रुपान्तरणको क्षेत्रमा सहजीकरण गर्ने, सहयोग गर्ने र सेवा गर्ने मानिसहरुको पहिलो सेसन र लेसनमा सबै भन्दा अगाडि आउने बिषय बस्तु भएको छ ।
उनले भारतीय युवाहरुलाई लक्षित गर्दै तपाईहरु “सिंगापुरमा गएर सडकमा थुक्न पनि सक्नु हुन्न तर किन भारतमा जताततै फोहोर गर्नु हुन्छ ?” भन्ने आशयको अभिब्यक्तिदिदा बिश्वभरि कलामको युवा मनस्थिति परिवर्तन गर्ने खतरनाक अस्त्र भनेर चर्चा भयो । उनको पढाई, दक्षता र बिशेषज्ञता न्यूकिलियरमा भई प्राविधिक मान्छे भए पनि सामाजिक क्षेत्रमा उनको योगदान कुनै समाजशास्त्री, मावशास्त्री, अर्थशास्त्री वा इतिहास बिदको भन्दा धेरै छ ।
मानिस मुख्य तया दुई प्रकारको हुन्छ । एउटा प्राविधिक अर्काे दार्शनिक । प्राविधिक मान्छे सिद्धान्तमा पढेको कुरालाई ब्यवहारमा अभ्यास गर्छ । त्यसको प्रयोग गर्छ । अनि समाज र यसका एकाईहरु सञ्चालन गर्दै सामाजिक प्रकार्यकालागि योगदान गर्दछ । तर दार्शनिक मानिस सोचाई र बिचारको उच्चतम रुपमा बिलिन हुन्छ, त्यसलाई मनन् गर्छ, अनुसन्धानबाट पुष्टि गर्छ अनि अभिब्यक्त गर्छ । बीसौं बर्ष लगाएर गरिएको अध्ययन, अनुसन्धान र अनुभवको उपज एउटा एक दुई लाइनको बिचार बाहिर निकाल्छ तर त्यो बिचार साच्चै मनन गर्ने मानिसहरुका लागि, समाजका लागि हजारौ मिसाइल, माइन्ड र माइन्युट भन्दा शक्तिशाली हुन्छ । यस्तो बिचार सेकेन्डदेखि हजारौं बर्ष सम्म पनि रहन्छ । उल्लेखित दुबै गुण भएका प्राविधिक दार्शनिक थिए भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम ।
केही बर्ष पहिले दक्षिण भारतको भ्रमणमा जाँदा एकजना टेम्पो चालकले अचानक कलामको र पुर्याउँदै केही क्षण पत्यारै नलागेको मलाई  पछि कलामको बैठक कक्ष, कलाम सि सेल मार्ट, समुन्द्री किनारको बिगतका बिपन्न, निरक्षर र तत्कालका सम्पन्न शिक्षित भारतीयहरुको सुन्दर झुपडपट्टी गाउँ, संस्कार र रहनसहन अवलोकन गर्दा प्राप्त भएको उर्जा अझै ताजै छ । लामो कुराकानी गर्न नपाई, धेरै जिज्ञासा निकाल्नै नपाई, उनले देखेको रामेश्वरम आसपासको उनको गाउँको सपना, बिगतको इतिहास र मानवताका लागि गरेको प्रयास पुराण झै सुनेको म फेरी एक पटक मौका पारेर दक्षिण भारतको भ्रमणमा जाने र कलामसँग समय मिलाएर १÷२ घण्टा कुरा गर्ने सपना देखिराखेको थिए तर अचानक हिजो सोमबार भएको उनको निधनले मलाई पनि निदाउ निरुत्साहित गर्ने सपनाको अवसान भएको छ । सरल, सरस र तथ्यपरक कलामको समाजबदल्ने सपना सुन्ने र योजना बुन्ने मनोकाँक्षा ध्वस्त भएको छ । अब त्यो भलै कलामको गाउँमै पुगेपनि कलाम यसो भन्थे, उसो भन्थे भनेर अरुबाट सुन्ने बेलिबिस्तारमा नै सीमित हुने भएको छ । कुनै काम गर्नु छ भने आजै थाल्नुस् भन्ने नेपाली उखान मेरो सन्दर्भमा यहाँ सही सावित भएको छ ।
रामेश्वरम मन्दिर र सेतुबाँध बीचको सुन्दर गाउँलाई साच्चिकै सुन्दर बनाउन कलामले गरेको सामाजिक नेतृत्व र रुपान्तरणको प्रयास लोभ लाग्दो छ । समाजको परिवर्तीत अवस्थालाई आफ्नै पर्दामा सुन्दर चित्रकोर्दै दिउँसै सपनादेख्ने कलामको सपनालाई ती सुन्दर गाउँहरुमा यद्यपि देख्न पाईन्छ । ताडी, दारु र मछलीमा झुमेको गरीब, बिपन्न, अशिक्षित र असभ्य गाउँलाई छोटो समयमा सुन्दरशिक्षित, सभ्य, शान्त र संस्कारित ब्यापारिक गाउँमा बदल्ने कलाम त्यस क्षेत्रका बासिन्दाकालागि हाम्रो साथी र हाम्रो भगवानका नामले सम्वोधित हुन्थे । कलामले ठूलो र जटिल कुरालाइ सानो र सरल बनाएर प्रस्तुत गर्छन् त्यसैले उनीहाम्रा साथी हुन । करीब ५५ बर्षका उनका छिमेकीले भनेको मेरो मानसपटमा अझै ताजै छ । उनका प्रत्येक बाणी र ब्यवहार जीउँदो भगवानका बाणी हुन, ती हाम्रालागि आफू र आफ्नो समाजलाई बदल्ने प्रेरणाको श्रोत हुन भन्ने त्याहाका स्थानीय एक शिक्षकले हामी सँग भनेको कुराले नै कलाम को हुन् भन्ने चिनाउँदछ । एउटा पुरानो ब्रिफकेश बोकेर राष्ट्रपति भवन प्रवेश गरेका कलाम त्यही ब्रिफकेश मात्रै लिएर कार्यकाल सकिएपछि निष्किदा सारा भारतले तहल्का काण्डको बद्ला सुशासनको कोर्ष पुरा गरेको थियो ।
मानिसहरुलाई महान बन्न उत्प्रेरित गर्दै उनले भनेको भनाई दक्षिण भारतका सार्वजनिक स्थलमा उनी जिउँदै हुदा प्रशस्त पढ्न पाइन्थ्यो । “महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो तर साना मान्छेहरु यसलाई लडाइको साधन बनाउँछन् ।” भन्ने अभिब्यक्ति अहिले नेपालमा चलिरहेको धर्मनिरपेक्षता, धार्मीक स्वतन्त्रता र हिन्दुराष्ट्रका पक्षपातिहरुलाई पनि गतिलो शिक्षा हो । “तपाई तपाईको जिम्मेवारीलाई सलाम गर्नुस् न कि कसैलाई सलाम ठोक्न जरुरी छ” भन्ने कलामको अभिब्यक्तिले लाखौं भारतीय नागरिकहरुलाई कर्तब्य बोध गराएको छ । “ प्रत्येक सफल मानिसहरु भित्र पीडादायी कहानीहरु हुन्छन् , प्रत्येक पीडादायी कहानीमा सफलताको अन्त्य लुकेको हुन्छ, त्यसैले सफलताको लागि पीडालाई स्वीकार गर” भन्ने उनको भनाईले भारतीयहरुलाई संघर्ष गर्न र संकटसँग जुध्न सिकायो । जुन भारतीय समाजको उन्नती, प्रगति र बिकाश एवं परिर्वतनकालागि महत्वपूर्ण प्रेरणा पनि हो ।
कुनै पनि समस्यालाई मानवले स्वीकार गर, आत्माले मनन् गर अनि ब्यवहारले प्रतिकार गर भन्ने कलामको अभिब्यक्तिले हजारौं भारतीयहरुलाई कुनै काम गर्दा त्यसभित्र पसेर, बसेर, डुबेर रचनात्मक तरीका गर्ने प्रेरणा प्रदान गर्यो । ज्ञानकालागि औपचारिकता नै सधैं आवश्यक छैन भन्न कलामको अभिब्यक्ति उत्तरआधुनिकताबादी उपभोक्ता तथा नागरिककालागि स्वतन्त्रतालाई चरम उपयोग गर्नु पर्छ भन्ने बिष्लेषण बनिदियो । सबै स्तर र अवस्थाका नागरिकलाई सम्वोधन गर्न सक्ने क्षमता नै कलामको अर्को महत्वपूर्ण दाशनिक गुण हो । कसै प्रतिको खराब आशय र अभिब्यक्ति मानवता बिरोधी तरीका हो भन्नेकुरामा बिश्वास गर्ने कलामले राष्ट्रपतिको पदावधी सकिएपछि बिकाश पत्रकारिताको अभ्यास गर्दै पत्रिका प्रकाशन गरेर ज्ञान आदान प्रदानलाई प्रोत्साहित गरिरहेका छन् ।
कलाम आफैमा एउटा बिश्वबिद्यालय हुन जस्तो लाग्छ मलाई । कलाम र उनको ब्यवहारलाई हेरेर तमिलनाडुको रामेश्वरम, कन्याकुमारी क्षेत्रका मानिसले आफ्नो जीवन बदलेका थुप्रै कथाहरु त्याहाका शिक्षक र ब्यापारीहरुले सुनाउँछन् । कलाम फोहोर गाउँलाई सफा रुपान्तरण गर्न नियमित त्यस्ता छिमेकी गाउँको प्रदल भ्रमण गर्ने र बाटोमा, सार्वजनिक स्थामा फालेको फाहोर आफै हातले टिपेर फल्ने गर्थे रे । कुनै बालबालिकालाई बाटोमा वा घरमा भेटे सबैभन्दा पहिला उसको पढाई, बिद्यालय जाने वा नजाने बारेमा सोध्ने उनको स्वभाव थियो । यदि बिद्यालय नजाने बालबालिकालाई र उसको अभिभावकलाई समेत कन्भिन्स गरेर उनी उप्रान्त बिद्यालय जाने बनाउँथे भन्ने स्थानीयको भनाई हामीले सुन्यौ । सार्वजनिक स्थानको संरक्षण र पाहुनाको सम्मानले सबैलाई खुसी मिल्छ भन्ने अभिब्यक्ति उनले स्थानीय तहमा दिने गर्दथे । कलामको बालकदेखि बृद्ध सम्म सबैलाई समान सम्मान र स्तर अनुसारको प्रस्तुति र अभिब्यक्तिको दक्षता राख्ने बैज्ञानिक थिए भन्ने कुरा उनको गाउँ भ्रमण गर्दा हामीले थाहा पायौं । देश बदल्नु पर्छ, समाज बदल्नु पर्छ, परिवार बदल्नु पर्छ तर सुरुवात आफैबाट गर्नु छ भन्ने भनाईलाई चरितार्थ गरेका कलामले भारतमा लामो बिगत र भविश्य सम्मको सक्षम सामाजिक नेताको भूमिका सनर्वाह गरे ।
राजनीतिमा दक्षता, सीप, शिक्षा, इमान्दारिता, अनुसाशित, सुशासित र सुन्दर सपना आवश्यक सर्त हो भन्ने कुरा संसारभरि स्थापित गरए कलामले । उनको उल्लेखित शब्दावलीलाई ब्यवहारमा उतार्ने कर्मले पनि भारतीय र दक्षिण तथा मध्य एशियाको राजनीतिक नेतृत्वलाई परम्परागतबाट आधुनिक र आधुनिकबाट उत्तर आधुनिक बन्ने अहिले पनि प्ररित गरिरहेको छ ।
मेरो कलाम भेट्ने सपना तुहिएको छ । अब सम्भव छैन उनलाई जिउँदै भेट्न तर उनका कृति, लेखन, उदाहरण, अभ्यास र अभिब्यक्तिको संगालो बनाएर ज्ञान बटुल्ने चाँही उत्कठ इच्छा बाँकी नै छ ।

Thursday, September 17, 2015

हामीले अढाई महिना अगाडि धनकुटाको नाम्जेमा रोपेको पाउलोनिया साच्चै सप्रेर आएको बिरुवा करीब ४ फिटको भएछ । अलिक नसप्रेको पनि ३ फिट भन्दा कमको छैन । कागजमा लेखेको, नर्सरीमा देखेको र बिज्ञले भनेको जसरी नै यो बढी रहेको जस्तो लाग्यो ।

Friday, September 11, 2015

 Arjun's Visit with the different friends and field.












भूकम्पको त्रास हटाउन परामर्श तालिम

इटहरी, भदौं १० । गत बैशाख १२ गते गएको महाभूकम्प त्यसपछिका दुईवटा शक्तिशाली धक्का र पराकम्पनले गर्दा थुप्रै बालबालिकामा अहिलेसम्म पनि त्रास हटेको छैन् । बालबालिकालाई हरेक प्रकारका समस्याबाट छुट्कारा दिई उनीहरूको व्यक्तित्व विकास गरिनुपर्छ भन्ने उद्देश्य राखेर सुनसरीमा भूकम्पको त्रासमा रहेका बालबालिकालाई छनोट गरि परामर्श सेवाको कक्षा सञ्चालन गरिएको  छ । जिल्लाभरका सय जना बालबालिकालाई नमूना छनोट गरि आफन्त गुमाएकासँगै त्रासमा रहेका ५० जना बालबालिकालाई परामर्श सेवाको कक्षा सञ्चालन गरिएको हो । सुनसरीका दस जनाको भूकम्पबाट मृत्यु भएको थियो ।
आयोजक संस्था न्यू वल्र्डका अध्यक्ष अर्जुन उप्रेतीले परामर्श सेवाले बालबालिकामा मानसिक त्रास बढेर नकारात्मक असर पर्नबाट जोगाउने बताए । भूकम्पपछि कतिपय बालबालिकाको पढन्, लेख्न, नाच्न, गाउन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधी सक्रिय सहभागिता छैन् । तर, परामर्श सेवा पाएपछि आत्माविश्वास बढेको सहभागी प्रज्वल दाहालले बताए । ‘आफू र आफ्नो परिवारलाई सकुशल राख्नुका साथैं मानसिक त्रास कम गर्न परामर्श सेवाले सहयोग ग¥र्यो,’ उनले भने । 
‘आफ्ना परिवारका सदस्य गुमाउँदा कलिलो मस्तिस्कमा भूकम्पले जुन त्रास छाडेर गएको थियो, त्यो त्रासलाई हटाउनका लागि परामर्श कक्षा चलाइएको हो,’ सहयोगी संस्था वल्र्ड भिजन सुनसरीको महिला तथा बालबालिका परियोजना संयोजक मोनिका राईले भनिन् । उनका अनुसार भविष्यमा बालबालिकालाई मस्तिष्कमा गहिरो असर पर्नबाट रोक्नका लागि परामर्श सेवा सञ्चालन गरिएको हो । 
सहभागी अर्की बालिका आँचल खतिवडाले परामर्श सेवाले दुःखको दाग मेटाउन सहयोग गरेको बताइन् । बुधबार सकिएको परामर्श सेवा समापनका क्रममा सुनसरीका प्रहरी प्रमुख एसपी सन्जयराज शर्माले बालबालिकालाई स्वाभाविक अस्थामा फर्काउन सवैको साथ सहयोग आवश्यक भएको बताए । 
जिल्ला महिला तथा बालबालिका कार्यालयकी अधिकृत सुशीला कार्कीले बालबालिकाले परामर्श सेवाबाट जिवनोपयोगी ज्ञान प्राप्त गरेको बताइन् । पाँच दिनसम्म चलेको परामर्श सेवामा आयोजक संस्थाका अध्यक्ष अर्जुन उप्रेती, तीर्थ कार्की, बालबालिकाको क्षेत्रमा कार्यरत रमा कडरियालगायतले सहजीकरण गरेका थिए । यस्तै, नृत्यमार्फत तुलसी घिमिरे र योगामार्फत श्याम पौडेलले बालबालिकालाई तनाब कम गर्ने उपाय सिकाएका थिए । 


     

FM RADIO IN NEPALI SOCIETY

संकटमा नेपालका एफ.एम. रेडियो

अर्जुन उप्रेती
नेपालमा सबै भन्दा छिटो सूचना प्रवाहको माध्य हो रेडियो । त्यसमा पनि एफ.एम.रेडियो । २०५९ मा ज्ञानेन्द्रको कु हुँदा होस् वा २०७२ सालको बैशामा भूकम्प जाँदा सबै भन्दा पहिला जनतालाई सूचना पस्किनेकाम एफ.एम. रेडियोहरुले गरे तर यतिखेर श्रोता हुन वा ब्यापारि, उद्योगी हुन् वा राजनीतिज्ञ, रेडियोलाई तेस्रो दर्जाको मिडियाको रुपमा मात्रै हेर्न थालेका छन् ।
तर रेडियोको शक्ति र आवश्यकता अनि बिशिष्टतालाई हेर्ने हो भने रेडियो यति मात्र होईन । रेडियोलाई समाज रुपान्तरण, सास्कृतिक परिवर्तन र बिकाश, नागरिकको सूचनाो अधिकार सुनिश्चत गर्न भूमिका खेल्नसक्ने सबै भन्दा छिटो र सर्बसुलभ सञ्चार माध्यमको रुपमा लिईन्छ । त्यसैले कुनै मूलुकमा रेडियोको सञ्चालन र संख्याका आधारमा त्याहाको समाज कति उदार, बिकसित, सभ्य र सूसूचित छ भनेर बुझ्न सकिन्छ ।
बिश्वमा अमेरिकलाई सूचनाको अधिकार सुनिश्चित गर्ने, नागरिक प्रति जिम्मेवार र उदार प्रजातन्त्र भएको मूलुकका रुपमा स्थापित गर्नका लागि रेडियोको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ । जहाँ ४ हजार ७ सय ए.एम.रेडियो स्टेसन र ९ हजार एफ.एम. स्टेसन सञ्चालनमा छन् ।
नेपालमा पनि रेडियो सञ्चालनको इतिहास निक्कै लामो छ । २००६ सालबाट अनौपचारिक रुपमा राणाबिरोधि गतिबिधि गर्न र २००७ साल चैत २० गते बाट औपचारिक रुपमा सरकारी तबरबाट ए.एम. रेडियो सञ्चालन सुरुभए र २०५२ सालदेखि एफ.एम. प्रसारण सुरु भई हाल सम्म ५सय १५ वटा एफ.एम. रेडियोहरु दर्ता भएका छन् भने ३ सय ६० वटा सञ्चालन र १ सय ५५ वटा सञ्चालन नभई दर्तामै सीमित भएका छन् ।
नेपाल दक्षिण एसियामा सबै भन्दा पहिला सामुदायिक एफ.एम. रेडियो सञ्चालन गर्ने र सबै भन्दा बढी एफ.एम. स्टेसन चलाउने देशमा पनि पर्छ । यो तथ्यांकलाई हेर्दा नेपालमा रेडियोले नागरिकलाई सूचनादिने र मनोरञ्जनको महत्वपूर्णपाटो समेट्ने सम्मको काम गरेको छ । नेपालका ७४ वटा जिल्लामै रेडियो स्टेसनहरु सचालित छन् भने बाँकी एउटा मुस्ताड. जिल्लामा पनि रेडियो सञ्चालनको तयारी भई रहेकोछ । रेडियो सञलकमा ब्यापारिक घराना, सामुदायिक संस्था, सहकारी, राजनीतिकदल, स्थानीय निकाय र बिश्वबिद्यालय सम्म छन् । यो दृश्यलाई हेर्दा पनि सबै निकाय र पक्षले नेपालमा रेडियो मार्फत सूचना, मनोरञ्जन, शिक्षा र सामाजिक रुपमान्तरणका लागि काम गरिरहेकै देखिन्छ । नेपालको सन्दर्भमा अझ रेडियोको महत्व प्राकृतिक बिपत्ती, राजनीतिक संकट, निर्माचन, अन्तरराष्ट्रिय स्तरका खेलकुदमा नेपालको सहभागिता रहेको बेलामा बढेको पाईएको छ ।
नेपालमा ५६ सालपछि एक्कै चोटी धेरै रेडियो स्टेसनहरु ख्ुाल्नथालेपछि एकातर्फ ठूलो संख्यामा युवा समुदायका लागि रोजगारि सृजना गरेको छ भने अर्काे तर्फ नेपाली पत्रकारिताको बिकाश र मिडिया कलेजहरु सञ्चालन गर्ने वातावरण निर्माण गर्नका लागि पनि रेडियोहरुले योगदान गरेका छन् । अधिकांश नीजि क्षेत्रका मिडिया कलेजहरु नेपालमा एफ.एम.रेडियो र नीजि क्षेत्रबाट सञ्चालन हुने टेलिभिजनको स्थापना पछि नै सुरु भएका छन् ।
रेडियोका अगाडि जनतालाई सूचना, मनोरन्जन, शिक्षा दिनेसँगै समाजमा भएका कुरिति, कुप्रथा, हिंसा, लैडि.गक बिभेद, भ्रष्टाचारको अन्त्य गर्ने र नकारात्मक धारणालाई सकारात्मकमा रुपान्तरण गराउने, बिकाशका काममा जनसहभागिता बृद्धि गराउने जस्ता अनगिन्ती अवसरहरु छन् । बिकाशमा अपनत्वको महसुश, सामुदायिक भावना र सहकार्यको थालनी र अभ्यास गराउने कुरामा समेत रडियोले प्रसस्त काम गर्ने अवसर छ भने स्थानीय उत्पादनको बजारीकरण, प्रवर्धन र ब्यापार ब्यवसायको बृद्धि र बिकाशमा नेपाली रेडियोहरुले प्रसस्तकाम गर्न सक्ने ठाउँ छ ।
प्रशस्त अवसरका बवजुद अधिकांश रेडियोहरु अन्योलको भूमरिमा रुमलिईरहेको पाईन्छ । केही रेडियो स्टेसनहरुलाई छोडेर अधिकांश रेडियोहरु  पूर्व योजना, तयारी र लक्ष्य बिना नै दर्ता गर्ने र सञ्चालन गर्ने परिपाटी देखिएको छ । छिमेकीले रेडियो खोल्यो म वा हामी पनि खोलौ, फलानो दलले रेडियो खोलो हाम्रो दलका साथीहरु पनि मिलेर रेडियो खोलौ भन्ने देखि सुन, फलाम, जग्गाको ब्यापारमा गर्नेहरु सम्मले रेडियो खोलौ भन्ने मनसायले कतिपय रेडियोहरु खोलिएका छन् र त्यस्ता रेडियोहरु आगामि कार्यदिशा र पुग्ने गन्तब्य तथा दिने सामाग्रीका बारेमा समेत अल्मलिईरहेका छन् । केही रेडियो स्टेसनहरु डोनर एजेन्सिबाट अनुदान र सहयोग पाईन्छ भन्ने कारणले पनि खोलिएका छन् भने केही रेडियोहरु ब्यक्तिगत इगो र देखासिखीका कारणले पनि खोलिएका छन् जसका कारण अधिकांश रेडियोहरु आफूलेदिने कार्यक्रम, सूचना, मनोरञ्जन र पुग्ने गन्तब्यको बारेमा अन्योलको भूमरीमा रुमलिईरहेको अवस्था छ ।
रेडियोमा देखिएको अर्काे समस्या भनेको जनशक्तिको ब्यवस्थापनको सम्स्या हो । अधिकांश रेडियोहरु आफैमा कस्तो जनशक्ति कसरी तयार गर्ने र त्यसलाई रेडियो मा नागरिकको सूचना, शिक्षा र मनोरञ्जनको लागि कसरी प्रयोग गर्ने भन्ने कुरामै अलमलिई रहेका छन् । अधिकांश रेडियोहरुले मानवसंसाधन ब्यवस्थापन, आर्थिक प्रशासनिक निर्देशिका, रणनीतिक वा आवधिक र दिर्घकालिन योजना बिना नै मानवीय स्रोतलाई प्रयोग गरिरहदा निरन्तर मानव संसाधानको ब्यवस्थापनमा समस्या उत्पन्न भईरहेकोछ । निश्चित समय एउटा रेडियोमा काम गर्ने, त्यसपछि अरु रेििडयोमा जाने, तबल, सुविधा र अधिकारको लागि रेडियोकर्मीहरुको निरन्तर आन्दोलन, धर्ना, निष्कासन र पुनस्थापना जस्ता बिषयका समस्यामै रेडियोहरु अल्झि रहेका छन् एकातिर भने अर्कातिर रेडियोमा आकर्षक भविश्य छ भन्ने कुरा स्थापित गराउन नसक्दा रेडियो स्टेसनहरु अर्ध दक्ष जनशक्ति उत्पादन केन्द्र मै सीमित हुदै गईरहेका छन् । अधिकांश रेडियोहरुमा आफ्नो शैलि बिकाश गर्न नसक्दा, रेडियो शैलि निर्देशिका तयार गरि कार्यान्वयन नगर्दा प्रस्तोता अनुसारको शैलि बिकसित र स्थापित हुदै जाने अनि एउटै रेडियो स्टेसनमा दर्जनौ शैलिहरु दैनिक प्रयोग हुने समस्याले रेडियो सुन्ने मानिसलाई कुन रेडियो सुनिदैछ, यसले कस्तो खालको कार्यक्रम दिन्छ, यसको फरकशैलि के हो भन्ने बिषयमा अन्योल सृजना गरिरहेको छ ।
नेपाली रेडियोहरुको अर्काे समस्या भनेको परनिर्भरताको हो । आफै नयाँ नयाँ ब्यापारिक अवधारणा बनाउने, जनकेन्द्रित कार्यक्रम बनाउने, सामुदायिक बिकाशमा साझेदारको रुपमा रहने, जनसहभागिता सहितका कार्यक्रम निर्माण गरि समुदायको अपनत्व बिकाश गराउने काम गर्न नसक्दा ठूला रष्ट्रिय र क्षेत्रीय रुपमा स्थापित रेडियो सञ्जालहरुले कहिले कार्यक्रम ल्याउलान र देलान, स्वदेशी तथा बिदेशी सहयोग नियोगहरुले समुदायका नाममा कहिले अनुदान सहयोग देलान भन्ने मानसिकता दिन दिनै बढी रहेकोछ । रेडियोहरुमा देखिएको अर्काे समस्या भनेको सामुदायिक भनिएका रेडियोहरुको गैसस (एन.जि.ओ.) करण हुनु पनि हो जसले परनिर्भतालाई अझ प्रोत्साहन गरिरहेको छ ।
पछिल्लो समयमा नेपाली रेडियोहरुलाई थपिएको सबै भन्दा ठूलो चुनैति भनेको बिश्वसनीयताको हो । ब्रेकिड. र फलास न्यूज दिने नाममा हतारमा समाचार प्रसारण गर्दा समस्या वा बिषयबस्तुको बास्तविकतामा नपुगिकनै सूचना र समाचार प्रसारण गरिन्छ जसले गर्दा एकछिन अगाडि भनेको कुरा एकछिन पछाडि त्यही रेडियो स्टेसनले फरक सत्य  र तथ्य प्रस्तुत गर्छ । एउटै बिषयको समाचारमा फरक फरक रेडियोले फरक तथ्य प्रस्तुत गर्छन् जसले गर्दा श्रोतामा कुन चाँही सत्यो भन्ने अवस्था सृजना गराई दिन्छ । अन्नत सबै रेडियो गलत भन्ने मान्यता बिस्तारै स्थापित हुदै जादैछ । यसलाई चिरेर बास्तवमा रेडियोले सत्यमात्र भन्छन् भन्ने पुरानो मान्यता रेडियोले भनेको हो । यो कहाँ झुट हुन सक्छ भन्ने अवस्थामा फर्कीन सबै भन्दा ठूलो चुनौति छ ।
अर्काे तर्फ रेडियोहरु अन्योलमा पर्नुमा रेडियो सञ्चालक, कार्यक्रम प्रस्तोतासँगै सरकारी पक्ष पनि यसको भागिदार छ । सरकारले रेडियोलाई सञ्चार माध्यमको रुपमा परिभाषित गरेपनि छापा सञ्चार र बिद्युतीय सञ्चारलाई गर्ने आकाश जमिनको जस्तो फरक ब्यवहारले रेडियो चलाउनुहरु पनि निरुत्साहित भएका देखिन्छन् जुनकुरा उनीहरुले सञ्चालन गर्ने रेडियो र पस्किने कार्यक्रममा झल्कि रहेको छ । सरकारले फ्रिक्वेन्सि दिने कुरामा पनि एक रुपता ल्याउन सकेको छैन । कहिले एफ.एम. रेडियो स्थानीय हुन क्षेत्रीय र राष्ट्रिय प्रसारणमा जान पाईदैन भन्छ त कहिले १० हजार वाट सम्म क्षमताको ट्रान्समिटर एउटै रेडियोलाई दिने र देशैभरि बिभिन्न एफ.एम.हरुसँग नेटवर्क गरेर केन्द्रिय प्रसारण गर्ने अनुमति दिन्छ । जसले रेडियोहरुलाई आफ्ना साझा समहस्या र बिषयमा केन्द्रित गर्नु भन्दा पनि राजनीतिक दलको कार्यकर्ताले आफूलाई मनलागे पनि नलागे पनि पार्टीको अन्ध भक्त भएर जय जय गाउनु जस्तै तिनै नेटवर्कहरुको जय जय गाउने वातावरण सृजना गरिरहेको छ ।

Wednesday, July 22, 2015


नेपाली का हातहरु सारै सहयोउगि छन् भन्ने येसैले देखौछ।